डाक्टर तपेश्वरलाल कर्णले पाँच लाख लिएर शिशु बेचेको खुलासा

 न्यूज विराट
डाक्टर तपेश्वरलाल कर्णले पाँच लाख लिएर शिशु बेचेको खुलासा

विराटनगर । कोशी अस्पतालका पूर्वमेसु तथा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णले एक दिने नवजात शिशु मोटो रकम लएर निःसन्तान दम्पतीलाई बचेको खुलासा भएको छ ।

अविवाहित जोडिबाट विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा जन्म भएको नवजात शिशु डाक्टर कर्णले पाँच लाख लिएर बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

डाक्टर कर्णले मोरङको कटहरी गाउँपालिका – २ आदर्श टोलकी दिलमाया राजवंशीलाई नवजात शिशु बेचेको पुष्टि भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । विवाह भएको एक दशक वितिसक्दा पनि दिमायाको छोरा –बुहारीको सन्तान नभएकोले शिशु खरिद गरेको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ । ‘डाक्टर कर्णले पाँच लाख रूपैयाँ लिएका छन् । दुई लाख रुपैयाँ हस्पिटलमा उपचारमा खर्च भएको दिमायाले प्रहरीलाई बयानको क्रममा बताएकी छिन्,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने ।

असार १३ गते अविवाहित महिलाले ग्रिनक्रस हस्पिटलमा छोरीलाई जन्म दिएपछि नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । डाक्टर कर्णको योजनामा नवजात शिशु किनेपछि राजवंशी दम्पतीले विराट नर्सिङ होममा थप उपचारको लागि लगेका थिए ।

विराटमा उपचारको क्रममा दुई लाख रुपैयाँ खर्च भएको दिलमायाले बताएकी छिन् । नवजात शिशु किन्ने राजजवंशीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । शिशु बेच्ने डाक्टर कर्ण र शिशुका बावु यसअघि नै पक्राउ परिसकेका छन् ।
प्रहरीले डा. कर्णले यसअघि पनि शिशु विक्री गरेको सूचना आएको भन्दै थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेलले बताए । ‘डाक्टर कर्णले अरु पनि नवजात शिशु बेचेको सूचना आएको छ,’ उनले भने, ‘त्यस विषयमा पनि हामीले अनुसन्धान सुरू गरेका छौं । कति नवजात शिशुहरु डाक्टर कर्णले बचेको छन् भन्ने अनुसन्धान गर्दैछौं ।’

कर्णले यसअघि पनि शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई उपलब्ध गराउँदै आएको हस्पिटलका चिकित्सक बताउँछन् । उनी लामो समयदेखि यस्तो कार्यमा सक्रिय रहेको हुनसक्ने भएकोले प्रहरीले यसतर्फ पनि अनुसन्धान अगाडि बढाएको छ । कर्णको धन्दा नै अवैध गर्भपतन गराउने र त्यस्तो सम्बन्धबाट जन्मिएका शिशुको व्यवस्थापनका नाममा अभिभावकबाट समेत रकम लिने र त्यही शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई बिक्री गर्ने देखिएको छ ।

अवैध सम्बन्धबाट गर्भ रहने तथा अविवाहित प्रेम जोडीसँग कर्णको भेट गराउने गिरोह नै सक्रिय रहेको अस्पताल स्रोतको भनाइ छ । केही स्वास्थ्यकर्मी पनि उनको सहयोगी रहेको उनलाई नजिकबाट चिन्ने चिकित्सकहरू बताउँछन् । अविवाहित जोडीको सम्बन्धबाट बसेको गर्भ पतन गराउने र गर्भपतन गर्न नमिलेर जन्मिने शिशुको व्यवस्थापनका लागि अभिभावकबाटै रकम लिएर कर्णले अन्यत्र बिक्री गर्दै आएको बुझिएको छ ।

प्रहरीले डा. कर्ण र शिशुका बावु भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ आइतबारबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । राई शिशु जन्म दिने महिलाका प्रेमी हुन् ।

सम्बन्धित समाचार

स्ववियु निर्वाचन : अखिल क्रान्तिकारीद्धारा उम्मेदवारी घोषणा, सभापतिमा यादव र सचिबमा लम्साल

विराटनगर । अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटिद्धारा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि उम्मेदवारी घोषणा गरेको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा रोहित यादव...

परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं,  ९ कात्तिक-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यताअनुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् ।  बडादसैंका अवसरमा शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी...

सिक्कममा मनाइयो इन्द्रजात्रा, झी पुचः का अध्यक्ष भविस श्रेष्ठको सहभागि

विराटनगर । भारतको सिक्कममा इन्द्रजात्रा पर्व भव्य कार्यक्रम आयोजना गरी मनाएको छ । सिक्कमका मुख्यमन्त्री प्रेम सिङ तामाङ (गोले) को प्रमुख अतिथिमा भव्य कार्यक्रम आयोजना गरी इन्द्रजात्रा मनाएको हो । इन्द्रजात्रा पर्वमा नेपालबाट विराटनगरमा रहेको...

अनुसन्धानमा अब्बल प्रहरी निरीक्षक ‘ पप्पु नायक’ पुरस्कृत

विराटनगर । जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल कहलिएका जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पप्पु नायक पुरस्कृत भएका छन् ।६७ औँ प्रहरी दिवसको अवसर पारेर नायकलाई सोमबार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत...

खोटाङमा भेटिए डेंगुका बिरामी

खोटाङ, २ असोज । खोटाङमा डेंगुका बिरामी भेटिएका छन् । हप्ता दिनको अवधिमा डेंगुका आठ जना बिरामी भेटिएको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले बताए । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच...

१६५ भारतीय नागरिक लिएर फर्कियो एयर इण्डिया 

काठमाडौं, ७ जेठ-भारतले नेपालमा लकडाउनका कारण रोकिएका १ सय ६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ ।भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाको ए३२० जहाजले आज दिउँसो उनीहरूलाई काठमाडौंबाट फिर्ता लगेको हो । यो चार्टर्ड...

क्यान्सर पीडित साहको उपचारमा सहयोगको याचना, तेली समाजद्धारा ५१ ह्जार सहयोग

विराटनगर । बायाँ खुट्टमा क्यान्सर भएका एक जना क्यान्सर पीडित विरामीले उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । सुनसरीको दुहबी नगरपालिका – १० का २० वर्षीय नरेश कुमार साहका परिवारले उपचारको लागि सहयोगको...

खोप लगाउन १५ माघपछि चार दिन विद्यालय खोल्ने सरकारकाे निर्णय

काठमाडौं, ५ माघ । सरकारले खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय गरेको छ । मंगलबार कोभिड–१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिबीच गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकले खोप अभियानका लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्