शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीलाई ‘ओरेनटेसन’
शुक्रबार, ०५ साउन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरूलाई ओरेनटेसन दिएको छ । कलेजले विराटनगरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका ८ सय ५० जना विद्यार्थीहरूलाई ओरेनटेसन गराएको हो ।
‘नयाँ भर्ना भएका विद्यार्थीहरूलाई कलेजको बारेमा जानकारी गराउनुको साथै कलेजको नियम र कसरी पढ्दा उत्कृष्ट नतिजा ल्याउन सकिन्छ, यस विषयमा पनि जानकारी गराएको छ,’ कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले भने , ‘दुई वर्ष विद्यालयमा कसरी बिताउने, आगमी दिनको अवसर र चुनौति बारेमा पनि जानकारी गराइन्छ । त्यसको लागि ओरेनटेसन स्पिगर पनि ल्याएका छौं ।’
२०८० सालमा भर्ना भएका विद्यार्थीहरुको लागि मोटिभेसन गराउन दक्ष प्रध्यापक र शिक्षकहरु पनि ल्याएको छ । उनीहरूले विद्यार्थीलाई पठनपाठन गर्ने कला र उत्प्रेरणा जोगाउने विषयको बारेमा जानकारी गराउनेछन् ।
शिक्षादीप कलेज अब्बल शैक्षिक संस्थाको रूपमा परिचित रहेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक शिक्षिका भएर गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले शिक्षादीपमा विद्यार्थी अध्ययन गर्न लालहित हुने गरेको छ । शिक्षादीप कलेजले काठमाण्डौ भ्यालीबाहिरबाट पहिलो पटक नेपाल प्रथम र तृतीय भई कीर्तिमानी कायम गरेको थियो । भ्यालीबाहिर सबैभन्दा धेरै विद्यार्थी भर्ना हुने मध्येको एक कलेजको रुपमा शिक्षादीप दरिएको छ । साथै यस कलेजको भौतिक पूर्वाधार, अनुशासन, पठनपाठन, कक्षा ११ र १२ को नतिजा, चिकित्सा शिक्षा र इन्जिनियरिङको प्रवेश परीक्षामा नाम निकाल्ने विद्यार्थीहरुको संख्या तथा विगत पाँच वर्षदेखिको विद्यार्थी भर्नादर र कोशी प्रदेशकै सबैभन्दा धेरै विद्यार्थीहरुको रोजाइ भएको आदिका आधारमा शिक्षादीपलाई उत्कृष्ट कलेजको रुपमा छनौटमा पनि पर्दै आएको छ ।
विराटनगर । नेपाल ट्रक यातायात व्यवशायी महासंघले आईतवार विराटनगरमा भएको सडक दुर्घटनापछि मालबाहक ट्रकमा आगजनी गरिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाले आज एक विज्ञप्ती जारी गर्दै सडक दुर्घटना...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व वातावरण दिवसको अवसरमा विभिन्न स्थानमा ५०० कागतीका बिरुवा वितरण गरेको छ । क्लबले सहयोग गर्दै आएको बुध नगरस्थित शिव आधारभुत विद्यालय, आरसीसी जनता बाल विद्यालयमा सबै विद्यार्थीहरूलाई...
विराटनगर । मोरङ मिक्लाजुङ्गका दुई जना प्रतिवादीले जवानीमा गरेको अपराधजको कैद सजाय १६ वर्षपछि आएर भुक्तान गरेका छन् । मिक्लाजुङ गाउँपालिका –१ बस्ने ५० वर्षीय धनकुमार राई र सोही ठाउँका ७० वर्षीय देवी प्रसाद राईले...
काठमाडाैं, २७ वैशाख-सशस्त्र प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरिएकाे छ। गृह मन्त्रालय बढुवा सिफारिस समितिकाे शुक्रबार बसेकाे बैठकले साधारण समूहको साधारण उपसमूहतर्फ रिक्त रहेको २२ पदमा...
काठमाडौं, १४ साउन-वीरगञ्जमा एकै दिन २ कोरोना संक्रमितको मृत्यु भएको छ । छुट्टाछुट्टै अस्पतालमा बुधबार २ कोरोना संक्रमितको मृत्यु भएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार नेशनल मेडिकल कलेज तथा शिक्षण...
विराटनगर, १ भदौ । मोरङको बेलबारीमा दुई हप्तादेखि जारी गरिएको निषेधाज्ञा हटाइएको छ । कोरोना सङ्क्रमण केही नियन्त्रणमा आएको भन्दै साउन ३१ गते बसेको कोरोना रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्वय समितिको बैठकले २ सातादेखि...
विराटनगर । तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले शानदार प्रदर्शन गर्दै उपाधि हात पारेको छ। शनिबार विराटनगरमा सम्पन्न फाइनल खेलमा पुलिसले साविक विजेता त्रिभुवन आर्मीलाई २४ रनले पराजित गर्दै...
विराटनगर । विराटनगर – ७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा अध्ययरत २० जना जेहन्दार छात्रछात्रालाई छात्रवृत्ती प्रदान गरिएको छ ।स्वर्गीय श्रीमती सुमनदेवी गोयलको नाममा स्थापना भएको १४ लाखको छात्रवृत्ति कोषबाट बिहीबार स्कुल परिसरमा एक कार्यक्रमको बीच...