नेपाल मेडिकल कलेज तोडफोड प्रकरण : छानविन गरी दोषीलाई कारवाही गर्न प्राइभेट मेडिकल कलेजको माग

 न्यूज विराट
नेपाल मेडिकल कलेज तोडफोड प्रकरण :  छानविन गरी दोषीलाई कारवाही गर्न प्राइभेट मेडिकल कलेजको माग

विराटनगर । नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा अस्पताल तोडफोड गर्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई गालीगलौज गरि अभद्र व्यवहार गरिएको घटनाको निन्दा गर्दै प्रशासनले घटनाको अनुसन्धान गरी दाषीलाई कारवाही गर्न एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले माग राखेको छ ।

मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्र्कीले बिहीबार एक विज्ञाप्ती जारी गर्दै यस्तो माग राखेका हुन् ।

२७ जेठमा नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा एक जना विरामी भर्ना भएका थिए । ती विरामीको सोही दिन ल्याप्रोस्कोपिकलाई ओपन कोलेसिस्टेक्टोमीमा रूपान्तरण सर्जरी गरी उपचार हुदै गरेको विरामीको अकस्मात ग्लोबल हाइपोक्सिक इस्केमिक एन्सेफैलोपैथी भई हाल आईसीयूमा उपचाररत रहेका छन् ।

सो घटना सम्बन्धमा जेठ ३० गते बिरामीका आफन्तहरुले अस्पताल तोडफोड गर्ने, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई गालीगलौज गरि अभद्र व्यवहार गरिएको घटना अत्यन्तै निन्दनिय र भर्त्सना योग्य रहेको विज्ञाप्तीमा उल्लेख छ । ‘उपचारत विरामीको गम्भीर्यतालाई नबुझी अस्वभाविक रुपमा उत्तेजनामा आई अस्पतालमा तोडफोड गर्ने, अस्पतालको शान्तिपूर्ण वातावरणलाई खलल पुऱ्याई विरामीहरुको उपचारमा खटिने चिकित्सक, तथा स्वास्थ्यकर्मी लगायतलाई मानसिक तनाव सिर्जना गरिनु गैर मानविय कार्य हो । उपचार प्रक्रियामा चित्त नबुझेको अवस्थामा कानुनी बाटो अवलम्वन गर्ने प्रावधान हुँदा हुदै पनि अस्पताल नै तोडफोड गर्ने जस्तो अपराधिक गतिविधि संलग्न हुनु अत्यन्तै दुःखद कार्य भएको छ,’ डा. कार्कीले हस्ताक्षर गरिएको विज्ञाप्तीमा भनिएको छ, ‘
स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा यस प्रकारको अमानविय घटना घटाई स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोबललाई नै निरुत्साहित पार्ने कार्यमा संलग्न दोषीमाथी छानविन गरी कानुनी कारवाही गर्न यस संघ नेपाल सरकार तथा स्थानीय सुरक्षा निकाय समक्ष जोडदार माग गर्दछ ।’

सम्बन्धित समाचार

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन निजामति कर्मचारी संगठनको माग

विराटनगर, साउन २–नेपाल निजामति कर्मचारी संगठनले कोरोना भाईरस (कोभिड १९) को उपचारमा संलग्न स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्दै तत्काल व्यवस्था गर्न माग गरेको छ । प्रदेश तथा स्थानीय तहले जोखिम भत्ताको व्यवस्थापन गर्नुपर्ने व्यवस्था भएपनि...

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयका संचालक सडकमा

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) ले संसदमा दर्ता गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेको छ । बिहीबार सो संगठनले राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । विधेयकमा भएका...

दिगो विकासका लागि नीजि क्षेत्रको सहभागिता अपरिहार्य

विराटनगर । देशको दिगो विकासका लागि नीजि क्षेत्रको सहभागिता अपरिहार्य रहेको एक कार्यक्रममा सहभागिहरूले बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को संयोजन तथा यु.एन.डि.पि.को सहयोगमा विराटनगरमा मंगलबार...

लकडाउन अवधिभर बैंक ब्याज र करमा छुट दिन मोरङ चेम्बर अफ कमर्सको माग

विराटनगर, असार १०–मोरङ चेम्बर अफ कमर्सले उद्योग तथा ठूला व्यापारीहरुलाई लकडाउन अवधिभरको बैंक ब्याज र करमा छुट दिनुपर्ने माग गरेको छ । हालै जारी भएको संघ तथा प्रदेशको बजेटका विषयमा अवधारणा सार्वजनिक गर्ने कार्यक्रममाझ मोरङ...

सकियो तीन दिने महिला सेल्फ डिफेन्स तालिम, आत्मरक्षाको लागि ठूलो सहयोग पुग्ने

विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण सम्पनन भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा भएको उक्त तालिम शुक्रबार सम्पन्न भएको हो...

कोशी प्रदेशमा रोजगारी सिर्जना गर्न समझदारी

विराटनगर । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौ र कोशी प्रदेश सरकार बिच विभिन्न उधमशिलता र रोजगारमुलुक कार्यक्रम गर्ने विषयमको समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ ।कोशि प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्तिथिमा कोषका कार्यकारी...

बझाङमा पहिरोले १७ घर बगायो

काठमाडौं, २० असार-बझाङको केदारस्युँ गाउँपालिका-८ मा पहिराले १७ घर बगाएको छ । शुक्रबार राति परेको वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका-८ को मल्लेसका १७ घर बगाएको हो । बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले...

एनसीडिए मोरङको अध्यक्षमा देशबन्धु ढकाल निर्वाचित, कसले कति पाए मत ?

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए ) मोरङको अध्यक्षमा देशबन्धु ढकाल भारी मतअन्तरले निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको संघको दोस्रो जिल्ला अधिवेशनबाट ९२ मत अन्तरले हराउँदै अध्यक्षमा ढकाल निर्वाचित भएका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्