एसइइ रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता सुरू : सरस्वती, कृष्टल र युनिक स्कुल विजयी

 न्यूज विराट
एसइइ रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता सुरू : सरस्वती, कृष्टल र युनिक स्कुल विजयी

विराटनगर । विराटनगरमा सुरू भएको दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा तीन वटा स्कुल विजय भएका छन् ।

विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा सोमबारबाट सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा सुनसरी दुहबीको सरस्वती मावि, इटहरीको कृष्टल स्कुल र बुढीगंगा गाउँपालिकाको युनिक एकेडेमी स्कुल विजयी भइ दोस्रो चरणमा पुगेको हो ।

सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा सुरू भएको प्रतियोगिताको पहिलो खेलमा मोरङको बुढीगंगा गाउँपालिकास्थित स्मृती स्कुललाई ४–१ गोलले हराउँदै सरस्वती स्कुल विजय भएका छ । सरस्वती स्कुलको तर्फबाट जितको लागि रन्जीत खत्रीले दुई गोल, मोहमम्द हुसेन मिया र भक्तराज राईले समान १–१ गोल गरे । स्मृतीको तर्फबाट हेमन्त माझीले सान्तवना गोल फर्काए ।
पहिलो खेलको म्यान अफ द म्याच सरस्वती स्कुलका दुई गोल गर्ने रन्जीत खत्री घोषित भए । उनले गिफट ह्याम्पर विराटनगरस्थित अर्किड कलेजले ५० हजार मुल्य बरावरको छात्रवृत्ती प्रदान गर्ने भएको छ ।


सोही दिन भएको दोस्रो खेलमा सुनसरीको कृष्टल स्कुलले मोरङको सारदा माविलाई टाइब्रेकरमा ४–३ गोलले निरास बनाउँदै कष्टल स्कुल दोस्रो चरणमा पुगेको छ । निर्धारित समयसम्म दुवै टिमको १–१ गोलको बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो ।

सोही दिन भएको तेस्रो खेलमा युनिक एकाडेमीले विराटनगरको बाल्मकी स्कुललाई ५–२ गोलले हराउँदै युनिक विजयी भएको हो । जितको लागि युनिकको तर्फबाट धिरज उराउले ४ गोल र अंकित खत्रीले एक गोल गरे । बाल्मीकिको तर्फबाट निरज मुर्मुले दुई गोल गरे । प्रतियोगिताको म्यान अफ म्याच बाल्मीकि स्कुलका सरोज साह घोषित भए ।

प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले गरेका थिए । प्रतियोगिताको मंगलबार पाँच खेल हुने खेल संयोजक बिक्की कार्कीले जानकारी दिए ।
साउन १३ गतेसम्म संचालन हुने प्रतियोगितामा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक कार्कीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद, प्रमाणपत्र,मेडल, शिल्ड प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीलाई स्पोर्टिङ साइकल रहेको छ ।
पहिलो संस्करणको एसईइ अन्तर विद्यालयस्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधी जेभियर्स ईग्लिस बोर्डिङ्ग स्कूल टंकीसिनुवारीले जितेको थियो ।

सम्बन्धित समाचार

विराटनगरमा जसपाद्वारा विरोध प्रदर्शन

विराटनगर, ३ असोज–संविधान दिवसमा जनता समाजवार्दी पार्टी नेपाल मोरङले विराटनगरमा विरोध प्रदर्शन गरेको छ । संविधानमा मधेशी, महिला, दलित, मुस्लिम लगायतसिमान्तकृत समुदायको अधिकार नसमेटिएको भन्दै विरोध प्रदर्शन गरेको हो । संविधान दिवसलाई कालो दिनका रुपमा...

‘नटवरलाल उमेश विश्वकर्मा’: नक्कली र फर्जि बिल भरपाई पेश, कार्यक्रम नगरि बजेट झ्वाम

विराटनगर, असार १३। किर्ते, आर्थिक अनियमितता, राजश्व छली, फर्जि साधारणसभा लगायतको आरोप लागेका उमेश विश्वकर्माका विषयमा अर्को सनसनीपूर्ण खुलासा भएको छ । बैधानिक रुपमा साधारणसभा नगरि फर्जि साधारणसभाबाट मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालको...

अमेरिकी गुप्तचरले भने– कोरोना भाइरस मानव निर्मित होइन

एजेन्सी, बैशाख १९-कोरोना भाइरसको उत्पत्तिका विषयलाई लिएर अमेरिका र चीनबीच आरोप प्रत्यारोप चलिरहेका बेला अमेरिकी गुप्तचर अधिकारीहरुले कोरोना भाइरस मानव निर्मित वा आनुवांशिक रुपमा परिवर्तन गरी बनाइएको भाइरस नरहेको पुष्टि भएको बताएका छन् । यूएस...

पत्रकारमा कोरोना देखिएपछि प्रदेश २ मा परीक्षणको दायरा बढाइँदै

प्रदेश २ मा हालसम्म ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म धनुषा, बारामा १/१ र पर्सामा २ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । चारै जनाकाे अहिले आइसोलेसनमा उपचार जारी छ । ४ सक्रिय...

प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएका हवाई सेवा र नागरिक उड्डयन विधेयक पेस

काठमाडौं, ३१ वैशाख-हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएका दुइटा विधेयक छलफलका लागि संसदीय समितिमा पेस भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बुधबार राष्ट्रियसभाको बैठकमा ‘नेपाल हवाई...

तरकारी तथा फलफुल बेच्ने महिलाहरुलाई रोटरी क्लब अफ विराटनगर डाउनटाउनले दियो छाता

विराटनगर, ८ भदौ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिलाहरुलाई छाता वितरण गरेको छ । एक कार्यक्रमकाबिच डाउनटाउनले सडक छेउमा तरकारी बिक्रि गरेर जिविकोपार्जन गर्दै आएका १५ जना महिलाहरुलाई रोटरी प्रतीक र क्लबको नाम छापिएको...

मोरङ व्यापार संघ ट्रेड एक्स्पो सुरू, प्रधानमन्त्रीले गरे उद्घाटन

विराटनगर । मोरङ व्यापार संघ ट्रेड एक्स्पो सुरू भएको छ । विराटनगर २ स्थित शंकरपुर मार्गमा शुक्रबारदेखि एक्स्पो सुरू भएको हो । एक्स्पोको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे । पुस १६ गतेसम्म सञ्चालन हुने...

दमक–लखनपुरको पोल्टामा मिल्स भेट्रान्सको उपाधि

विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिताको उपाधि झापा दमकको दमक–लखनपुर भेट्रान्स क्लबले जितेको छ ।विराटनगर जुट मिलको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा दमकले टाइब्रेकरमा विराटनगर हाटखोलाको मर्निङ भेट्रान्स...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्