विराटनगर । अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउन प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको छ । बुधबार प्रदेश मन्त्रिपरिषदको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुनेगरि अन्त्य गरेका हुन् । प्रदेशको वर्षे अधिवेशनलाई बजेट अधिवेशन भन्ने गरिएको छ । संविधान र कानुन अनुसार असार १ गतेसम्ममा प्रदेशसभामा सरकारले बजेट पेश गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । तर, सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेर प्रदेशसभालाई बाईपास गर्दै बजेट ल्याउने तयारी गरेको हो । प्रदेशसभामा बुधबार नै प्रदेश प्रमुखले सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । त्यसमाथि छलफलसमेत नगराई सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेको हो । नेकपा माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
विराटनगर । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीहरूलाई एक दिने अभिमुखिकरण तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।यस वर्षको एसइइ परीक्षा दिने १ सय २५ जना विद्यार्थीहरुलाई स्कुलले मंगलबार एक कार्यक्रम...
काठमाडौं ३० चैत-कोरोना फैलिएको ४ महिना बढी भयो । हालसम्म पनि कुन औषधि खायो भने ठीक हुन्छ भन्ने वैज्ञानिक आधार नपाइएको डाक्टरहरूले बताउने गरेका छन् । हामीले यो सामग्री तयार पार्दासम्म विश्वमा करिब १७ लाख...
विराटनगर । १ नं. प्रदेश स्तरीय सुरक्षा गोष्ठी विराटनगरमा सुरु भएको छ । निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष बनाउन प्रदेश स्तरीय गोष्ठी विराटनगरस्थित बीग होटलमा शनिबारदेखि सुरु भएको हो । गोष्ठीको उद्घाटन प्रदेश १ का...
काठमाडौं, २० भदौ-उद्योगी विनोद चौधरी कोरोना भाइरस (कोभिड- १९) संक्रमणमुक्त भएका छन् । उनले माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत आफू कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका छन् । उनले शनिबार बेलुका ट्विटरमार्फत १० दिनको एकतान्तवासपछि आफू संक्रमणमुक्त...
एजेन्सी, चैत २७-साउदी नेतृत्वको गठबन्धनले यमनमा हुथी विद्रोहीविरुद्ध लडाईमा युद्धविरामको घोषणा गरेको छ । पाँच वर्ष लामो युद्ध अन्त्य गर्ने संयुक्त राष्ट्रसंघको प्रयासको समर्थनमा बिहीवारबाट लागु हुनेगरी युद्धविराम घोषणा गरिएको साउदी अधिकारीहरुले बताएका छन् ।...
काठमाडौं, ३० साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विद्यमान आन्तरिक विवादको समाधानका लागि आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ...
सर्लाही, १२ पुस । जिल्ला प्रशासन कार्यालय, सर्लाहीले ईश्वरपुर नगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । इलाका प्रहरी कार्यालय केशरगंजको गस्ती टोलीको ना. १ झ ८६९ नम्बरको गाडीले आइतबार राति ईश्वरपुर नगरपालिका-५ का व्यापारी...
विराटनगर । विराटनगर– ३ मा रहेको सम्राट स्पोर्टिङ क्लबले मोरङ जिल्ला ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ ।लेटाङको चार तारे क्लबलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सम्राटले सोमबार उपाधिमाथि कब्जा गरेको हो । खेलको निर्धारित...