बस टर्मिनलमा भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिर उद्घाटन

 न्यूज विराट
बस टर्मिनलमा भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिर उद्घाटन

विराटनगर । विराटनगर महानगरपालिका–११ स्थित बस टर्मिनलमा निर्मित भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गरिएको छ ।

महानगर मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सोमबार विधिवत रुपमा पूजा गर्दै भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा मेयर कोइरालाले महानगरपालिकाले बसपार्क निर्माणका लागि उचित जग्गाको खोजी गरिरहेको बताए । विराटनगरमा आउने आन्तरिक पर्यटकको पहिलो गन्तव्य बसपार्क नै रहेकाले व्यवस्थापन समिति र सर्वसाधारणलाई महानगरपालिकाले थालेको सफा, सुन्दर र हरित महानगरको अभियानमा साथ दिन सम्पूर्ण विराटनगरलाई आह्वानसमेत गरे ।

यस्तै महानगरपालिकाकी उपमेयर कार्कीले बसपार्कमा यस आर्थिक वर्षको योजनामा स्तनपान र धुम्रपान क्षेत्रको निर्धारण गरी कक्ष निर्माण गर्ने बताइन् । विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले बस टर्मिनललाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

बस टर्मिनल व्यवस्थापन समितिका अध्यक्ष पदमकुमार श्रेष्ठले बसपार्क व्यवस्थापनमा सहयोग गरेकाले महानगरपालिकालाई धन्यनवाद ज्ञापन गरे ।
उद्घाटन समाहरोमा वडा प्रहरी कार्यालयका प्रमुख डीएसपी विजय श्रेष्ठ, बस व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष सरोज श्रेष्ठ, नेपाल ट्रेड युनियन महासंघका कोशी प्रदेश अध्यक्ष किशोर धमलालगायतले मन्तव्य व्यक्त गरे ।

सम्बन्धित समाचार

नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो ३ दिन लगाएर पन्छाइयो

चितवन, ६ असार-नारायणगढ-सडकखण्डको चारकिलोमा खसेको पहिरो ३ दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरूपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव...

सत्तारुढ गठबन्धन र जसपालाई  एक्लै चुनौती दिने को हुन् ‘जोगी’ ?

विराटनगर । जीवन विकास संस्थाका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल ‘जोगी’ मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यीय पदमा उम्मेदवारी दिएर अहिले चुनावी अभियानमा होमिएका छन् । उनले स्वतन्त्रबाट...

मेगा सहकारीद्धारा स्वरोजगार कर्जा अभिमुखिकरण

विराटनगर । विराटनगरस्थित मेगा बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार कर्जा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शुक्रबार उक्त कार्यक्रम आयोजना गरेको हो ।स्वरोजगार कोषको सहुलियत ऋण कर्जा मेगाले नेपाल सरकार युवा तथा स्वरोजगार...

पूर्वाञ्चल स्कुलमा आमा–बुवा गायन तथा नृत्य प्रतियोगिता, प्रथम भइन् बिन्जु

विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन स्कुलमा आमा – बुवा गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको छ । सरस्वती पूजाको अवसर पारेर स्कुल परिसरमा बुधबार आमा बुवा गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको हो ।...

कोशीमा माओवादी तीन मन्त्रीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरुले मुख्यमन्त्री केदार कार्कीलाई आज दिउँसो भेटेर राजीनामा दिएका हुन् । कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ...

खुला सिमाना, नेपाल–भारत सम्बन्ध र मिथिला परिक्रमा

पुरन साह  जनकपुरधाम । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी छ । १ सय ३३ किलोमिटर नाँङ्गो खुट्टा हिंड्न पर्ने यो विश्वकै सबैभन्दा ठूलो मानिने धार्मिक पदयात्रामा नेपाल मात्र होइन भारतीय नागरिकको...

सोनाम ल्होछार विराटनगरमा मनाइयो

विराटनगर । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाएको छ । नेपाल तामाङ घेदुङ महानगर समिति विराटनगरले बिहीबार एक कार्यक्रम आयोजना सोनाम ल्होछार...

१५ बैशाखसम्म लकडाउन थप गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २ बैशाख-सरकारले १५ बैशाखसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । मंगलबार (आज) प्रधामन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि बढाएर १५ बैशाखसम्म पुर्‍याएको हो । सरकारले पहिलो पटक चैत्र ११ गते देखि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्