विराटनगर । विराटनगर १० घर भएका स्टेशनरीका होलसेल व्यवसायी २५ वर्षीय सिद्धान्त भट्टराई मतृ फेला परेका छन् । सिरहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित होटलको पछाडि बुधबार बिहान भट्टराईको शव भेटिएको हो ।
मिर्चैया कटारी सडकको कटारी चोकस्थित शम्भु होटेल पछाडि विराटनगरस्थित पाथीभरा कापी उद्योगका संचालक भट्टराईको शव भेटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार होटलको पछाडि शौचालय नजिक मृत अवस्थामा शव भेटिएको उनले बताए ।
‘‘विराटनगरबाट बुधबार बिहान सबेरै मृतकका आफन्त मिर्चैया आइसकेका छन्’ प्रहरी नायव उपरीक्षक बस्नेतले भने ‘घटनास्थलमा रहेको प्रहरीले मुचुल्का उठाएर मृतकको परवारजनसँगको सल्लाहको आधारमा भनेको ठाउँमा शव पोष्टकमार्टका लागि पठाउँदै छौं ।’ उनका अनुसार शव पोष्टमार्टमका लागि पठाएपछि होटलमा जडान गरिएको सिसि क्यामेराको फुटेज, घटनास्थलको आधारमा तत्काल अनुसन्धान थालिने छ ।
शम्भु होटलको पछाडिपट्टि जिन्स पाइन्ट लगाएको र कम्मरदेखि माथिपट्टिको भागमा लुगा नभएको अवस्थामा मृत भेटिएका छन् । उनको घाँटी सिक्रि र पाइन्टको गोजिमा मोबाइल देख्न सकिन्छ । भट्टराई मंगलबार बेलुका को.१ च ९१७२ नं. को पिकअप जिपमा कापीको मार्केटिङ् गरी चालक सागर राईसँग सहदेव होटलमा बास बस्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवै जना मिलेर सहदेव होटलमा खाजा खान खाएपछि राती पौने ११ बजेतिर चालक राई सुत्न गएको र भट्टराई भने दुई घर दक्षिण पर्ने शम्भु होटलमा गएको सिसिक्यामेरा फुटेजमा देखिएको छ ।
चालक राइले गएराति १ बजेतिर होटल मालिकले बोलाएर आफूसँग आएका व्यक्तिको मृत्यु भएको अवस्थामा शव भेटिएको जानकारी गराएपछि तत्काल आफन्त र प्रहरीलाई खवर गरेका थिए ।
काठमाडौं, ५ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र महासचिव विष्णु पौडेलबीच छलफल भएको छ । केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा भएको प्रचण्डसँगको छलफलमा महासचिव पौडेलले पार्टीको वर्तमान परिस्थिति धेरै गम्भीर रहेको बताए ।...
काठमाडौं, ९ जेठ-सरकारले नेपालको नयाँ नक्सा कार्यान्वन गराउनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन गरेर नयाँ नक्सालाई कार्यान्वनमा ल्याएर सम्पूर्ण सरकारी कार्यालयमा औपचारिकता दिने...
सरकारले कोरोना भाइरसबाट पूर्वसतर्कता अपनाउन भन्दै भोलिदेखि एक जिल्लाबाट अर्को जिल्लामा सवारी चलाउन नपाइने व्यवस्था गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बाेधन गर्दै १० चैतदेखि लामो दूरीका सवारी नचलाउन आह्वान गरेका थिए...
विराटनगर ७ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र तेह्रथुुममा १÷१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक...
काठमाडौं, कात्तिक १ । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपाल दोस्रो भएको हो । नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग...
काठमाडौंं, १० मंसिर-सरकारले सगरमाथाको उचाइ घोषणा गर्न स्वीकृती दिएको छ । बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको उचाइ सार्वजनिक गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको हो । २०७२ मा गएको विनाशकारी...
विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...