मन्टेश्वरीका अभिभावकसँग एभरेष्ट स्कुलको कार्यशाला

 न्यूज विराट
मन्टेश्वरीका अभिभावकसँग एभरेष्ट स्कुलको कार्यशाला

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले मन्टेश्वरी कक्षाका विद्यार्थीका अभिभावकसँग कार्यशालाको आयोजना गरेको छ ।
विद्यालयले शिक्षण सिकाइका लागि अपनाउँदै आएका कृयाकलापका विषयमा अभिभावकलाई जानकारी गराउने उद्देश्यका साथ कार्यशाला आयोजना भएको हो ।

शुक्रबार नर्सरी र एलकेजीका विद्यार्थीका अभिभावकसँग कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा सहभागि अभिभावकलाई सम्वोधन गर्दै विद्यालयका प्राचार्य ९प्रिन्सिपल० टिकाराम पुरीले युग सुहाउँदो शिक्षण सिकाईका लागि आफूहरुले प्रयत्न गरिरहेको भन्दै यसलाई सार्थक बनाउँदै लैजान अभिभावकको समेत सहयोग आवश्यक रहेको चर्चा गरे । उनले बाल मनोविज्ञानलाई बुझेर उनीहरुकै सहभागितामा विभिन्न प्रयोगात्मक विधिका साथ शिक्षण सिकाई हुँदै आएको भन्दै बाल मनोविज्ञानलाई अभिभावकले समेत बुझ्न आवश्यक रहेको बताए ।

गर्भावस्थादेखि नै बालबालिकाको ‘केयर’ आवश्यक रहेको चर्चा गर्दै उहाँले सानै उमेरबाट नै दिईने वातावरणले बालबालिकाको भविष्यलाई निर्धारण गर्ने बताए । हिजो बालबालिकालाई नियन्त्रण कन्ट्रोलमा राख्ने विधि अपनाउने गरिएको स्मरण गर्दै उनले अहिले त्यो पद्धत्ति गलत सावित भइसकेको बताए ।
उनले भने, ‘हिजो हामी शासनमा राख्न खोज्थ्यौं, त्यो गलत थियो । अब साथी बनाएर हरेक कुरामा सहभागि गराएर अघि बढ्नुपर्ने छ ।’ नियन्त्रणमा राख्न खोज्दा बालबालिका विद्यालयमा गुरुहरुसँग र घरमा अभिभावकहरुसँग टाढिन पुग्ने मात्रै नभई बढ्दो उमेरसँगै डिप्रेसनमा जाने, कुलतमा फस्नेलगायतका विभिन्न समस्याहरु देखापर्ने प्रिन्सिपल पुरीले बताए ।

कार्यशालामा विद्यालयका सहायक प्राचार्य टीएन भण्डारीले विद्यालयले सिकाएको शिक्षण पद्धति अनुरुप अभिभावकले पनि भूमिका निर्वाह गर्न सक्दा बालबालिकालाई कुशल ब्यक्तित्व बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गरे । उनले त्यसका लागि अभिभावकहरुले केहि विषयमा विशेष ध्यान दिन आग्रह गरे । करिब एक सय जना अभिभावकको सहभागिता रहेको कार्यशालामा सहभागीहरुलाई विभिन्न विधिबाट मनोरञ्जन दिलाउँदै बालबालिकाले कसरी सिक्छन् भन्ने विषयमा जानकारी दिइयो । मन्टेश्वरी तहकी इन्चार्ज रेश्मी क्षेत्रीले अभिभावकहरुलाई सिकाईका विषयमा व्यवहारिक रुपमा जानकारी गराए ।

कार्यशालामा अभिभावकहरुले पनि बालबालिकाले जस्तै खेल्दै, प्रयोगात्मक गर्दै, शिक्षण सिकाईको बिषयमा जानकारी लिएका छन् । अभिभावक तथा वरिष्ठ नायव निरिक्षक यज्ञराज शर्माले विद्यालयले अपनाएको शिक्षण सिकाई विधि अत्यन्तै राम्रो रहेको भन्दै कार्यशालाले अभिभावकलाई पनि बाल मनोविज्ञान अनुसारको वातावरण बनाउन उत्प्रेरित गरेको बताए ।

सम्बन्धित समाचार

एसईई परीक्षाको मिति तोकिएको हल्ला मात्रै

काठमाडौं, १९ चैत-माध्यमिक शिक्षा परीक्षा (एसईई) को नयाँ मिति नतोकिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।सामाजिक सञ्जालमा १०, ११ र १२ कक्षाको परीक्षाको मिति तोकिएको भन्दै फेक विज्ञप्ति भाइरल भएपछि कार्यालयले परीक्षाको मिति नतोकिएको...

राप्रपा विराटनगर महानगर कमिटीको अध्यक्षमा वैद्य

विराटनगर,६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी विराटनगर महानगरपालिका परिषदको आज यहाँ भएको भेलाले पूर्व प्रहरी नायव उपरीक्षक युवनारायण वैद्यको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको छ। कमिटीका सदस्यहरुमा प्रह्लादप्रसाद शाह, शयेन्द्रा बान्तवा,केदार कोइराला,विश्वमोहन थापा,दिनेश शाह,नरेश...

वीरगञ्जमा ८ चिकित्सकसहित २८ जनामा कोरोना संक्रमण

काठमाडौं, १६ साउन-वीरगञ्जमा २८ जना स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मापदण्डको पालना नगरेकाले स्वास्थ्यकर्मीमा संक्रमण देखिएको बताए । उनका अनुसार ८ चिकित्सक, ६...

कोशी प्रदेशस्तरीय अनुसन्धान गोष्ठी सुरु

विराटनगर । कोशी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सुरू भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयको समन्वयमा आयोजित बैठकको उद्घाटन आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले गरे ।गोष्ठीमा अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षाको विषयमा...

कान्तिपुर कलेजमा विद्यार्थीको आकर्षण, ८५० कोटामा १३ सय ३७ विद्यार्थीले दिए इन्ट्रान्स

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर – १० मा अवस्थित कान्तिपुर कलेजमा भर्ना हुन विद्यार्थीको भिड लागेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका...

सीएनआई कोसी एक्स्पो : पाँच मुख्य पेभिलियन, ३०० बढि युवालाई रोजगारी

विराटनगर । विराटनगरमा बिहीबारदेखि सुरु हुन लागेको सीएनआई कोसी एक्स्पोमा पाँचवटा मुख्य पेभिलियन रहने भएका छन् । अटोमोबाइल्सको पेभिलियनबाहेक चार वटालाई प्रमुख अग्ला हिमालहरु सगरमाथा, अन्नपूर्ण, मकालु र कन्चनजङ्घाको नामबाट नामाकरण गरिएका छन् । एक्स्पोका...

गोरखामा लोपोन्मुख तामे सालक भेटियो

गोरखा, जेठ २५-गोरखा नगरपालिका–९ वीरेन्द्रचोक क्षेत्रमा विश्वमा अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक फेला परेको छ । स्थानीयवासी होमप्रसाद रेग्मीको घरमा बयस्क सो सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए...

पाँचौ मिल्स गोल्डकप : उपाधि होल्डमा उदयपुरको फ्यूजन क्लब

विराटनगर । गाइघाटको फ्यूजन फुटबल क्लब विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरको जुट मिल खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइलन खेलमा सुनसरी इटहरीको टीएफसी तालतलैयालाई ५–१ गोलअन्तरले पराजित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्