पोखरीया स्कुलमा भर्ना हुन विद्यार्थीको भिड, कक्षा ११ मा भर्ना हुन ६९७ विद्यार्थीले दिए परीक्षा

 न्यूज विराट
पोखरीया स्कुलमा भर्ना हुन विद्यार्थीको भिड, कक्षा ११ मा भर्ना हुन ६९७ विद्यार्थीले दिए परीक्षा

विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना हुनको लागि प्रवेश परीक्षा लिएको छ । कक्षा ११ मा विज्ञान, व्यवस्थापन, शिक्षा र कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्नको लागि पोखरीयाले विद्याथीहरुको मंगलबार प्रवेश परीक्षा लिएको हो ।
६९७ जना विद्यार्थीले पोखरीयामा भर्नाको लागि प्रवेश परीक्षा दिएको पोखरीया स्कुलका प्रिन्सिपल खेमराज भट्टराईले जानकारी दिए ।

विज्ञान संकयामा २३५ , व्यवस्थापनमा ३७८, शिक्षामा ३६ जना, कम्प्युटर इन्जिनियरिङ्गमा ४८ जना विद्यार्थीले प्रवेश परीक्षा दिएको उनले बताए । विज्ञान र व्यवस्थापन संकायमा एक सय जना विद्यार्थीको कोटा रहेको छ । बुधबार प्रवेश परीक्षाको नतिजा सार्वजानिक हुने उनले बताए ।
विद्यार्थीको चाप बढेपछि विद्यालयले नयाँ भर्ना हुने विद्यार्थी संख्याको सीमा तोकेर प्रवेश परीक्षा लिन थालेका छन् । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती शिक्षक शिक्षिकाहरुका कारण यो विद्यालयमा छोराछोरी पढाउने धेरै अभिभावक लालायित हुने गरेका छन् ।

‘यहाँ पढ्न चाहनेजति सबैलाई भर्ना गर्न सक्ने स्थिति नै हुँदैन, विद्यार्थीको चापका कारण प्रवेश परीक्षा लिएर त्यसको रिजल्टका आधारमा मात्रै भर्ना लिन थालेका हौंं,’ प्रअ भट्टराईले भने, ‘प्रवेश परीक्षा उत्तीर्ण गर्न नसक्नेलाई जो कसैले भनसुन गरे पनि भर्ना लिन्नौं ।’

अंग्रेजी माध्यमबाट पढाइ गर्दै उत्कृष्ट नतिजा दिँदै आएको यो विद्यालयले भर्ना लिन कक्षा ६ देखि ९ सम्म पनि विद्यार्थीको भिड लाग्ने गरेको छ ।

सम्बन्धित समाचार

छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । क्लबले जहदा गाउँपालिकास्थित बुधनगर स्कुलमा अध्ययनरत छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरेको हो । ...

आजदेखि सरकार खर्चबिहीन

काठमाडौं, ३१ भदौ । सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलहरूको गैर-जिम्मेवारीता र सुझ-बुझको अभावमा आज (बिहीबार)देखि सरकार खर्चबिहीन भएको छ । संघिधानको धारा ११८ ले दिएको सीमित क्षेत्रबाहेक कुनै पनि खर्च गर्न रोक लागेको छ ।...

पुनर्कर्जासम्बन्धी कार्यविधि परिमार्जन गर्दै राष्ट्र बैंक

काठमाडौं, १९ वैशाख-साना तथा घरेलु व्यवसायीलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले पुनर्कर्जासम्बन्धी कार्यविधि परिमार्जन गर्ने तयारी गरेको छ ।साना तथा घरेलु व्यवसायीलाई प्राथमिकता दिनेगरी पुनर्कर्जा कार्यविधि बनाइने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका हुन् ।पुनर्कर्जाको...

नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमितको नतिजा पुनः पोजेटिभ

टेकु अस्पतालमा उपचार गराइरहेका दुइजनाको पुन कोरोना भाइरस संक्रमणका रिपोर्ट पोजेटिभ देखिएको छ ।दोस्रो पटकको परीक्षणमा पनि पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी...

प्रदेश १ मा ५७ कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज

विराटनगर, १९ साउन–प्रदेश १ मा आज ५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १६ पुरुष, ६ महिला,...

‘मस्जिद–मदरसामा कोही लुकेका छैनन्’

नवलपरासी, १७ वैशाख-नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा रहेका मस्जिद र मदरसाको अनुगमनलाई तीव्रता दिइएको छ । उदयपुरको मस्जिदमा रहेका मुसलमा धर्मगुरु (जमाती) मा कोरोना सङ्क्रमण भेटिएपछि राष्ट्रिय मुस्लिम आयोगले गठन गरेको जिल्लास्तरीय अनुगमन समितिले जिल्लाका विभिन्न...

कांग्रेस केन्द्रीय महिला विभागले पूर्णता पायो

काठमाडौं, ५ साउन-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सचिव र सदस्यलाई आज मनोनयन गरेका छन् । सभापति देउवाले उक्त विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत १९ फागुनमा मनोनयन गरेका...

१९ पदक जित्ने कोशीका तेक्वान्दो खेलाडीलाई सम्मान

विराटनगर । कोशी प्रदेश आइटिएफ तेक्वान्दो संघले पदक जित्ने तेक्वान्दोका खेलाडीहरुलाई सम्मान गरेको छ ।भारतको हैदरावादमा सम्पन्न भएको ७ औं दीक्षण एशियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा कोशी प्रदेशबाट छनौट भएर पदक ल्याउने खेलाडीहरुलाई सम्मान गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्