विराटनगरमा संचालनमा आयो सृजा मेकअप एण्ड नेल स्टुडियो
बुधबार, २० असार, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर – २ मुनालपथस्थित सृजा मेकअप एण्ड नेल स्टुडियो संचालनमा आएको छ । करिब २२ लाख रुपैयाँ लागतमा बुधबार एक कार्यक्रमको बीच सृजा मेकअप एण्ड नेल स्टुडियो संचालनमा आएको हो ।
उक्त स्टुडियोको उद्घाटन पूर्वाञ्चल वाल सेवाश्रमका अध्यक्ष सीता पोखरेल, मेनुका कार्की, गोमा भट्टराईले संयुक्त रुपमा गरे । अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न सृजा मेकअप स्टुडियोमा रहेको छ । सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ आफ्नै ठाउँमा केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको सृजा मेकअप एण्ड नेल स्टुडियोको संचालिका सृजना कार्र्कीले जानकारी दिइन् ।
मेकअप स्टुडियोमा महिलाहरुलाइ आवश्यक पर्ने सम्पूर्ण श्रृंगारको कामहरु हुने उनले बताइन् । त्यसबोहक सौन्दर्यको तालिम पनि दिने उनले उनले बताइन् । ‘पार्लरसम्बन्धी सबै कोर्षहरु गरिनेछ । नेलको सम्पूर्ण डिजाइनहरु यहाँ हुनेछ,’ उनले भनिन्, ‘मेकअप स्टुडियो संचालनमा आएको अवसरमा विशेष अफरहरु पनि ल्याएको छ ।’ उनका अनुसार एक महिनासम्म मेकअप स्टुडियो संचालन आएको अवसरमा यहाँबाट प्रदान हुने सेवाहरुमा ३० प्रतिशतसम्म छुट रहेको उनले बताइन् ।
विराटनगर, २ भदौ । विराटनगरको ऐतिहाँसिक राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । रथयात्रा निकाल्नका लागि सम्पूर्ण तायारी अन्तिम चरणमा पुगेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । आज विहान मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज...
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लकडाउनको समयमा पनि सरकारको कामप्रति भएको विरोध बुझ्नका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा ट्वीटरमा सरकारको काममा हजारौँले कालो झण्डा देखाएको हेर्न पनि प्रधानमन्त्री...
काठमाडौैं, २५ असार । नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो । आजको वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने...
विराटनगर । विराटनगरस्थित ग्रीनक्रस हस्पिटलबाट एक दिनको नवजात शिशु हराएपछि पक्राउ परेका उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर ६८ वर्षीय तपेश्वरलाल कर्णलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले उनलाई पक्राउ...
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट स्कुलमा अन्तर एभरेष्ट पौडि प्रतियोगिता सुरु भएको छ । आज प्रतियोगिताको उद्घाटन विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले रिबन काटेर गरे । एभरेष्ट कलेज परिसरमा रहेको स्वीमिङ पुलमा शुरु भएको प्रतियोगिता शनिवार...
काठमाडौं, १० असोज । काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय बालक उज्ज्वल विकको शव ललितपुरमा भेटिएको छ । महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । गत मंगलबार...
काठमाडौं, २१ वैशाख-नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ ।...
काठमाडौं, कात्तिक २८ । नेपाल रेडक्रस सोसाईटीको विशेष विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा असन्तुष्ट समूहले तोडफोड गरेपछि स्थगित भएको हो । विधान विपरीत कारबाही गरेका १६ जिल्लाबाट आएका...