मोरङको धनपालथानमा सहकारी फोडि चोरी गर्ने तीन जना पक्राउ

 न्यूज विराट
मोरङको धनपालथानमा सहकारी फोडि चोरी गर्ने तीन जना पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा सहकारी फोडी चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनपालथान गाउँपालिका – २ कुशमाहमा रहेको युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ढोका फोडी नगद र ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धनपालथान गाउँपलिका वडा १ नोचाका वर्ष २१ का पारस मण्डल, धनपालथान ७ कदमाहका वर्ष २४ का रोशन मण्डल र सोही ठाउँका वर्ष २० काविशाल कुमार सिंह रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

उनीहरुले साउन ३२ गते रातको समयमा युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रातको समयमा ढोकामा लगाइएको ताला फुटाइ नगद ५० हजार, दुइ थान ल्यापटप चोरी गरेको प्रहरीले जनाएको छ । ‘सहकारीको सेफ फुटाइ नगद र ल्यापटप चोरी गरेको पाइएको छ,’ डिएसपी दाहालले भने, ‘अहिले अनुस्न्धान भइरहेको छ । थप विषय पछि खुल्नेछ ।’

चोरी आरोपमा पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय रंगेली र मातहत प्रहरी चौकी अमाही बरियातीबाट खटिएको नेतृत्वको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तीन जनालाई इप्रका रंगेलीले आइतबार मोरङ अदालतमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको छ ।

सम्बन्धित समाचार

धुलिखेल अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २ भदौ-काभ्रेको धुलिखेल अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाका अनुसार धुलिखेलका ९८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि...

सरकारले दियो चिनियाँ खोपलाई अनुमति

सरकारले कोरोनाविरुद्धको चिनियाँ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो । चीन सरकारले ५ लाख डोज खोप उपलब्ध गराउने...

‘क्वालिटी’ आइसक्रिम पार्लर विराटनगरमा

विराटनगर । दुबईको प्रख्यात ‘क्वालिटी’ आइसक्रिम पार्लर अब विराटनगरमा पनि उपलब्ध भएको छ। ५० वर्षको लामो इतिहास बोकेको यो विश्व प्रसिद्ध आइसक्रिम ब्राण्ड पहिलोपटक कोशी प्रदेशमा विराटनगरको सेन्ट्रल मलमा सञ्चालनमा आएको हो।सन इन्टरनेशनल इनकर्पोरेटेड प्रालि...

आगलागीमा तीन बालकको मृत्यु

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रीटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको ज्यान गएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका...

रथयात्राको तयारी अन्तिम चरणमा

विराटनगर, २ भदौ । विराटनगरको ऐतिहाँसिक राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । रथयात्रा निकाल्नका लागि सम्पूर्ण तायारी अन्तिम चरणमा पुगेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । आज विहान मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, २९ असार-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य बहादुर थापाले मन्त्रिपरिषद् बैठक बसेको जानकारी गराएका हन् । उनले नियमित बैठक अनुसार नै आजको बैठक बसेको जानकारी गराए ।

रतुवामाईले स्थापना गर्‍यो ‘काेरोना भाइरस संक्रमण रोकथाम विपद् कोष’

विराटनगर, १३ चैत-मोरङको रतुवामाई नगरपालिकाले ‘काेरोना भाइरस संक्रमण रोकथाम विपद् कोष’ स्थाना गरेको छ । विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोष स्थापना गरिएको हो । रतुवामाई नगरपालिकाका...

अन्तर विद्यालय बक्तृत्कला प्रतियोगितामा पोखरीया स्कुलकी रागिनी भइन् प्रथम

विराटनगर । अन्तर विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा विराटनगरस्थित पोखरीया स्कुलकी रागिनी न्यौपाने प्रथम भएकी छिन् । विराटनगरमा शनिबार भएको विराटनगर महानगरपालिका स्तरीय माध्यमिक तह कक्षा ९–१० अन्तर विद्यालय वक्तत्कला प्रतियोगितामा अन्य विद्यालयका प्रतियोगिहरुलाई पछि पार्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्