
आयकरको सीमा घट्यो
काठमाडौं, साउन १ । साढे चार लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत मात्र लाग्ने करको सीमालाई बढाएर सरकारले ६ लाख रुपैयाँ पुर्याएको छ । आर्थिक बर्ष २०७९-८० को बजेट अनुसार आजदेखि नयाँ व्यवस्था लागू भएको हो...
विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर औषधी व्यवसायी संघ मोरङ शाखाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । संघले शनिबार मोरङको गछियामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट दुई सय जनाले स्वास्थ्य परीक्षण गरेका थिए । वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुधिर श्रेष्ठ, वरिष्ठ नवजात तथा शिशुरोग विशेषज्ञ डा. राजेश यादव, फिजिसियन डा. चन्दन विश्वास, स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. रेनुका राठीले सुन्दरहरैचा नगरपालिका भित्रका दुई सय जनाको स्वास्थ्य जाँच गरेको औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । शिविरमा आएर स्वास्थ्य परीक्षण गरिएका विरामीलाई चिकित्सकले सिफारिस गरेको औषधी पनि निःशुल्क वितरण गरेको उनले बताए । संघका सह-कोषाध्यक्ष पुष्पराज पोखरेलको संयोजत्वमा उक्त शिविर भएको हो ।
संघको स्थापना दिवसमा मोरङ शाखाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ । यसअघि कोशी अस्पतालका विरामीहरुलाई फलफूल वितरण, ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण र खुल्ला रक्तदान कार्यक्रम आयोजना गरीसकेको छ ।
संघले आइतबार सप्ताहव्यापी कार्यक्रम समापन गर्दैछ । नेपाल पत्रकार महासंघमा दिउँसो कार्यक्रम आयोजना गरी सप्ताहव्यापी कार्यक्रम विधिगत रुपमा सम्पन्न गर्नेछ । समापनमा संघले अग्रज व्यवसायीहरुलाई सम्मान पनि गर्ने कार्यक्रम राखेको छ ।
काठमाडौं, साउन १ । साढे चार लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत मात्र लाग्ने करको सीमालाई बढाएर सरकारले ६ लाख रुपैयाँ पुर्याएको छ । आर्थिक बर्ष २०७९-८० को बजेट अनुसार आजदेखि नयाँ व्यवस्था लागू भएको हो...
विराटनगर, २६ साउन । ग्रीन टायर्स प्रालिले कृषि क्षेत्रका लागि टायर उत्पादन गर्ने प्रकृया अघि बढाएको छ । यस उद्योगले कृषि क्षेत्रमा प्रयोग गरिने ट्याक्टर र हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डको भूमि, सारथी मोडलका ठूला...
विराटनगर । राष्ट्रिय भावनाले ओतप्रोत मैथिली भाषामा रेकर्ड गरिएको ‘हम छी नेपाली,नेपाल हमर शान छै’ बोलको गीत रिलिज भएसँगै चर्चा सुरु भएको छ ।लोकप्रिय युवा गायक जागेश ठाकुरको स्वरमा रेकर्ड गरिएको यो गीत ‘मैथिली अनलाइन’...
विराटनगर । मोरङको रंगेली नगरपालिका – ३ आमतोलामा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज विहान भएको दुर्घटनामा १५ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोरङको ग्रामथान गाउँपालिका...
विराटनगर । कोशी प्रदेशको सुरक्षा बैठक भोली विहान विराटनगरमा बस्ने भएको छ । विराटनगरस्थित बीग होटलमा सोमबार विहान ८ बजेदेखि सुरु हुने बैठकको लागि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज साझ साढे ५ बजेको विराटनगर...
विराटनगर । जीवन विकास संस्थाका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल ‘जोगी’ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यीय पदमा उम्मेदवारी दिएर अहिले चुनावी अभियानमा होमिएका छन् । उनले स्वतन्त्रबाट...
काठमाडौं, ४ जेठ-आर्थिक बर्ष २०७७/०७८ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम संशोधन गर्न माग गर्दे सांसदहरुबाट एकल र संयुक्त रुपमा विभिन्न ५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा संशोधनकर्ताहरुले नीति...
विराटनगर, २१ माघ । सुनसरीको इनरुवा नगरपालिका–२ बलाहा नहरबाट २ सय ५० केजी गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । को १ च ९८५२ नम्बरको बलेरो गाडीमा ठुलो परीणाममा गाँजा तस्करी भईरहेको भन्ने...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.