विराटनगर । ‘विराट–बर्जु हाफ म्याराथन’ प्रतियोगितामा नेपाली सेनाका नरेन्द्र सिंह रावल प्रथम बनेका छन् । म्याराथन धावक सिंहले निर्धारित मोरङ विराटनगरको विराट राजाको दरबारस्थल भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पार गर्दैं प्रथम बनेका हुन् ।
उक्त म्याराथनको दोस्रो स्थान पनि नेपाली सेनाका सुशील कुमार शाही भए । उनले १ घण्टा १८ मिनेटमा २३ किलोमिटर दूरी पार गरेका थिए भने तेस्रो स्थानमा भने वैतडीका म्याराथन धावक मोहनदेव जोशी बने । उनले उक्त दूरी १ घण्टा १८ मिनेट ३३ सेकेण्डमा पुरा गरेका थिए । यस्तै चौथोमा नेपाली सेनाका होमलाल श्रेष्ठले १ घण्टा १९ मिनेट ३९ सेकेण्डमा, पाँचौं स्थानमा नेपाली सेनाकै श्रीकाश राईले १ घण्टा १९ मिनेट ५१ सेकेण्डमा र छैटौं स्थानमा सशस्त्र प्रहरीका किरणसिंह बोगटीले १ घण्टा २० मिनेट ५ सेकेण्डमा पुरा गरे । प्रतियोगितामा पुरुषतर्फ प्रथम रावलले १ लाख रुपैयाँ, द्वितीय हुने शाहीले ७५ हजार रुपैयाँ, र तृतीय हुने जोशीले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । चौथो, पाँचौं र छैटौं हुनेले सान्त्वना स्वरुप जनही १५ हजार रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेका छन् । पुरुष तर्फको यो प्रतियोगितामा १०१ जनाले प्रतिस्पर्धा गरेका थिए ।
महिलातर्फ नेपाल प्रहरीकी रेखा विष्ट प्रथम यसैबीच महिलातर्फको ५ किलोमिटर म्याराथनमा नेपाल प्रहरीकी रेखा विष्ट प्रथम भएकी छिन् । उनले १९ मिनेट ४ सेकेण्डमा निर्धारित दूरी पार गरिन् । दोस्रो स्थानमा सशस्त्र प्रहरीकीे सिमा थारु चौधरी भइएन् । उनले उक्त दूरी पार गर्न १९ मिनेट ११ सेकेण्ड लगाइन् । यस्तै नेपाल प्रहरीकी तिर्सना कुमालले सोही दूरी १९ मिनेट ३५ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हासिल गरिन् भने २० मिनेट १६ सेकेण्डमा उक्त दूरी पार गर्दै विराटनगरकी अंशु मण्डलले चौथो स्थान प्राप्त गरिन् । प्रतियोगिताकी प्रथम खेलाडी रेखा विष्टले २५ हजार, द्वितीय हुने चौधरीले २० हजार र तृतीय कुमालले १५ हजार रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेकी छिन् । कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजना गरेको प्रतियोगितामा २९ जना महिला सहभागी थिए । उक्त म्याराथनको कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले आज बिहान उद्घाटन गरेका थिए । खेलकुद पर्यटनको माध्यमबाट कोशी प्रदेशको राजधानी वरपरका दुई ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको हो । मन्त्रालयले ‘खेदकुद पर्यटन प्रवद्र्धन, विराट–बर्जु हाफ म्याराथन’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरेको हो । ऐतिहासिक विराट राजाको दरबार क्षेत्रलाई हिन्दू धर्मालम्बीहरुको महत्वपूर्ण गन्तव्यस्थलको रुपमा विकास गर्न सकिने र त्यसबाट विशेष गरी भारतीय पर्यटकहरुलाई आकर्षित गरी नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ । बिहान विराटनगर १८ स्थित भेडियारीस्थित विराट राजाको दरबार क्षेत्रबाट सुरु भएको म्याराथन बर्जुमा पुगेर समापन भएको हो ।
नेपाल आयाल निगमले आगामी १६ दिनलाई पेट्रोलको मूल्य यथावत राख्ने निर्णय लिएको छ । पेट्रोलियम पदार्थमा एकाधिकार कायम गरेको निगमले भारतीय आयल कर्पोरेसनबाट किन्ने पेट्रोलमा फेरि मूल्य घटाइए पनि उपभोक्ताको मूल्य भने नघटाउने निर्णय लिएको...
काठमाडौं, फागुन १५–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भनेको गडगडाहट तरिकाले बग्ने खोलाजस्तो हुनुपर्ने बताएका छन् । बिहीबार राजधानीमा नेकपाको बागमती प्रदेशका नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले भने, ‘कम्युनिस्ट...
विराटनगर । चार दशकभन्दा लामो समयदेखि भाषा साहित्यको क्षेत्रमा सक्रिय विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई नगदसहित सम्मान गरेको छ । बुधबार विराटनगरमा आयोजित कार्र्यक्रममा ‘प्रतिभा पुरस्कार’ अग्रज साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतम,...
काठमाडौं, २७ पुस-देशभर पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३०९ जनाको पीसीआर परीक्षण गर्दा १९२ महिला र २६९ पुरुषमा कोरोना पुष्टि भएको...
विराटनगर । मोरङ–सुनसरी औधोगिक क्षेत्रका पाँचवटा स्थानीय तहले माघ १९ देखि विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्स्पो–२०७९ को उत्साहजनक प्रवद्र्धक गरेका छन् । विराटनगर महानगरपालिकासहित औधोगिक करिडोरभित्रका बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, रंगेली नगरपालिका र सुनसरीको...
विराटनगर, ३१ भदौ । कार दुर्घटनामा परेर मोरङको बेलबारी घर भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका–१ घर भएकी ३० वर्षीय चन्द्रकला राई रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता...
विराटनगर । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आइ. टि. एफ. तेक्वाण्डो विभाग गठन भएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी विभाग गठन गरेको हो । आइटिएफ तेक्वाण्डो विभागको प्रमुखमा अन्जना शिवाकोटी, उपप्रमुखमा चुतरलाल चौधरी...
जनकपुरधाम, ७ जेठ-नवलपरासी (पश्चिम सुस्ता पश्चिम) जिल्लामा उत्पादित केराले बजार नपाएपछि किसान चिन्तित भएका छन् । बन्दाबन्दीका कारण काठमाडौं पोखरा र पहाडी क्षेत्रलगायत ठूलाठूला बजारसम्म वजारीकरणका लागि केरा पुर्याउन निकै समस्या भएको छ। नवलपरासी (बर्दघाट–सुस्ता...