विराटनगर भावीपुस्ताले गर्व गर्न लायक बनाउन सकिन्छ : मेयर कोइराला
आइतबार, २४ असार, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको भएको बताउनुभएको छ । विराटनगरस्थित सन्सारीमाईस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एकतले भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले हरेक महानगरवासीको साथ र सहयोगले मात्रै विराटनगरलाई भावीपुस्ताले गर्व गर्न लायक बनाउन सकिने बताउनुभयो ।
उहाँले सबैको सामूहिक प्रयास र प्रयत्नबाट मात्रै विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउन सकिने विचार राख्नुभयो । “आफ्नो घर अगाडि सफा राख्ने, समयमै कर तिर्ने, निर्माणका काममा कतै कमीकमजोर भएका छन् भने खबरदारी गर्ने दायित्व महानगरवासीको पनि हो,” मेयर कोइरालाले भन्नुभयो, “मेरो हैसियत र महानगरवासीको हैसियत एउटै हो । म अहिले मेयर छु । म पनि यहींको बासिन्दा हुँ ।” विराटनगर बनाउन महानगरवासी आ–आफ्नो ठाउँबाट जागरुक हुनु जरुरी रहेको उल्लेख गर्नुभयो । पसल र घर अगाडि हरेकले दुईवटा गमला राख्ने हो भने महानगरले परिकल्पना गरेको सुन्दर विराटनगर हुने उहाँको भनाइ थियो । महानगरसित सीमित स्रोत साधनका कारण धेरै काम गर्ने चाहना हुँदाहुँदै पनि गर्न नसकेको प्रस्ट पार्नुभयो । उहाँले कृष्णप्रसाद मास्केको जस्तै खुल्ला हृयद हुने हो भने विराटनगर बन्न धेरै समय नलाग्ने बताउनुभयो । कार्यक्रममा समाजसेवी मणिकुमार अज्र्याल, राजेश मास्केलगायतले मन्दिरको संरचना र सम्वद्र्धमा सहयोग गर्न महानगरसित आग्रह गर्नुभएको थियो । सन्सारीमाई मन्दिर पूर्व निर्मित भवनमा जमरा राख्ने, ज्येष्ठ नागरिक भेटघाट तथा मनोरञ्जन, विवाहलगायतका कार्यमा प्रयोग गरिनेछ ।
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा परेको विराटनगर – १० मा अवस्थित कान्तिपुर कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । कलेजले विराटनगरमा आइतबार एक भव्य कार्यक्रम...
काठमाडौं, २१ चैत । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशी टी–२० क्रिकेटको फाइनलमा नेपालले पावर प्ले (६ ओभर) मा दुई विकेट गुमाएको छ । पहिलो विकेटका रुपमा पाँचौ ओभरमा कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेट छैटौँ ओभरमा...
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार ३० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२२ महिला र...
विराटनगर, साउन २३–विराटनगरस्थित कोशी अस्पतालमा आइपुग्दा शुक्रबार विहान मृत्यु भएका पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषको अस्पताल पुग्नसाथ मृत्यु भएको थियो...
काठमाडौं, फागुन ६–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना नेपालको हितमा रहेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै...
प्रधानमन्त्री केपी ओलीविरुद्ध संघर्षमा सँगै उभिएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल छुट्टिएका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँतिएको निर्णय गरेसँगै प्रचण्ड र नेपाल अलग्गिएका हुन् । २४ फागुनमा पेरिसडाँडामा स्थायी कमिटी बैठक राखेर...
काठमाडौं, ११ असार-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइकल आर पोम्पेओसँग टेलिफोन संवाद गरी द्विपक्षीय वार्ता गरेका छन् । संवादका क्रममा उनीहरूबीच दुवै पक्षले कोभिड-१९ महामारीको विरुद्ध लड्न अनुभव आदानप्रदान गर्दै महामारीका कारण...
विराटनगर, २५ वैशाख-प्रदेश १ सरकारलाई कतार च्यारिटी नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामग्री च्यारिटीले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको हो...