कोशी सरकारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

 न्यूज विराट
कोशी सरकारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ ।

इजलासले उद्धव थापालाई कोशी प्रदेशको मुख्य मन्त्रीमा नियुक्त गर्ने सन्र्दभमा पेश भएका प्रस्ताव, समर्थन, दावी, हस्ताक्षरलगायतका सम्पूर्ण कागजातसहित थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख कार्यालयको भएको निर्णयको सक्कल फाइल साउन ३ गते भित्र पेश गर्न भनिएको छ। साउन ७ देखि निरन्तर सुनुवाई गर्ने आदेशमा उल्लेखछ ।

कार्कीले कोशी प्रदेश प्रमुखसहित ३ जनालाई विपक्षी बनाएर रिट दायर गरेका थिए । नयाँ प्रदेश सरकार असंवैधानिक तरिकाले गठन भएको भन्दै कार्कीले रिट हालेका थिए । विश्वासको मत प्राप्त गर्न नसकेपछि कार्की नेतृत्वको सरकार ढलेको थियो ।

एमाले नेतृत्वको सरकार अल्पमतामा परेपछि भएको मत विभाजनमा सत्तारुढ नेतृत्व र एमाले नेतृत्वले बराबर मत ल्याएको थियो । त्यसपछि सभामुख बाबुराम गौतमको मतबाट सत्तारुढ गठबन्धन बहुमतमा रही सरकार गठन गरेपछि विपक्षमा पुगेको एमालेले सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएको थियो । एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले असार २२ गते शुक्रबार वारेसमार्फत् सर्वोच्चमा रिट दर्ता गराएका थिए । नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।

कार्कीले आफ्नो रिटमा संविधानको धारा १६८ ९२० बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दावी गरेका थिए । संविधानको धारा १६८ को उपधारा २ मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ । थापा चार दलको समर्थनमा गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए । थापाले आफ्नो बहुमत नपुग्ने भएपछि सभामुख बाबुराम गौतमको अलग्गै हस्ताक्षर गराएर प्रदेश प्रमुखसमक्ष दावी पेश गरेका थिए ।

निवर्तमान मुख्यमन्त्री कार्कीले असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि परमादेशको समेत माग गरेका छन् ।

सम्बन्धित समाचार

बाढीमा ज्यान गुमाउनेको परिवारलाई विराटनगर महानगरले ५० हजार दिने

विराटनगर, ६ कात्तिक । सोमबारदेखि परेको अविरल वर्षाका कारण विराटनगर महानगरपालिकामा ३ जनाको मृत्यु भएको छ। महानगरपालिकास्तरीय विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकमा मेयर भीम पराजुलीले सोमबारपछि विराटनगरमा भएको बाढी वितण्डामा ३ जनाको मृत्यु भएको...

सास्थम कलेजका बिएचम र बिबिएका विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगरस्थित सास्थम कलेजमा बिएचम र बिबिएका विद्यार्थीहरुलाई विदाई गरेको छ । कलेजले रत्ना होटलमा शुक्रबार एक कार्यक्रम आयोजना गरि बिएचमका ४६ र बिबिएका ३२ जना विद्यार्थीहरुलाई विदाइ गरेको हो । बिबिएका सन् २०१९...

चुनावको पक्षमा उभियो कांग्रेस

काठमाडौं, माघ ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस चुनावकै पक्षमा दृढतापुर्वक उभिएको छ । निर्वाचन आयोगसँगको छलफलमा औपचारिक रुपमा चुनावको पक्षमा उभिएको हो । कांग्रेसको यो निर्णयसँगै चुनावबिरुद्ध कांग्रेससँग सहकार्य गर्ने पुष्पकमल दाहाल, प्रचण्ड...

कोशी प्रदेशमा पहिलो पटक एभरेष्ट स्कुलमा ‘ह्यापीनेश करिकुलम’

विराटनगर । विराटनगर ५ मा रहेको एभरेष्ट सेकेण्डरी स्कुलले कोशी प्रदेशमा पहिलो पटक ह्यापीनेश करिकुलम शुरु गरेको छ । चालु शैक्षिक शत्र २०८१ देखि एभरेष्टले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरि सो करिकुलम...

सप्तरीमा द्रुत परीक्षण सुरु, ३८ जनाको नेगेटिभ

सप्तरी, १ बैशाख-सप्तरीमा कोरोनाभाइरस जाँचका लागि ‘¥यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) विधिबाट द्रुत परीक्षण सुरु भएको छ । क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउँन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर सो विधिबाट परीक्षण सुरु गरेको जिल्ला...

पाटन अस्पतालमा १ कोरोना संक्रमितकाे मृत्यु

काठमाडौं, २३ साउन-ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा पर्साका ४५ वर्षीय पुरुष रहेका अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए । उनका अनुसार मृतक...

ओम्नीमाथि लेखा समितिले थाल्यो छानविन

काठमाडौं, १४ वैशाख-विनाप्रतिस्पर्धा ओम्नी बिजिनेस कर्पोरेट इन्टरनेसनलसँग स्वास्थ्य सामग्री खरिद गर्ने स्वास्थ्य मन्त्रालयको निर्णयमाथि संसदको लेखा समितिले छानविन प्रक्रिया अघि बढाएको छ । सरकारले बिनाप्रतिस्पर्धा ओम्नीलाई कोरोना महामारीसँग जुध्न उपकरण खरिदको सम्झौता गरेको थियो ।...

जीवन आचार्य भन्छन्, ‘युवाहरु जागीरमा होइन, उत्पादनमा लाग्नुपर्छ’

विराटनगर । मोरङ क्षेत्र नं. ६ (१) मा वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार जीवन आचार्यले उत्पादन र उद्यमशीलताको विकासमा जोड दिने प्रतिवद्धता जनाएका छन् । आर्थिक क्रान्ति बिना देश समृद्ध हुन नसक्ने धारणा व्यक्त...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्