पक्राउ परेको १८ घण्टापछि २७ पहिचानवादी नेता तथा कार्यकर्ता रिहा, बुधबारको आमहड्ताल फिर्ता
मङ्गलबार, १६ जेठ, २०८०,
न्यूज विराट
विराटनगर । आन्दोलनको नेतृत्व गरिरहका नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का उपाध्यक्ष अशोक चेम्जोङ्ग लिम्बुलगायतका २७ जना पहिचानवादी नेता तथा कार्यकर्ताहरू रिहा भएका छन् ।
कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनको क्रममा निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि पक्राउ परेका २७ जना पहिचानवादी नेता तथा कार्यकताहरु मंगबलार साझ रिहा भएका हुन् ।
१४ जेठमा विराटनगरस्थित देवकोटा चोकदेखि २७ जना पहिचानवादी नेता तथा कार्यकताहरु पक्राउ परेका थिए । पक्राउ परेको १८ घण्टापछि रिहा भएका छन् । यसरी रिहा हुनेहरूमा अशोक चेम्जोङ, खड्का लिम्बू, कुलप्रसाद लिम्बू, सुकराज लिम्बू, सुकराज थेबे, सञ्जीव लिम्बू, ताराकुमार लिम्बू, मनकुमार थेगिम, आरभी लिम्बू, प्रयास बान्तावा राई, नबीन पोमु, प्रदीप लिम्बू, सिताराम राई रहेका छन् । यस्तै, सन्तोष सम्बाहाम्फे, जेबी साँबा, दुर्गा मगर, मनकुमार लिम्बू, शंकर लिम्बू, अमृत राई, प्रमोद लिम्बू, सुमन केरुङ, पदम खेवाङ, रोशन लिम्बू, छविरमण सार्की, कुसुम राई, राजभक्त लिम्बू र मनकुमार माखिम रिहा भएका छन् । रिहा भएका पहिचानवादी नेता तथा कार्यकताहरूलाई वडा प्रहरी कार्यालय विराटनगर अगाडी फुल माला र अविरल लगाएर स्वागत गरेका थिए ।
उनीहरूले कोशी प्रदेश खारेजी गरी पहिचानको आधरमा नामरण नभएसम्म आन्दोलन जारी रहने बताए । प्रदेश १ पुनः नामकरण संघर्ष समितिले बुधबार पनि विराटनगरमा शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताएका छन् । उनीहरुले बुधबार गर्ने भनेको आमहड्ताल भने फिर्ता लिएका छन् । पक्राउ परेका पहिचानवादी नेता तथा कार्यकताहरु रिहा भएपछि आमहडतालको कार्यक्रम फिर्ता लिएपनि शान्तिपूर्ण आन्दोलन जारी रहेको पहिचानवादी नेता अर्जुन जम्मेली राईले जानकारी दिए । ‘पक्राउ परेका पहिचानवादी नेता तथा कार्यककर्ताहरू बार्तापछि रिहा भएका छन्,’ उनले भने, ‘कोशी प्रदेश खारेजी गरी पहिचानको आधारमा नामकरण नभएसम्म आन्दोलन भने जारी रहन्छ ।’ नेता तथा कार्यकताहरु रिहाभएपछि उनीहरुले कोशी प्रदेश खारेजी गरी पहिचानको आधारमा नामकरण गर, पहिचान विरोधी होसियारलगायतका नाराबाजी गरेका थिए । संघर्ष समितिले मंगलबार एक विज्ञाप्ती जारी गर्दै आइतबारको आन्दोलनका क्रममा प्रहरीले ९० जनालाई धरपकड गर्नुका साथै गोली, ढुङ्गा, लाठी प्रहारबाट २५ भन्दा बढी शक्त घाइते बनाएको जनाएको छ । प्रहरीले अस्पतालमा उपचार गराइरहका घाइतेसमेत गरी ८६ जनालाई गरिफतार गरेको भएपनि बार्तापछि रिहा भएका छन् । आन्दोलनको क्रममा पदमकुमार लिम्बू ‘लाजेहाङ’ सहिद भइसकेको र प्रहरीको गोली प्रहारबाट घाइते गजेन्द्र फागो उपचाररत रहेको जानकारी दिँदै संघर्ष समितिले प्रहरी दमनबाट १५० भन्दा बढी घाइते भएको जनाएको छ ।
काठमाडौं, ३ जेठ-नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालका कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको गरिएको परीक्षणमा ३ जनामा कोरोना...
काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा सभापतिका प्रत्याशी शेरबहादुर देउवा र शेखर काेइराला पुगेका छन् । पहिलो चरणको चुनावमा पहिलो र दोस्रो भएका देउवा र शेखर पौडेलको...
नेकपा एमालेको प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । बुधबार बसेको एमाले प्रदेश १ को संसदीय दलको बैठकले मुख्यमन्त्री...
विराटनगर । विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी निषेध गरेपछि सिटी सफारी चालकहरुले आन्दोलन सुरु गरेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिहीबारदेखि विराटनगरको मुख्य राजमार्गमा सिटी सफारी चलाउन निषेध गरेपछि उनीहरुले शुक्रबारदेखि आन्दोलन सुरु गरेका...
काठमाडाैं, ३२ जेठ-नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका-५ का हरिलाल राजभर घाइते भएका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीले जनाएकाे छ । जिल्लास्थित...
लकडाउनका कारण मिथिलाञ्चलको महापर्व चैती छठ प्रभावित भएको छ । आज अस्ताउँदो सूर्यलाई अर्घदिने कार्यक्रम हुँदा पोखरीमा प्रहरीले कसैलाई आउन दिइरहेको छैन । सामाजिक दुरी कायम राखेर घर–घरमा मात्रै मनाउन सबैलाई आग्रह गरेको जिल्ला प्रहरी...
विराटनगर । विराटनगरस्थित मदरल्याण्ड एकाडेमीमा विभिन्न कार्यक्रम आयोजना गरी सरस्वती पूजा मनाएको छ । स्कुल परिसरमा बुधबार सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण र भोजन कीर्तन प्रतियोगिता आयोजना गरेको हो । दुई चरणमा गरी आयोजना गरिएको कार्यक्रममा...
सुर्खेत, १८ वैशाख-कालिकोट पचालझरना गाउँपालिका –१ का वडा अध्यक्ष रत्नलाल न्यौपानेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । बुधबार दिउँसो स्थानीयको कुटपिटबाट गम्भीर घाइते भएका वडा अध्यक्ष न्यौपानेको कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि बिहीबार...