फोनिजको छैटौं पूर्ण बैठक : कोशी नाम खारेजलगायत १३ बुँदे घोषणापत्र जारी

 न्यूज विराट
फोनिजको छैटौं पूर्ण बैठक : कोशी नाम खारेजलगायत १३ बुँदे घोषणापत्र जारी

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको छैटौं बैठकले १३ बुँदे घोषणापत्र जारी गरेको छ । विराटनगरमा सम्पन्न उक्त बैठकले प्रदेश १ को नामकरण पहिचान, ऐतिहासिक पृष्ठभूमिलगायतलाई नामटे गरी कोशी नामकरण गरिएको प्रति असहमति जाहेर गर्दै कोशी खारेज गर्नुपर्ने माग गरेको हो ।

फोनिजको २४ औं स्थापना दिवसको अवसरमा साउन २६ र २७ गते बसेको बैठकबाट विराटनगर घोषणापत्र जारी गरिएको हो । घोषणापत्रको पहिलो बुँदामै प्रदेश १ को नामकरणको विषय उल्लेख छ । ‘प्रदेशको नाम कोशी खारेज गरी सभ्यता, संस्कृति, इतिहास र पहिचानका आधारमा अविलम्ब ‘लिम्बुवान किरात’ नामाकरण गर्न यो बैठक जोडदार माग गर्दछ,’ घोषणपत्रमा भनिएको छ, ‘न्याय, समानता र पहिचान प्राप्तिको लागि प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले जारी राखेको आन्दोलनप्रति सदैव ऐक्यबद्धता व्यक्त गर्दै फोनिज प्रचारात्मक कार्यमा सदैव अग्रसर हुने प्रतिवद्धता व्यक्त गर्दछ ।’
फोनिजले आदिवासी जनजाति समुदायका मातृभाषामा प्रकाशित हुने र मातृभाषामा प्रसारण हुने सञ्चार माध्यमहरुलाई बचाउन विशेष प्रोत्साहनका कार्यक्रम ल्याउन, मातृभाषाका पत्रपत्रिका वर्गीकरणमा विशेष सुविधा उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ । फोनिजले सरकारी तथा निजी सञ्चार माध्यमहरुमा नियुक्ति गर्दा आदिवासी जनजाति, महिला, अल्पसंख्यक, सीमान्तकृत, थारु, मधेसी, दलित, मुस्लिम, पछाडि पारिएको क्षेत्रका पत्रकारको समेत सहभागिता समावेशी समानुपातिक सिद्धान्तका आधारमा गर्न गराउन माग गरेको छ ।
यस्तै नेपाल पत्रकार महासंघका संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै हुन् भन्ने तथ्य प्रस्तुत गर्दै बैठकले संस्थापक सभापतिमा उनै श्रेष्ठलाई कायम गर्न माग पनि गरेको छ । नेपाल पत्रकार महासंघले चलाएको सदस्यता शुद्धीकरण अभियानको नाममा फोनिज र गैरफोनिज कसैलाई पनि राजनीतिक आस्था, जातीय, लिङ्गीय, क्षेत्रीय आधारमा विभेद र निषेध नगर्न र सदस्यताबारे पुनरावलोकन गर्न पनि फोनिजले माग गरेको छ ।

घोषणापत्रको पूर्ण पाठ
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), संघीय समितिको छैटौं पूर्ण बैठक र फोनिजको २४औं स्थापना दिवसको २६ र २७ औं दिन विराटनगर घोषणापत्र जारी गरिएको हो ।


१) प्रदेश नम्बर १ को नामकरण पहिचान, ऐतिहासिक पृष्ठभूमि लगायतलाई नामेट गरी ‘कोशी’ नामकरण गरिएको प्रति नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पूर्ण असहमति राख्दै आएको छ । प्रदेशको नाम कोशी खारेज गरी सभ्यता, संस्कृति, इतिहास र पहिचानका आधारमा अविलम्ब ‘लिम्बुवान किरात’ नामाकरण गर्न यो बैठक जोडदार माग गर्दछ । न्याय, समानता र पहिचान प्राप्तिको लागि प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले जारी राखेको आन्दोलनप्रति सदैव ऐक्यबद्धता व्यक्त गर्दै फोनिज प्रचारात्मक कार्यमा सदैव अग्रसर हुने प्रतिवद्धता व्यक्त गर्दछ । साथै, प्रदेशको नाम कोशी खारेजीका लागि जारी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नु हुने सहिद पदम लिम्बू (लाजेहाङ) प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सहिद परिवारप्रति फोनिज गहिरो समवेदना व्यक्त गर्दछ । आन्दोलनका क्रममा पक्राउ परेकालाई अविलम्ब बिना शर्त रिहाइ, झुटा मुद्दा खारेजी र आन्दोलनका क्रममा घाइते हुनुभएका सम्पूर्णलाई निःशुल्क स्वास्थ्य उपचार राज्यले गनु पर्ने र घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।


२) संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारहरुसँग यो बैठक आदिवासी जनजाति समुदायका भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण, प्रवद्र्धन र विकासका लागि नीतिगत तहबाटै सम्बोधन गर्न÷गराउन माग गर्दछ ।


३) संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले पत्रकारजन्य संस्था, सञ्चार माध्यमहरुलाई उपलब्ध गराउँदै आएको अनुदान सहयोगमा वृद्धि गर्न र पालिका सरकारले स्थानीयस्तरमा सञ्चालित सञ्चार माध्यमहरुको संरक्षण, प्रवद्र्धन र वृत्ति विकासका लागि विशेष कार्यक्रम ल्याउन यो बैठक माग गर्दछ । पहिचानको आवाज मुखरित गर्ने सञ्चार माध्यमहरुलाई सोही कारण लोककल्याणकारी विज्ञापन र अन्य सेवा सुविधामा कडाइ गर्ने, कटौती गर्ने जस्ता कार्य तत्काल रोक्न र समावेशी र समानुपातिक किसिमले विज्ञापन उपलब्ध गराउन सम्बद्ध पक्षसँग माग गर्दछ ।


४) फोनिजलगायत आदिवासी जनजाति समुदायका मातृभाषामा प्रकाशित हुने र मातृभाषामा प्रसारण हुने सञ्चार माध्यमहरुलाई बचाउन विशेष प्रोत्साहनका कार्यक्रम ल्याउन, मातृभाषाका पत्रपत्रिका वर्गीकरणमा विशेष सुविधा उपलब्ध गराउन यो बैठक माग गर्दछ ।


५) श्रमजीवि पत्रकारमाथि समाचार लेखेको लगायत विभिन्न बहानामा हुने गरेका हिंसा, आक्रमण, डर, धाक, धम्कीका घटना न्यूनीकरणका लागि यो बैठक तीनै तहका सरकार र सम्बद्ध पक्षहरुको ध्यानाकर्षण गराउँदछ । साथै, पहिचानको आन्दोलनका क्रममा समाचार सम्प्रेषणको लागि सहभागी हुने सञ्चारकर्मीलाई निषेध गर्ने, विभेद गर्ने र नश्लकै आधारमा आन्दोलनकारी नै ठानेर धरपकड गर्ने, हातपात गर्ने, थुन्ने, मानसिक र शारीरिक यातना दिने जस्ता कार्य तत्काल रोक्न यो बैठक जोडदार माग गर्दछ ।


६) श्रमजीवि पत्रकारको पारिश्रमिकको सम्बन्धमा र सञ्चार संस्थाहरुले कर्मचारी कटौती गर्दाका समयमा हुने गरेका श्रम शोषण र अन्यायको अन्त्य गर्न र तोकिएको पारिश्रमिक र कानुनअनुसार उपलब्ध हुनुपर्ने क्षतिपूर्ति समेतको व्यवस्थाका लागि यो बैठक माग गर्दछ ।


७) सरकारी तथा निजी सञ्चार माध्यमहरुमा नियुक्ति गर्दा आदिवासी जनजाति, महिला, अल्पसंख्यक, सीमान्तकृत, थारु, मधेसी, दलित, मुस्लिम, पछाडि पारिएको क्षेत्रका पत्रकारको समेत सहभागिता समावेशी समानुपातिक सिद्धान्तका आधारमा गर्न गराउन यो बैठक जोडदार माग गर्दछ ।


८) आदिवासी जनजाति पत्रकारको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम, लेखनवृत्ति कार्यक्रम सञ्चालन गर्न यो बैठक तीनै तहका सरकारहरुसँग माग गर्दछ ।


९) नेपाल पत्रकार महासंघका संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै हुन् भन्ने तथ्यलाई आत्मसाथ गर्दै यो बैठक नेपाल पत्रकार महासंघको संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठलाई नै कायम गर्न गराउन सम्बद्ध पक्षहरुसँग जोडदार माग गर्दछ ।
१०) सदस्यता सुद्धीकरण अभियानको नाउँमा नेपाल पत्रकार महासंघले फोनिज र गैरफोनिज कसैलाई पनि राजनीतिक आस्था, जातीय, लिङ्गीय, क्षेत्रीय आधारमा विभेद् र निषेध नगर्न नगराउन साथै सदस्यताबारे पुनरावलोकनका लागि यो बैठक माग गर्दछ ।
११) मोरङ जिल्लाका ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्रहरु विराटनगरको विराट दरबार, धिमाल जातिको उत्पत्ति थलो लेटाङको राजारानी पोखरी, बेलाबारीको कसेनीस्थित आदिवासीहरुको आस्थाको केन्द्र धनपाल गढी दरबार, कानेपोखरी ७ को कानेपोखरी, सुन्दरहरैंचास्थित खोर्सानेमा अवस्थित धिमालहरुको पवित्रस्थल बाघझोडा सिमसार क्षेत्र, पथरी शनिश्चरेस्थित याक्थुङ लिम्बूहरुको सिरिजङ्गा स्मृति धार्मिक वन, आदिवासी धिमाल, थारु, राजवंशी, गनगाई, ताजपुरिया, सन्थाललगायतको महाराजथान, ग्रामथान, किरात राई समुदायको साकेला थानहरुको संरक्षण, सम्बर्धनका लागि यो बैठक जोडदार माग गर्दछ । साथै, प्रदेश नम्बर १ का सम्पूर्ण धार्मिक, सांस्कृति, वन सम्पदा, जैविक विविधता, पर्यटकीय सिमसार क्षेत्रहरुको संरक्षण, सम्बर्धन र प्रवद्र्धन गर्दै आन्तरिक र बाह्य पर्यटनको विकासका लागि तीनै तहका सरकारहरुसँग यो बैठक जोडदार माग गर्दछ ।

१२) तामाङ, मगर र मुस्लिम समुदायको विवाह संस्कारका सम्बन्धमा अधिवक्ता भगवती पाण्डेले समुदायलाई नै अपराधी करार गर्ने आसयले दिएको अभिव्यक्तिपछि सिर्जित विवाद र निजलाई कानुनी कारबाहीको माग गर्दै काठमाडौं प्रहरी परिसर टेकुमा गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीहरुमाथि गरेको अमानवीय व्यवहार, नियन्त्रणमा लिएर गरिएको कुटपितका घटनाका सम्बन्धमा यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । शन्तिपूर्ण प्रदर्शनमा सहभागी प्रदर्शनकारीमाथि शक्तिको दुरुपयोग गरी निर्ममतापूर्वक कुटपिट गर्ने प्रहरी कर्मचारीहरुमाथि समेत कानुन अनुसार कारबाहीको माग यो बैठक गर्दछ । सिङ्गो समुदायलाई नै अपराधी करार गर्ने पाण्डेलाई कानुन अनुसार कारबाही गर्न यो बैठक माग गर्दछ । साथै, प्रदर्शनका क्रममा घाइते हुनुभएकी फोनिज ललितपुर शाखाकी सदस्य गोलखबर डटकममा आबद्ध शान्ति घर्ती मगरलगायत अन्य घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । पहिचानका लागि ताम्सालिङ संयुक्त संघर्ष समितिले उद्घोष गरेको आन्दोलनप्रति फोनिज ऐक्यबद्धता व्यक्त गर्दछ ।


१३) फोनिजको छैठौं पूर्ण बैठक सफल बनाउन प्रमुख अतिथिका रुपमा पाल्नु हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका नेता प्रेम एक्तेन, फोनिज संघीय समितिका सल्लाहकारहरु, नेपाल पत्रकार महासंघ, पत्रकारजन्य विभिन्न संगठनका नेताहरु, फोनिजका विभिन्न तहका पदाधिकारी र सदस्यहरु, बैठक व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्ने फोनिज प्रदेश नम्बर १ समिति, निःशुल्क स्वास्थ्य शिविर (सुगर, प्रेसर) को सुविधा उपलब्ध गराउने जनरल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. र समन्वय गर्ने फोनिज मोरङ शाखालगायत सहयोग गर्नुहुने सम्पूर्णमा यो बैठक धन्यवाद व्यक्त गर्दछ ।

२८ साउन २०८० बिराटनगर महानगरपालिका ११, प्रदेश नम्बर १ मोरङ ।
घोषणापत्र मस्यौदा समिति
१) कमन देवान
२) भक्तशेर लिम्बू
३) सुजाता लिम्बु
४) दिनेश सुब्बा

सम्बन्धित समाचार

तिन थान भरुवा बन्दुक सहित तिन जना पक्राउ

विराटनगर, १२ असार । तेह्रथुम लालिगुरास नगरपालिका १ भुल्के स्थितबाट तिन थान भरुवा बन्दुक सहित तिन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६...

कोरोना भाइरसविरुद्धको औषधि परीक्षणको परिणाम उत्साहजनक

एजेन्सी, चैत २९-कोरोना भाइरस (कोभिड–१९) का बिरामीहरुमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले उत्साहजनक नतिजा देखाएको विवरण सार्वजनिक भएको छ । अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोरोना संक्रमित बिरामीमा औषधिको परीक्षण गरिएको...

श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्छु भनि धाकधम्की दिने श्रीमान् पक्राउ

विराटनगर, २३ असोज । आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्छु भनि धाकधम्की दिने भोजपुर रामप्रसादराई गाऊपालिका १ चामबोटे का ४६ बर्षीय सुजिल राई भरुवा बन्दुक सहित पक्राउ परेका छन् । हिजो राती सँवा ८ बजे...

विद्यार्थीलाई सिर्जनात्मक बनाउँदै भ्याली पब्लिक

काठमाडौं, २२ वैशाख-कोरोना भाइरस (कोभिड १९) का कारण विद्यालय बन्द भयो । लकडाउनका कारण विद्यार्थी शिक्षक घरबाट बाहिर निस्कन पाएका छैनन् । लकडाउन भएको १ महिनाभन्दा बढी भयो । अब लकडाउन लम्बिए के गर्ने ?...

कोशिमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक

विराटनगर । कोशी प्रदेश सरकारलाई एमाले र काँग्रेसको संयुक्त कार्यदलले आफ्नो न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको छ । नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले बुझाएको न्युनतम साझा...

कोभिड प्रोटोकल पूरा नभए त्रिवि परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा भौतिक दूरी कायम भए÷नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा...

भारतको पश्चिम बंगालमा भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु

भारतको पश्चिम बंगालको कूचबिहारमा गए राति भ्यानमा करेन्ट लाग्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भइका छन् । भ्यानमा गीत बजाउनका लागि जेनेरेटर जडान गरिएको थियो । डिजे चलाउने...

विराटनगरमा बल्ल सुरु भयो मतगणना

प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरको मतगणना सुरु भएको छ । विहान ८ बजेबाट सुरु गर्ने भनिएपनि केहीबेर अघिदेखि सुरु भएको हो । उम्मेदवारहरुले मतगणना प्रतिनिधि पठाउन ढिलाई गर्दा मतगणना पनि ढिलो सुरु भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्