मोरङको हुलाकी सडक बनाउन माग राख्दै सिडियो कार्यालय अगाडी धर्ना
आइतबार, २१ साउन, २०८०,
न्यूज विराट
विराटनगर । मोरङको हाटखोला– रंगेली हुलाकी सडक निमार्णको माग राख्दै कटहरीका स्थानीय आन्दोलनमा उत्रिएका छन् । चार वर्ष बितिसक्दा पनि हुलाकी सडक निमार्ण पुरा नभएपछि यहाँका स्थानीय आन्दोलनमा उत्रिएका हुन् । नागरिक संघर्ष समितिले आन्दोलनको नेतृत्व गदै जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी सडक निर्माण तत्काल गरिनुपर्ने माग राख्दै धर्ना दिएका छन् । उनीहरुले विहान १० देखि साझ ५ बजेसम्म धर्नामा बस्ने गरेका छन् । धर्नामा नेपाली काँग्रेस, एमाले, माओवादी, जसपा र कटहरी उद्योग वाणिज्य संघले पनि समर्थन गरेको छ ।
हुलासी सडक समयमै निमार्ण नहुँदा झापासित साँध जोडिएको मोरङको रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान र कहटरी गाउँपालिका क्षेत्रका सर्वसाधारण हिउँदमा सडकको धुलो र बर्खामा हिलोसँग पौठेजोरी खेलेर दिन कटाउन बाध्य छन् ।
सडक छेउका बासिन्दाहरूको घरमा बस्ने अवस्था नभएको मोरङ कटहरीका स्थानीय तथा नागरीक संघर्ष समितिका सदस्य सञ्जय मण्डलले बताए । समयमै सडक नबन्दा यहाँका स्थानीयको घरमा खानामा धुलो खान बाध्य भएको उनले सुनाए ।
एक महिनायता सडकको काम ठप्प पारेका छन् । बिनाजानकारी सडक ठप्प पारेर बेपत्ता उनीहरू हुलाकी सडक आयोजनाकोसमेत सम्पर्कमा छैनन् । बनाउँदा–बनाउँदैको सडक अलपत्र पारेर सम्पर्कविहीन बनेका ठेकेदारहरूको लापरबाही र उनीहरूका अघि राज्य संयन्त्रको कमजोरीले सर्वसाधारण वर्षौंदेखि समस्या भोग्न विवश बनेका छन् ।
मोरङको रतुवा खोलादेखि विराटनगर महानगरपालिकाको सिंघिया खोलासम्मको ४४ किलोमिटर खण्डको भौतिक प्रगति सुस्त हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको हो । तीन अर्ब ६० करोड लागतमा ४४ किलोमिटर सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले ८० प्रतिशत रक खर्च गरे पनि भौतिक प्रगति भने ४० प्रतिशत मात्र छ । २०७६ सालमा तीन वर्ष भित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भए पनि म्याद थपेर २०८० साल कार्तिकसम्म पु¥याइएको थियो । तर अहिलेसम्म जम्मा १६ किलोमिटर कालोपत्रे भएको छ । सडक निर्माण पूरा नहुँदा सर्वसाधारण कष्ट भोग्नु परेको छ । बर्खामा हिलो र हिउँदमा धुलोले राजमार्ग आसपासमा बस्न समेत समस्या हुने गरेको छ । ठेकेदार कम्पनी गजुरमुखी र श्रेष्ठ कन्स्ट्रसन प्रालिले ठेक्का लिएको कर्सिया सडक खण्ड हुँदै विराटनगर केशलीया सडकको काम भने ३० प्रतिशत मात्र भएको छ । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक हुलाकी सडक अन्तर्गत मोरङमा पाँचवटा निर्माण कम्पनीले काम गरिरहेका छन् ।
विराटनगर । कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपाध्यक्ष उप्रेतीलाई आइतबार एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।शपथ...
विराटनगर । प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापाका नवीन सिलवालले जितेका छन् । विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा विराटनगरमा भएको प्रतियोगिताको उपाधि नवीनले उदयपुरका विनय चौधरीलाई २२–२०,...
विराटनगर । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुदूधकुण्ड गाउँपालिकाको लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड गाउँपालिका...
विराटनगर, बैशाख २२ नेपाल औषधी व्यवसायी संघ मोरङले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको क्रममा अग्रपंक्तिमा खटिएको दक्षिण पूर्वि मोरङका सुरक्षाकर्मीलाई आइतबार स्वास्थ्य सामाग्री प्रदान गरेको छ । करिब ६ हप्तादेखि मुलुक...
इटहरी, २ फागुन । इटहरी २ मा रहेको सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा ‘प्रणय सृजना’ वाचन कार्यक्रमको आयोजना गरिएको छ । तरहरामा रहेको क्यानभास साहित्य समाजद्वारा आयोजित ‘प्रणय सृजना’ वाचनमा इटहरी, धरान, बराहक्षेत्र, रामधुनी, धनकुटा, मोरङ,...
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलको आधा करोड बढी घोट्ला गर्ने १० जना कर्मचारीलाई धरौटीमा छोड्न अदालतले आदेश गरेको छ । मोरङ अदालतका न्यायाधीश राजेश्वर अर्यालको इजालशले...
रुपन्देही, ५ बैशाख-प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनका समयमा घर जान हिँडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत अपिल गर्दै उनले बन्दाबन्दीका समयमा हिँडडुल गर्दा कोरोना संक्रमणको जोखिम...
चितवन, ९ मङ्सिर-नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रमुख जिल्ला अधिकारी असमान...