मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगरमा शनिबार अडिसन हुने
शुक्रबार, १२ जेठ, २०८०,
न्यूज विराट
विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको अडिसन विराटनगरमा शनिबार हुने भएको छ । बालवालिकाहरुलाई सीप र संस्कारसहित नेतृत्व विकास गर्ने उद्देश्यले मिस्टर एण्ड मिस लिटर कोशी छैठौ संस्करणको हुन लागेको हो । प्रतियोगितामा प्रतियोगिहरु छनौट गरिन विराटनगरमा अडिसन हुन लागेको हो ।
जय मिडिया मेनेजमेन्ट प्रालिले प्रत्येक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ । विराटनगरपछि सुनसरीको इटहरी र धरानमा हुनेछ ।
‘यस पटकको प्रतियोगिता विगतको भन्दा फरक र भव्य रुपमा हुनेछ,’ जय मिडिया मेनेजमेन्ट प्रालिका डाइरेक्टर जय राज रायले भने, ‘विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरुबाट छनौट भएका बालवालिकाहरुलाई प्रशिक्षण दिनेछ । जहाँ बालवालिकाहरुको क्षमतिा अभिवृद्धी गर्नेदेखि उनीहरुलाई सीप र संस्कारको ज्ञानहरु पनि सिकाइनेछ ।’
साथै बालवालिकाहरुलाई नृत्य, सरसफाई, शिक्षाको महत्व, वाक कला जस्ता अतिआवस्यक विषयमा विज्ञहरुबाट विशेष कक्षाहरु पनि दिइने जय मिडिया मेनेजमेन्ट प्रालिका सिइओ निशा खतिवडाले बताइन् ।
प्रतियोगिताको विजेताले जनही ३०–३० हजार रुपैयाँको साथै जय मिडिया मेनेजमेन्ट प्रालिको ब्यानरमा निमार्ण हुने नेपाली चलचित्रमा बाल कलाकारको भूमिकामा पनि खेल्न पाउने भएका छन् ।
विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज दिउँसो ११ बजे बस्ने संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्न लागेको हो ।...
काठमाडौं, ४ मंसिर-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड-१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारबाही गरिने बताए...
विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का पत्रकारहरूको उपचार निःशुल्क र विभिन्न सेवाहरुमा छुटसहितको स्वास्थ्य सेवाहरुमा सहुलियत दिएको छ । अस्पतालले पत्रकारको उपचारमा सहुलिए दिएपछि न्यूरो र...
सरकारले विदेशमा रहेका नेपालीलाई पनि राष्ट्रिय जनगणनामा समेट्ने भएको छ । जसले गर्दा अब विदेशमा रहेका नेपालीको पनि यकिन विवरण पुष्टि हुनेछ । केन्द्रीय तथ्यांक विभागले आउँदो कात्तिक २५ देखि मंसिरको ५ सम्म हुने १२...
काठमाडौं, १ वैशाख-नयाँ वर्ष २०७७ साल आजबाट सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले घरमै बसेर मनाउँदै छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको ‘लकडाउन’का...
विराटनगर । मोरङ सुनवर्षी नगरपालिका ९ डाइनिया स्थित मोतिचन्द साहको घरमा कोठा भाडामा लिएर बस्ने ब्रिजलाल साह सोनारले सञ्चालन गरेको ‘मनिष ज्वेलर्स’ मा चोरी भएको छ । सटर मुनि लगाईएको ईटाको देवाल भत्काई ज्वेलर्समा रहेको...
विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८१ का लागि संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले अघिल्लै शैक्षिक सत्रको शुल्कलाई निरन्तरता दिने निर्णय गरेको हो । शिक्षा समितिका अध्यक्ष...
विराटनगर । कोशी प्रदेशमा विद्रोहीलाई साथ दिएको नेकपा एमाले एक महिना नबित्दै पुनः विपक्षमा पुगेको छ। एमालेले केदार कार्की नेतृत्वको सरकार छाडिसकेको छ।एमाले सोमबारदेखि प्रदेश सभामा विपक्षी लहरमा बस्ने भएको छ। विपक्षमा बसे पनि कार्की...