कोशी प्रदेश विरुद्ध आन्दोलन : किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष पनि पक्राउ, पक्राउ पर्नेको संख्या २६ पुग्यो
आइतबार, १४ जेठ, २०८०,
न्यूज विराट
विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जिवन हताजु राई पनि पक्राउ परेका छन् । मोरङ प्रहरीले उनलाई विराटनगरको देबकोटा चौकमा रहेको एक होटलमा चिया खाएर बाहिर निस्किएपछि आज पक्राउ गरेको हो ।
राई पक्राउ परेसँगे पक्राउ पर्नेको संख्या २६ पुगेको पहिचानवादीहरुले जानकारी दिएको छ ।
कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि यसअघि विहान आन्दोलनमा उत्रिएका एलभी फोर्सका १३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा आङ्दाङ्वालगायत छन् । १२÷ १५ जना एलभी लेखिएको हेल्मेट लगाएको समूहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत पुस १७ गते प्रदेशको नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ ।
उता, पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनकोे घोषणा गरेका छन् । शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरुले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए । आज उनीहरुले वृहत र फरक तरिकाले आन्दोलन गर्ने जनाएका छन् ।
सो आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ भने प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने जनाएको छ ।
एजेन्सी, चैत २४-मुम्बईको एक अस्पतालमा कोरोना उपचारमा संलग्न भएका २६ जना नर्स र तीन जना डाक्टर समेत कोरोना भाइरस संक्रमित भएका छन् । पीटीआईका अनुसार सोमबाट मात्रै १ सय २० जना नयाँ संक्रमित भेर्टिपछि मुम्बईमा...
विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा विभागीय टोलीसहित चार टिम पुगेको छ । शनिबार लिग चरणमा आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा पुगेको हो । लिग चरणमा सबै समिकरण...
एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा स्थगित भएको छ । नेपाल मेडिकल काउन्सिलको मंगलबार बसेको बैठकले कोरोना भाइरसका कारण परीक्षा स्थगित गरेको हो । आगामी ८ चैतमा परीक्षा गर्ने तयारी थियो ।
विराटनगर, १० असोज–नेपाल प्रेस युनियन मोरङको पद हस्तान्तरण गरिएको छ । सभापति कुमार लुइटेलले आफ्नो कार्यकाल सकिएपछि पद हस्तान्तरण गरेका हुन् । सभापति लुइटेलले एक कार्यक्रमकाबिच शनिबार मोरङको बेलबारीमा आगामी कार्यकालका लागि सभापति भोजराज बस्नेतलाई...
विराटनगर, असार ६–मोरङ प्रहरीले जिल्लामा अमनचयन काम गर्न तथा शान्ति सुरक्षा स्थापना गर्न सबै प्रविधि र जनशक्तिको प्रयोग भइरहेको जनाइएको छ । सोही कार्य अन्तर्गत मोरङ प्रहरीले बन्दाबन्दी शुरु हुनु भन्दा पहिले चार महिनाको अवधिमा...
टेकु अस्पतालमा उपचार गराइरहेका दुइजनाको पुन कोरोना भाइरस संक्रमणका रिपोर्ट पोजेटिभ देखिएको छ ।दोस्रो पटकको परीक्षणमा पनि पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी...
काठमाडौं, ५ भदौ–नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताएका छन् । व्यापारीहरूको ध्यानाकर्षणपत्र बुझ्दै मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर एक इञ्च पनि पछि नहट्ने...