विराटमा दुर्लभ उपचार, समय अगावै जन्मिएका ७०० ग्राम तौल भएका नवजात शिशुको सफल उपचार
बिहिबार, ११ जेठ, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा प्रिटम अर्थात् समय अगावै जन्मिएका कम तौल भएका नवजात शिशुको सफल उपचार भएको छ । हस्पिटलमा आएको २६ हप्ताको ७ सय ग्राम तौल भएको नवजात शिशुको सफल उपचार भएको हो । कम तौल भएको नवजात शिशुको सफल उपचार हस्पिटलका नवजात शिशु तथा बालरोग विशेष डाक्टर दिप राज उपाध्यय अधिकारी, बाल सर्जन डा. हिरामणी पाठक, स्त्री तथा प्रसूती रोग विशेष डा. मोनाप्रिया दर्शनीको टिमले गरेको छ । गत वैशाख २१ गते सुनसरी धरान १६ की २३ वर्षीया पवित्रा खड्का बिराट नर्सिङ होम आएकी थिइन् । उनी २६ हप्ताको गर्भवती थिईन् । विपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा नियमित चेपअप गरिरहकी उनको पाठेघरमा पानी कम थियो । त्यो भन्दा जटिल स्थिति सालमा देखिएको समस्याले आमाले खाएको खाने कुरा शिशुले लिन नसक्दा बृद्विविकास रोकिएको थियो । त्यसपछि उनी विराट नर्सिङ्ग होम आएकी हुन् ।
स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर दर्शनीका अनुसार पवित्राको गर्भवती अवधि महिनावारीका हिसाबले २९ हप्ता भएको थियो । ‘भिडियो एक्स–रे मा भने २६ हप्ता देखिन्थ्यो । बच्चाको तौल ७०० ग्राम मात्रै रहेकाले समस्या थियो । यस्तो अवस्थालाई मेडिकल भाषामा आईयुजिआर (इन्ट्रा–युरेटाईन ग्रोथ रिटार्डेशन) भनिन्छ,’ उनले भनिन्, ‘आमाको स्वास्थ ठिकठाक भएपनि पेटमा शिशुको विकास हुन सकेन । यो अवस्थालाई आइडियोप्याथी भनिन्छ । किन यहि समस्या हो भन्न सकिदैन तर खासमा आमा र शिशुलाई जोड्ने सालले राम्रो काम नगर्दा खाना आदनप्रदान हुदैन । जसको कारण गर्भमा शिशुको बृद्विविकास रोकिन पुग्छ ।’
बिराटमा भएको विशेषज्ञ चिकित्सकको टिमले सात सय ग्राम तौल जन्मिएको नवजात शिशुको सफल उपचार गरेको कारणले अहिले तौल बढदै गएको नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर अधिकारीले बताए । ‘गर्भमा भएको शिशुको फोक्सोले श्वास लिने र फाल्ने अवस्थालाई मजबुत बनाउनका लागि सर्फ्याटिन प्रोटिनको प्रयोग बढाईयो,’ उनले भने, ‘बिराटमा फोर लेभलको एनआईसियु रहेको छ । सुरक्षित प्रसुतीपछि शिशुलाई भेन्टिलेटरमा राख्न जोमिख थियो । सि–पाप (कन्टिन्यु पोजेटिभ एयरवे प्रेसर) विधि प्रयोग गरियो । जसले शिशुलाई आवश्यक पर्ने अक्सिजन सप्लाई गर्दथ्यो । यो मेथडले शिशुको शरीरका अंगमा असर गर्दैन । यदि भेन्टिलेटरमा राख्नु परेको भए शिशुको आँखामा समस्या आउन सक्दथ्यो ।’ डाक्टर अधिकारीका अनुसार अहिले नवजात शिशुको स्वास्थ्य धेरै राम्रो भएको बताए । ‘आँखामा पनि कुनै समस्या छैन,’ उनले भने, ‘तौल पनि वृद्धि भइरहेको छ । अहिले ८ सय ५० ग्राम तौल पुगेको छ । १ केजी ४ सय ग्राम तौल भएपछि नवजात शिशुलाई डिस्चार्ज गर्नेछौं ।’ हस्पिटलले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर नवजात शिशुको उपचारमा कुनै समस्या आउन नदिने बताएका छन् । २३ वैशाखमा प्रसूती भएपछि जन्म भएको नवजात शिशुको आँखा तथा कानमा समेत कुनै असर देखिएको छैन । सबै शारीरिक विकास भइरहेको चिकित्सक अधिकारीले बताए ।
सामान्यतः ३७ देखि ४० हप्तामा शिशु जन्मनुलाई समय पुगेको मानिन्छ । ३५ देखि ३७ हप्तामा लेस प्रिटम भनिन्छ । यो अवधिमा शिशुको वजन नर्मल भए यसलाई नराम्रो मानिने छैन । तर एककेजी भन्दा कम वजन भएका शिशु जन्मनुलाई अत्याधिक कम तौल मानिन्छ । विराटमा अहिले आमा पवित्राले आफ्नो पहिलो सन्तानलाई छातिमा टँसाएर बस्छिन् । यसलाई कङ्गारु मदर लभ भनिन्छ । दैनिक चार घण्टा पवित्राले यसरी खुशी साट्ने गरिरहेकी छिन् ।
काठमाडौं, माघ २२–नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सांसद पद निलम्बन भएको छ । नेता गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता गर्न पदमा बसी भूमिका खेलेको भन्दै भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा...
विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना हुनको लागि प्रवेश परीक्षा लिएको छ । कक्षा ११ मा विज्ञान, व्यवस्थापन, शिक्षा र कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्नको लागि पोखरीयाले विद्याथीहरुको...
विराटनगर । प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचिमा उम्मेदवारको नाम दलहरूले सूचीकृत गर्दा अनिवार्य अपाङ्गता भएका व्यक्तिहरू पनि संसद्मा प्रतिनिधित्व हुने सुनिश्चित गरिदिनुपर्ने माग राखेका छन् । नेत्रहीन युवा सङ्घ नेपाल...
विराटनगर, ३० साउन–समुदाय स्तरमै संक्रमण फैलिएको मोरङको रंगेली नगरपालिकाका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार आएको नतिजा अनुसार सो नगरपालिकाका ९ महिला र १९ पुरुषमा संक्रमण पुष्टि भएको हो । आइतबार...
विराटनगर । विराटनगर–४ राजबंशी चौक घर भई झापाको सुरुङ्गास्थित नेपाल टेलिकममा कार्यरत दिलिप सुवेदी गत भदौ ३० गते शनिबारदेखि बेपत्ता छन् । टेलिकम शाखाका निमित्त कार्यालय प्रमुख रहेका छैंटौं तहका लेखा अधिकृत ३१ वर्षीय सुवेदी...
कतार एयरलाइन्सले शनिबार २ वटा उडान भर्दै छ ।विदेशी नागरिकलाई फर्काउनका लागि अनुमति दिइएको कतार एयरले काठमाडौंदेखि दोहा उडान भर्न थालेको हो। शुक्रबार ३०० युरोपेली नागरिकलाई लगेको कतार एयरले शनिबार १०:१५ मा एउटा र ११:१५...
भीम सार्कीको अर्धशतक प्रेरित चितवन टाइगर्स पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल)को च्याम्पियन बनेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १...
काठमाडौं, २८ वैशाख-गत ६ चैतका लागि तोकिएको उच्च माध्यमिक शिक्षा परीक्षा (एसईई ) कोरोना भाइरसका कारण अन्तिम समयमा स्थिगित भयो । ४ लाख ८२ हजार विद्यार्थी परीक्षाको प्रतीक्षामा छन् । कहिले परीक्षा हुने हो, अन्योल...