विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा पुनः देवकीनन्दन शर्मा

 न्यूज विराट
विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा पुनः देवकीनन्दन शर्मा

विराटनगर । विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा देवकीनन्दन शर्मा पुनः निर्वाचित भएका छन् ।

विराटनगरमा सम्पन्न विराटनगर भन्सार एजेन्ट संघको ११औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनबाट शर्माले ३८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनी दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भए । उनका प्रतिस्पर्धी हरि ठाकुरले ८ मत मात्र पाए ।

भन्सार एजेन्ट संघको ६३ जना सदस्य मध्ये निर्वाचनमा ४८ जनाले मतदान गरेका थिए । जसमध्ये दुई जनाको मत बदर भएको थियो ।

अध्यक्ष बाहेक अन्य पद सर्वसम्मत चयन भएको छ । संघको बरिष्ठ उपाध्यक्षमा विवेक यादव, उपाध्यक्ष दिक्षा पौडेल, सचिव अनिश खनाल, सह–सचिवमा मम्ताज राइन, कोषाध्यक्षमा सुनिल लाभ निर्वाचित भएका छन् । तारा पुलामि, दिपक चौधरी र केशव गिरी संघको कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

रोडम्याप बनाएर जनताको काम गर्नेछुः भीम पराजुली 

विराटनगर । मोरङ क्षेत्र नं. ४ (२) का उम्मेदवार तथा विराटनगर महानगरपालिका पूर्व मेयर भीम पराजुलीले आफूले चुनाव जितेर गएपछि पाँच वर्षे विकासको रोडम्याप बनाएर जनताको काम गर्ने बताएका छन् । मोरङको कटहरी आयोजना गरिएको...

शिक्षादीप कलेजले वितरण गर्यो ७० लाखको विद्यार्थीलाई छात्रवृद्धि

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई विदाई गरेको छ । विज्ञान र व्यवस्थापन संकायमा अध्ययरत विद्यार्थीहरूलाई कलेजले शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी विदाई गरेको हो। १६ औं ब्याजका विज्ञान र १७...

घट्न थाल्यो सेबोनको विज्ञप्तिमा परेका कम्पनीको शेयरमूल्य, ४ कम्पनीमा नेगेटिभ सर्किट

काठमाडौं, २ असार । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले निकालेको विज्ञप्तिको प्रभाव बुधबारको बजारमा देखिएको छ । आज एकैदिन कारोबार खुलेको अढाई घण्टा नबित्दै चारवटा कम्पनीमा नेगेटिभ सर्किट लागिसकेको छ भने २५ कम्पनी सर्किट लाग्ने तरखरमा छन्...

आज ११ अन्तर्राष्ट्रिय उडान : स्वदेश फर्किए १ हजारभन्दा बढी नेपाली

काठमाडौं, २३ असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत १ हजार १७७ नेपाली स्वदेश फर्किएका छन् । आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)...

अझै सुरु गरेन जनकपुरधाम उपमहानगरले राहत वितरण

जनकपुरधाम, १० वैशाख-लक डाउन सुरु भएको १ महिना पुगेपनि जनकपुरधाम उपमहानगरपालिकाले राहत वितरण शुरु गरेको छैन । प्रदेश २ सरकारले उपलब्ध गराएको राहतबापतको रकमसमेत खर्च नगरेकोमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कडा आलोचना भइरहेको छ...

कास्कीमा १९ महिने बालिकामा कोरोना

पोखरा, ६ असार-कास्कीको मादी गाउँपालिकाका १९ महिने बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मादी गाउँपालिकामा अहिलेसम्म एक बालकसहित ३ जनाका कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा शनिबार बिहान ७ जिल्लाका ५८ जनामा...

शीर्ष नेतालाई शितल निवासमा राष्ट्रपतिको रात्री भोज

काठमाडौं, १० असार-संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै शीर्ष नेतालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले रात्री भोज दिने भएकी छिन् ।नेकपा स्थायी समिति बैठक बस्नुअघि राष्ट्रपति भण्डारीले आज साँझ रात्री भोजका लागि निम्तो गरेकी हुन् । रात्री भोजका...

थपिए २९३३ संक्रमित, ३१५० डिस्चार्ज

काठमाडौं, १७ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्