विराटनगर । मोरङको ग्रामथान गाँउपालीका २ झोराहाटमा रहेको रवि आधाभुत विद्यालयका विद्यार्थीलाई व्याग वितरण गरिएको छ । स्कुल परिसरमा बुधबार एक कार्यक्रमको आयोजना गरी दलित समुदायका विद्यार्थीहरुलाई व्याग वितरण गरिएको हो ।
अति विपन्न समुदायका विद्यार्थीहरुलाई स्कुलको किताबकपि बोक्न समेत समस्या भईरहेको बेला ग्रामथान गाँउपालीकाले ३ सय थान झोला विद्यार्थीहरुलाई वितरण गरेको थियो । विद्यार्थीहरुलाई गाँउपालीका उपाध्यक्ष गुनावती धामी, गाँउपालीका समाजिक संयोजक सुरेशकुमार माझी, शिक्षा युवा खेलकुद शाखा प्रमुख भिम प्रसाद न्यौपाने , शिक्षा शाखा प्राविधिक सहायक सुर्यराज पुरी , वडा नम्बर २ का वडा अध्यक्ष यादव खतिवडा र स्कुल व्यावस्थापन समितिका अध्यक्ष तुलसी सरदार लगायतले विद्यार्थीहरुलाई व्याग वितरण गरेका थिए । रवि आधारभुत विद्यालयमा अधिकास दलित समुदायका विद्यार्थीहरु अध्ययनरत छन् । स्कुलमा आउन चाहने तर आर्थिक अवस्था कमजोर भई व्याग किन्न नसकिरहेका विद्यार्थीले व्याग पाएसँगै विद्यार्थीहरु हर्षित देखिन्थे ।
स्कुलमा अधिकाश दलित सुुमदायका अति विपन्न परिवारका छोराछोरीहरु अध्ययनरत छन् । गाँउपालीकाले विद्यार्थीहरुलाई व्याग वितरण गरेकाले विद्यार्थीहरुमा पढाईमा जोसजागर सँगै हौसला बढ्ने विद्यालयका प्रध्यानध्यापक जितेन्द्र सरदारले बताए । गाँउपालीकाले स्कुललमा अध्ययनरत ३ सय जना विद्यार्थीहरुलाई व्याग वितरण गरेको उनले बताए । कक्षा नर्सरीदेखी कक्षा ८ सम्म पढाई हुदै आएको विद्यालयमा ४ सय १८ जना दलित समुदायका विद्यार्थीहरु अध्ययनरत छन् । यो विद्यालय मोरङको नमूना विद्यालयको रुपमा परिचत रहेको छ । नमूना विद्यालयको रुपमा कोशी प्रदेशले यसअघि पुरस्कृत पनि गरिसकेको छ ।
विराटनगर । तथ्यांकमा आधारित विकासले मात्रै विराटनगरको समग्र विकास हुने सम्बन्धित क्षेत्रका विज्ञहरूले बताएका छन् । तथ्यांकमा आधारित विकासका लागि विषयविज्ञले तयार पारेको प्रतिवेदन प्रस्तुतीकरणमा विकासविज्ञ डा. सुमनलाल कर्णले तथ्यांकसहित प्रविधिसँग जोडेर विकास गरे लागत...
जनकपुर, जेठ ५-कोरोनाको संकटबाट गुज्रिरहेको प्रदेश २ का जनतालाई मुख्यन्त्री लालबाबु राउतले आइतबार सम्बोधन गरेका छन् । कोरोना महामारीकाबीच १ सातादेखि जनता समाजवादी पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त रहेका मुख्यमन्त्री राउतले काठमाडौंबाट प्रदेश फर्किएलगत्तै आइतबार प्रदेशवासीलाई...
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका छन् । आइतबार बिहान प्रचण्ड र नेपालले सभामुख सापकोटासँग भेट गरेका हुन् । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले अध्यक्षद्वयले...
विराटनगर,२५ साउन । भारतीय अटो कम्पनी महेन्द्राद्वारा उत्पादित विद्युतीय थ्री ह्विलर ‘ट्रियो अटो’को आजदेखि रोयल अटो विराटनगरले यहाँ बिक्री वितरण शुभारम्भ गरेकोे छ। उक्त अटोले तीन घण्टा ३० सेकेण्डमा फुल चार्ज हुने व्याट्रीवाट प्रतिकिलोमिटर ९६...
कोभिड- १९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका १ लाख १७ हजार ५९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन् । सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन खोप लगाउँदै आएको छ । जिल्ला...
विराटनगर । दोस्रो विराटनगर महानगर स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि विराटनगर–१० ले जितेको छ ।कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको सहयोगमा विराटनगर आईटीएफ तेक्वान्दो एकेडेमीले आयोजना सम्पन्न भएको प्रतियोगितामा विराटनगर १० ले ११ स्वर्ण, ८ रजत...
विराटनगर । विराटनगरको हस्पिटल चौकमा रहेको गोल्डेन अस्पतालमा विरामीको लागि भरपर्दो गन्तव्य बनेको छ । अत्याधुनिक उपकरण र चर्चित चिकित्सकसहितको टिमको कारण गोल्डेनमा गुणस्तरीय उपचार सेवा हुने गरेको हो । २०६७ साल फागुन ११ गते...
विराटनगर । ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा कार्यालय विराटनगरमा संचालनमा आएको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी उक्त ब्रिज इन्टरनेशनल कन्सलटेन्सी खुलेको हो । ब्रिज इन्टरनेशनलको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ ईकानका अध्यक्ष शेषराज...