विराट नर्सिङ्ग होममा दुर्लभ शल्यक्रिया, खानाको नली नबनेको नवजात शिशुको सफल उपचार (भिडिओ)
बिहिबार, ११ साउन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा नवजात शिशुको दुर्लभ शल्यक्रिया भएको छ । जन्मँदै खानाको नलि नबनेको एक दिनको नवजात शिशुकोे सफल शल्यक्रिया गरिएको हो ।
विराट नर्सिङ होम तथा विराट मेडिकल कलेजका बाल शल्य चिकित्सक डा. हिरामणी पाठक नेतृत्वको डा. बात्सल्य अज्र्याल, डा. रक्षा संग्रौला, डा. दिप राज उपाध्याय र डा. सोनिया दाहालको चिकित्सक टिमले खानाको नलि नबनेको नवजात शिशुको सफल शल्यक्रिया गरिएको हो । यस्तो प्रकृतिको समस्या पाँच हजारमा १ जनामा देखिने गरेको चिकित्सक बताउँछन् ।
उदयपुरको बेलका नगरपालिका ६ की सम्झना राई ५ साउनमा प्रसूति सेवा धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा लिएकी थिइन् । त्यहाँ भेन्टिलेरसहितको एनआइसियू नभएपछि नवजात शिशुका बुवा मणीराज मगरले ५ साउनमा ४ : १५ बजे विराट नर्सिङ्ग होममा लिएर आए । हस्पिटल ल्याउँदा नवजात शिशुको अवस्था नाजुक रहेको थियो ।
बाल शल्यचिकित्सक डा. पाठक नेतृत्वको टोलीले नवजात शिशुको खानाको नलि नबनेकोले शल्यक्रिया गरी तत्लो खानाको नलि स्वासको नलिबाट छुटाएर माथिको पुरा नबनेको खानाको नलीसँग जोडिएको हो ।
‘एक घण्टा बढी समय लागेर सफल शल्यक्रिया भयो,’ बाल शल्य चिकित्सक डा. पाठकले भने, ‘यस प्रकारको समस्या अन्यन्तै दुर्लभ हो । यो जटिल अवस्थामा हुने भएको कारणले हस्पिटल आएको आधा घण्टाभित्र अप्रेसन थ्रेटरमा नवजात शिशुलाई लगेर शल्यक्रिया गरिएको हो ।’ विशेषज्ञ चिकित्सकबाट तत्कालै उपचार नपाए यस्तो नवजात शिशुलाई जोगाउन गाह्रो हुने उनले बताए । ‘खानाको नलि नबनेको नवजात शिशुको विराटमा अहिलेसम्म गरिएको पहिलो शल्यक्रिया हो,’ उनले भने, ‘सफल शल्यक्रिया गरेर नवजात शिशुलाई बचाउन सकिएको छ ।’ एक हप्ता अस्पतालमा राखेर उपचारपछि शिशुलाई बिहीबार डिस्चार्ज दिएको छ । शशुको स्वास्थ्यावस्था राम्रो रहेको डा पाठकले बताए ।
‘‘जन्मजात नवजात शिशुमा समस्या थियो । खानाको नली बनेको थिएन । खानाको नलि नबनेकोले शल्यक्रिया गरी तत्लो खानाको नलि स्वास नलिसँग जोडिएको छ । यो जटिल अप्रेसन हो । यो सुष्म तरिकाले अप्रेसन गर्नुपर्ने हुन्छ । चिकित्सकको टिमले तेही अनुसार सफल शल्यक्रिया गरिएको छ,’ बाल शल्य चिकित्सक डा. पाठकले भने ।
अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यस्ता खालका शल्यक्रिया अन्यत्र कठिन हुने भए पनि विज्ञ बाल शल्य चिकित्सक विराट नर्सिङ होम र विराट मेडिकल कलेजमा भएकाले सफल भएको बताए । बाहिर पठाइँदै आएका यस्ता प्रकृतिका जटिल उपचार यहाँ सम्भव भएको उनको भनाइ छ । ‘अब विराट मेडिकल कलेजमा क्यान्सर उपचार थालेपछि सबै प्रकारका रोगको उपचारका लागि विदेश जानु पर्दैन ।’ मगर दम्पतीको दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएका थिए । उपचारपछि डिस्चार्जको तयारीमा रहेका नवजात शिशुका बुवा मणीराज मगरले छोरीलाई बचाउन उपचारमा खटिने चिकित्सकको टिमलाई धन्यावद दिए । ‘धरानबाट विराटनगरको अन्य हस्पिटल पनि गएर गए । त्यहाँ उपचार नहुने भएपछि विराट नर्सिङ होममा लिएर आएको थिए । यहाँ ल्याएपछि सफल उपचार पनि भयो र छोरीलाई बचाउनुहुने चकित्सकको टिमलाई धन्यावाद व्यक्त गर्दछु,’ उनले भने ।
६ महिनामा १५० जना नवजात शिशु र बालवालिकाको शल्यक्रिया विराट मेडिकल कलेज र विराट नर्सिङ होममा ६ महिनाको अवधिमा नवजात शिशु र बालवालिकाहरुको १ सय ५० भन्दा बढीको सफल शल्यक्रिया भएको छ । उपचारमा संलग्न बाल शल्य चिकित्सक डा. हिरामणी पाठकका अनुसार शल्यक्रिया गरिएको मध्ये २६ वटा नवजात शिशु र बाँकी बालवालिकाहरुको गरिएको उनले बताए ।
‘अहिले नवजात शिशुमा गरिएको शल्यक्रिया मध्ये पनि एक दिनको नवजात शिशुको जटिल र दुर्लभ शल्यक्रिया हो,’ उनले भने, ‘यसअघि पनि नवजात शिशुमा मलद्धावर नभएको, आन्द्रा फुटेको, टिभीलगायतका नवजात र बालवालिकाहरुको शल्यक्रिया गरिएको छ ।’
अब शल्यक्रिया गरिनुपर्ने नवजात शिशु काठमाण्डौं जानुपर्ने बाध्यता अन्त्य भएको पनि उनले सुनाए । ‘शल्यक्रिया गरिनुपर्ने नवजात शिशु लिएर काठमाण्डौं जानुपर्ने अवस्थाको अब अन्त्य भएको छ,’ उनले भने, ‘नवजात शिशुको पनि शल्यक्रिया अब विराटनगरमा हुन्छ ।’
विराटनगर, ९ भदौ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले दलित समुदायको सवालमा प्रदेश सरकार संवेदनशिल बनेको बताएकी छिन् । बुधबार राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नं. १ को टोलीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री...
विराटनगर । मोरङको धनपालथान गाउँपालिका ६ मा जथाभावी माटो उत्खननले कदमा र नोचा बस्ती जोखिममा परेको छ । धनपालथान ६ लोहन्द्रा खोला छेउको बस्ती वरपर अवैध रूपमा माटो उत्खनन भएको कारणले बस्ती जोखिममा परेको हो...
विराटनगर । नेपाल फार्मास्यूटिकल एसोसिएसन कोशी प्रदेशले विश्व फार्मेशी दिवस मनाएको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी विश्व फार्मेशी दिवस मनाएको हो । विराटनगरमा प्रभातफेरी, रक्तदान तथा अन्तरक्रिया कार्यक्रम गरी हर्षोल्लासका साथ दिवस...
काठमाडौं, २८ साउन-गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास...
सार्वजनिक कार्यक्रमस्थलमा नै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको हो । नागरिकता विधेयक र एमसिसी खारेजको माग...
विराटनगर, ८ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक सय १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा २१, झापामा पाँच, उदयपुर र प्रदेश १ बाहिरका एक÷एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको...
विराटनगर । विराटनगरमा ६ वर्षीय नाबालिगलाई बलत्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । विराटनगर १२ का ३८ वर्षीय सजन कामत बालिका बलत्कार गरेको आरोपमा पक्राउ परेका हुन् । पक्राउ परेका कामत इलेक्ट्रिसियन मिस्त्री...
काठमाडौं, ६ बैशाख-विश्व स्वास्थ्य संठगन (डब्लुएचओ) ले वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । डब्लुएचओका महानिर्देशक डा.टेड्रोस एडहानम गेयब्रेससले सबै देशलाई कोरोना भाइरसको महामारीलाई मध्यनजगर गर्दै वन्यजन्तुको मासुको व्यापारमा प्रतिबन्ध लगाउन आग्रह...