विराटनगर । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थीत र मर्यादित बनाउन सरोकारवालहरुले जोड दिएका छन् । मानव अधिकारका लागि पिपुल फोरमले विराटनगरमा शनिबार आयोजना गरेको वैदेशिक रोजगारका समसामयिक नीति तथा निर्देशिकाहरुबारे सरोकारवाहरुबीच अन्तरक्रिया कार्यक्रममा सरोकारवाहरुले यस्तो बताएका हुन् ।
उनीहरुले देशमा पर्याप्त रोजगारीको अवसर नभएको अवस्थामा वर्षेनी लाखौं युवाहरू विदेशिन बाध्य भएकाले वैदेशिक रोजगरीमा जानेहरुको लागि रोजगार सुरक्षित, व्यवस्थित र मर्यादित बनाएर अगाडी लैजानुपर्नेमा जोड दिए । नेपालीहरूका लागि वैदशिक रोजगारको यात्रा रहर भन्दापनि बाध्यता बन्दै गएको प्रति उनीहरुले चिन्ता व्यक्त गरे । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार जम्मा २१ लाख ९० हजार ५९२ व्यक्तिहरू विदेशमा बसोवास गरिरहेका देखिन्छन् । जसमध्य १७ लाख ९९ हजार ६७५ पुरुष र ३ लाख ९० हजार ९१७ महिला रहेका छन् ।
आ.व. २०५०÷५१ देखि अ.व २०७८÷७९ सम्ममा कूल ७५ लाख नेपालीले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क रहेको छ । जसमध्य २०७८÷७९ मा मात्र ६ लाख ३० हजार ९० व्यक्तिहरूले श्रम स्वीकृति लिएका थिए । विदेशमा रहेका नेपालीहरूले पठाएको विप्रेषणले नेपालको कुल गार्हस्थ उत्पादनमा २०.८ प्रतिशत योगदान पुरÞ्याएको छ । विप्रेषणले आप्रवासी श्रमिक र तिनको परिवारको शिक्षा, स्वास्थ्य, आर्थिक तथा सामाजिक विकासका साथै राष्ट्रको अर्थतन्त्रमा समेत ठूलो योगदान पुगेको पिपुल फोरमका संस्थापक अध्यक्ष अधिवक्ता सोम लुईटेलले बताए ।
नेपालको संविधानले सम्पूर्ण नागरिकहरूको हक अधिकारको संरक्षण गरेको अवस्थामा वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको जीवन रक्षा र अधिकारको सुनिश्चितता गर्नु सरकारको प्रमुख दायित्व भएको उनले सुनाए । आप्रवासी कामदार र तिनका परिवारको हकहित संरक्षण र अधिकार रक्षाको निमित्त सरकारबाट पहल हुनुपर्नेमा उनले जोड दिए । वैदेशिक रोजगार ऐन, २०६४ लागू भएपश्चात यसको संशोधन गर्नको निमित्त थुप्रै पहलहरू भएपनि मुख्य प्रावधानहरूमा भने अझ सम्म संशोधन भएको अवस्था नभएको उनले बताए । ‘यस ऐनमा विदेशमा रहेका नेपाली श्रमिकहरू र विदेश जान चाहने श्रमिकहरूलाई क्रमशः विदेश र स्वदेशमा आई पर्न सक्ने विभिन्न प्रकारका समस्या÷विषयहरू सम्बन्धी उचित सम्बोधन भएको पाइँदैन,’ उनले भने, ‘ हाल सरकारले वैदेशिक रोजगारी सम्बन्धी केही सेवाहरू विकेन्द्रिकृत गरेतापनि धेरै जसो महत्वपूर्ण कार्यको लागि पीडितहरू अझैपनि काठमाडौं नै धाएर समय खर्च गर्नुपर्ने बाध्यता कायम नै रहेको छ । यसका साथै, गन्तव्य मुलुकहरूमा, मैत्री संयन्त्र र कुटनीतिक नियोगमा पर्याप्त र दक्ष जनशक्तिको अभावका कारण गन्तव्य मुलुकमा आइपर्ने समस्याहरूको प्रभावकारी सम्बोधन र उचित समाधान हुन पाइँदैन ।’ कार्यक्रममा इन्सेक कोशी प्रदेशका प्रमुख सोमराज थापा, जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन कुमार दाहाल, मानव अधिकार संजालका अध्यक्ष डिक प्रसाद घिमिरेलगायतले बोलेका थिए ।
विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छली गरेको १२ लाख बढीको सामान प्रहरीले बरामद गरेको छ ।विराटनगर महानगरपालिका –१६ बिराटनगर जुट मिल छेउमा अवैध रूपमा भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा...
पोखरा, ६ जेठ-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित ६ जना मन्त्रीको कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि ‘स्वाब’ नमुना संकलन गरिएको छ । प्रदेश सरकारले आह्वान गरेको संसद अधिवेशनको पूर्वसध्यामा मुख्यमन्त्री, मन्त्री, सचिव र कर्मचारीलगायतको कोरोना परीक्षणका...
झापा, जेठ ५-झापाको गौरादह-४ स्थितमा गाईको बाछाे काटेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह-४ का २८ वर्षीय रमेश दर्जी, ५० वर्षीय रमेश सतार र सोही स्थानका ६० वर्षीय मद्रासी सतार रहेका छन् ।...
बेइजिङ, ७ कात्तिक-जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ । जसअनुसार- देश सङ्क्रमितको सङ्ख्या विश्व २४३,४३६,१४२ अमेरिका ४५,४२७,५३९ भारत ३४,१७५,४६८ ब्राजिल २१,७२३,५५९ बेलायत ८,७७५,८८९ रूस ८,११२,९९९...
विराटनगर, ७ साउन–प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरंग र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका...
विराटनगर, २३ जेठ । प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाईने भएको हो । ६० देखि ६४ वर्ष उमेर समूहका...
काठमाडौं, जेठ २६ । नेपाली रुपैयाँ कमजोर अवस्थामा पुगेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री...
विराटनगर, वैशाख ३–प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि बुधबार तीन वटा गैरसरकारी संस्थाले ६ आईसीयु वेड हस्तान्तरण गरेका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलेलाई आईसीयु...