कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त
बिहिबार, २१ असार, २०८०,
न्यूज विराट
विराटनगर । कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धब थापा नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले बिहीबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । काँग्रेसबाट पहिलो पटक उनी कोशी प्रदेशको मुख्यमन्त्री बनेका छन् । यसअघि एमालेबाट पहिलो पटक शेरधन राई, दोस्रो पटक भीम आचार्य, तेस्रो पटक एमालेबाट विभाजित बनेको नेकपा (एकीकृत समाजवादी)का राजेन्द्रकुमार राई र चौथोपटक एमालेकै हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए । केन्द्रीय सत्ता बाँडफाँडमा देखिएको अस्थिरताको कारण प्रदेशसभाको दोस्रो कार्यकालमै दोस्रो पटक मुख्यमन्त्री बनेका थापा प्रदेशको पाँचौं मुख्यमन्त्री बनेका छन् । उनी कोशी प्रदेशमा पहिलो गैरकम्युनिष्ट मुख्यमन्त्री पनि बनेका छन् ।
सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस (२९), नेकपा माओवादी केन्द्र (१२), नेकपा एकीकृत समाजवादी (४) र जनता समाजवादी पार्टी (१) को समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका हुन् । सभामुखमा निर्वाचित भएपछि दल त्यागको घोषणा गरेका सभामुख बाबुराम गौतमले पनि थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेका थापालाई अबको ३० दिनभित्र प्रदेशसभामा बुहमत सिद्ध गर्नुपर्ने चुनौती छ । जसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन उनका लागि जरूरी हुनेछ । यो काम उनका लागि सबैभन्दा सकसपूर्ण हुने सम्भावना छ ।
गठबन्धन दलहरूसँग प्रदेश सभामा जम्मा ४७ मत छ । यो ९३ सदस्यीय प्रदेश सभाको बहुमत संख्या हो । यद्यपि यो संख्यामा सभामुख बाबुराम गौतमको पनि गणना माओवादी केन्द्रले गरेको छ ।
विराटनगर । नेपाल ट्रेड पोर्टल तथा इयू रेक्स सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र मोरङ व्यापार संघको संयुक्त आयोजनामा विराटनगरमा मंगलबार उक्त कार्यक्रम भएको हो । कार्यक्रमको...
विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरमा गठन भएको छ । विराटनगरमा आज भएको सौन्दर्यकर्मीहरूको भेलाले जुलि प्याकुरेलको अध्यक्षतामा सात जनाको कमिटि गठन गरिएको छ । समितिको उपाध्यक्षमा आशा पाण्डे, सचिबमा हिरा प्रधान र कोषाध्यक्षमा...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसिडिए) मोरङले चाडपर्व लक्षित शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको छ । संघले विराटनगरमा बुधबार तिहार, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो...
विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट नेपाली काँग्रेसका यूवा नेता मन्टु शेखको नाम प्रदेश सांसदको लागि पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ । काँग्रेस क्षेत्र नं. ४ को क्षेत्रिय समितिको बैठकले...
विराटनगर । लाइन्स क्लब अफ बिराटनगर युनिकले लायन बर्ष २०२३-२०२४ को पहिलो दिन जुलाई १ तारिकको अवसरमा विद्यालयलाई फिल्टर र स्टेशनरी वितरण गरेको छ । विराटनगर कोचाखालस्थित आधारभूत विद्यालयलाई क्लबले स्वच्छ पिउने पानीको लागि लागि...
जनकपुरधाम, २ वैशाख-कोरोना भाइरसविरुद्धको संघर्षमा ऐक्यबद्धता प्रदर्शन गर्न भन्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आज शंख बजाएका छन् । उनले जनकपुरधामस्थित आफ्नै निवासमा शंख र घण्टी बजाएका छन् । शंख र घण्टी बजाएको दृश्य...
चितवन, ८ असार-चितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको माडी नगरपालिकामा ४ जना र भरतपुर महानगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक परीक्षण गरिएको परीक्षणमा माडी...
विराटनगर । घरेलु टिम एनबीएससी विराटनगरले प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा लागातार दोस्रो जित हात पारेको छ । लागातार जित हात पार्ने क्रममा एनबीएससीले पाहुना टिम दिल्ली युनाईटेड क्रिकेट क्बलमाथि ३२ रनको...