एभरेष्ट बैंकबाट डेढ करोड चोरी, गिरोहका मुख्य योजनाकार र प्रबन्धकसहित ९ जना पक्राउ

 न्यूज विराट
एभरेष्ट बैंकबाट डेढ करोड चोरी, गिरोहका मुख्य योजनाकार र प्रबन्धकसहित ९ जना पक्राउ

विराटनगर । एभरेष्ट बैंक इटहरी शाखाबाट ३३ जना बचतर्कताहरूले जम्मा गरेको १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ बैंकका कर्मचारीको मिलेमत्तोमा निकालेको पाइएको छ ।
बैंकका उदयपुरका अपरेशन मेनेजर विराटनगर – ८ का ३४ वर्षीय निरज प्रधान पक्राउ परेपछि यस्तो रहस्य बाहिर आएको हो । बैंकको रकम अपचलन गर्ने गिरोहका मुख्य योजना प्रधान रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले प्रधानसहित बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे ८ घर भएका ४२ वर्षीय विश्वराज शाक्यसहित ७ जनाको मिलेमत्तो रकम निकालेको पाइएको हो ।

प्रहरीले बैंकबाट रकम अपचलन गरेको आरोपमा कर्मचारीसहित पक्राउ पर्नेको संख्या ९ पुगेको सुनसरी प्रहरीका निमिक्त कार्यालय प्रमुख डिएपी राजकुमार राईले जानकारी दिए । खाताबाटै रकम चोरी भएपछि प्रहरीले एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाईजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरु २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाललाई पक्राउ गरेको डिएसपी राईले बताए । त्यस्तै धनुषाको मिथिला नगरपालिका ११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका २ का २७ वर्षीय अजय खिउजू पक्राउ परेका छन् । पक्राउ पर्ने खिउजू र भुजेल पैसाँ झिक्ने व्यक्ती हुन् ।

सुनसरी प्रहरीले मेनेजर प्रधान पक्राउ परेपछि बैंकका अन्य सात जना कर्मचारीको पनि रकम अपचलनमा संलग्न देखिएपछि पक्राउ गरिएको डिएपी राईले जानकारी दिए । शुक्रबार बैंकको इटहरी शाखा प्रबन्धक शाक्य सहित ७ जना कर्मचारीलाई पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा प्रहरीले यसअघि २०७९ चैत १२ गते एभरेष्ट बैंक गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधानलाई पक्राउ गरेको थियो । प्रधानमाथि केरकार गर्दा बैंकभित्रको संगठित जालो पत्ता लागेको राईले बताए ।

पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट ५९ पटक कनेक्ट आईपीएस र नक्कली चेकबुक प्रयोग गरेर १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको अनुसन्धानबाट खुलेको डिएसपी राईले बताए ।

इटहरी शाखामा कार्यरत प्रधानको गत मार्च १२ तारिकमा गाइघाट सरुवा भएको थियो । उनको योजनामा गत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसबाट एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालिएको छ । त्यस्तै नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालिएको प्रहरीले बताएको छ ।

कर्मचारीले ३३ जना ग्रहकको खाताबाट अधिकतम ७ लाखसम्म निकालेको देखिएको प्रहरीले बताएको छ । आफ्नो खाताबाट रकम हराएपछि ग्रहकले बैंकमा जानकारी गराएका थिए । त्यसपछि बैंकमा हल्लीखल्ली मच्यिएको थियो । बैंकले प्रहरीलाई अनुसन्धानका लागि निवेदन दिएको थियो । प्रहरीले गरेको अनुसन्धानबाट बैंकको शाखा कार्यालयका प्रबन्धकसहित कर्मचारीको संगठित जालो देखिएपछि इटहरी शाखाका ६ जना कर्मचारीलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
धनुषाका भुजेल गत वैशाख १० गते र भक्तपुरका खिउजु वैशाख १३ गते पक्राउ परेका थिए । खिउजु र भुजेलले रकम निकाल्न सहयोग गरेको देखिएको प्रहरीले बताएको छ ।
पक्राउ परेकाहरुमाथि बैकिङ कसुर र संगठित अपराध कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भण्डारी दम्ततीको सहयोगमा आरम्भले दियो राहत

विराटनगर, जेठ १७–मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० का विपन्न परिवारलाई आरम्भ नाट्य डबली कला साहित्य मञ्चले राहत वितरण गरेका छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मुलुकमा लकडाउन घोषणा भएपछि दैनिक ज्यालादारी...

अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष माग गर्ने नेकपा नेताको तयारी

प्रधानमन्त्री केपी ओलीको अध्यादेश प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत साथ रहेपछि असन्तुष्ट नेताले अध्यादेश खारेजीको माग राष्ट्रपतिसमक्ष गर्ने भएका छन् । अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम सचिवालय सदस्य तथा प्रवक्ता...

प्रदेश १ मा २६ संक्रमित थपिए, ८ जना डिस्चार्ज

विराटनगर, .असार १–प्रदेश १ मा सोमबार २६ जना कोरोना संक्रमित थपिएका छन् । आज ४ महिला र २२ जना पुरुषमा संक्रमण देखिएको छ। आज मोरङमा २२ जना, सुनसरीमा ३ जना र झापामा १ जनामा संक्रमण...

२० जना विद्यार्थीलाई सुमनदेवी गोयल छात्रवृत्ती प्रदान

विराटनगर । विराटनगर – ७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा अध्ययरत २० जना जेहन्दार छात्रछात्रालाई छात्रवृत्ती प्रदान गरिएको छ ।स्वर्गीय श्रीमती सुमनदेवी गोयलको नाममा स्थापना भएको १४ लाखको छात्रवृत्ति कोषबाट बिहीबार स्कुल परिसरमा एक कार्यक्रमको बीच...

ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा कार्यालय विराटनगरमा

विराटनगर । ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा कार्यालय विराटनगरमा संचालनमा आएको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी उक्त ब्रिज इन्टरनेशनल कन्सलटेन्सी खुलेको हो । ब्रिज इन्टरनेशनलको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ ईकानका अध्यक्ष शेषराज...

कोरोनाबाट ७ महिलासहित ११ को मृत्यु

काठमाडौं ३ असोज-पछिल्लो २४ घण्टाको अवधिमा ११ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा ७ महिला र ४ पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट...

ओली र मोदीबीच टेलिफोन सम्वाद

काठमाडौं, ३१ साउन-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार दिउँसो फोनवार्ता भएको छ । ७४औं स्वतन्त्रता दिवसको अवसरमा २ देशका प्रधानमन्त्रीबीच टेलिफोन सम्वाद भएको हो । परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर फोनवार्ताका क्रममा...

एईईमा ४ जीपए ल्याउने शिरीन भट्टराईलाई बुढानीलकण्ठ स्कुलको सम्मान

विराटनगर । एसईईको परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थी शिरीन भट्टराईलाई विराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. ले सम्मान गरेको छ । स्कुल परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । एसईईको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्