सुदुरपश्चिमको पहिलो जित, दिल्लीको लगातार तेस्रो हार
शनिबार, ०२ बैशाख, २०८०,
न्यूज विराट
विराटनगर । सुदुरपश्चिमको एनबी ग्रुप धनगढीले प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । दिल्ली युनाईटेडमाथि सुदरपश्चिमले तीन रनको रोमान्चक जित हात पारेको हो ।
लगातार तीन खेलमा सुदुरपश्चिमले पहिलो जित दर्ता गराउँदै समूह ‘ख’ मा तेस्रो भयो भने पाहुना टोली दिल्लीले लगातार तीन पटक पराजित हुँदै घर फर्किन बाध्य भयो ।
शनिबार विराटनगर जुट मिलको खेल मैदानमा भएको पहिलो खेलमा सुदुरपश्चिमले दिएको १९५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १९२ रन बनाउन सक्यो । दिल्ली छिनो मतअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरयो ।
दिल्लीका अलराउन्डर खेलाडी साकेट केडियाले क्रिजमा घातक बलिङ र बिस्फोट ब्याटिङ गरेतापनि जित टिमको पक्षमा पार्न असफल भए । उनले ३१ बलमा ७ छक्का र ४ चौका हिकाउँदै ६१ रनको अर्धशतकीय ईङनिङ खेले । मनिष कुमारले २६ बलमा २ छक्का र ६ चौका प्रहार गर्दै अविजित ४४ रनको योगदान गरे । मोहितले १५ बलमा २० रन पारी खेल्दा अरिन्द्रले ५ बलमा १६ रनको योगदान गर्दा दिल्लीका अरु ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
बलिङमा सुदुरपश्चिमका दिपक बोहराले चार ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । कैलाशले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए भने विशाल चौधरी, नरेन साउद र जोगेन्द्र बोहराले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाई १९४ रनको विशाल योगफल खडा गरेको थियो । गजेन्द्र बोहराले २६ बलमा ३ छक्का र ६ चौका हिर्काउँदै ५० रनको अर्धशतकीय ईङनीङ खेले । अलराउन्डर खेलाडी दिपक बोहराले १३ बलमा ३२ रन जोडे । उनले २ छकका र ४ चौका हिर्काए । दिपक बोहरा ‘बी’ ले ११ बलमा ३ छक्का हिर्काउँदै २३ रन पारी खेल्दा उत्तम थापा मगरले १८ बलमा २७ रनको योगदान दिए । हरेनले १२ बलमा अविजित २३ रन पारी खेल्दा नरेशले १७ रन बनाए ।
दिल्लीका अलराउन्डर खेलाडी सकेट केडियाले घातक बलिङ गर्दै ४ ओभरमा ३० रन खर्चेर पाँच विकेट लिन सफल भए । अलराउन्डर खेलाडी केडिया खेलको म्यान अफ द म्याच पनि घोषित भए । उनले ५ विकेट र ३१ बलमा ६१ रनको योगदान गरेका थिए । यस्तै मोहितले २ विकेट, अंकित गोस्वामी र भुर्माले समान १–१ विकेट लिए ।
अहिले विराटनगर जुटमिलको खेल मैदानमा विभागीय टिम नेपाल पुलिस र घरेलु टिम एनबीएसस क्रिकेट क्लबबीच खेल भइरहेको छ । आज जित्ने टिम फाइनलमा पुग्नेछ । भोली हुने फाइनलमा यसअघि समूह ‘क’ बाट बिजेता भएको नेपाल आर्मी र आज जित्ने टिमसँग उपाधिको लागि भिड्नेछ ।
काठमाडौं, १ जेठ-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरस परीक्षण गर्न जानेको संख्या झनै बढेको छ । लकडाउन खुकुलो र लुकिछिपी बाहिर जिल्लाबाट काठमाडौं आएपछि परीक्षण गर्नेको संख्या बढेको हो । बुधबार ५...
सुर्खेत, १८ वैशाख-कालिकोट पचालझरना गाउँपालिका –१ का वडा अध्यक्ष रत्नलाल न्यौपानेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । बुधबार दिउँसो स्थानीयको कुटपिटबाट गम्भीर घाइते भएका वडा अध्यक्ष न्यौपानेको कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि बिहीबार...
एजेन्सी, १८ असोज । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । आज बिहान उत्तरप्रदेशस्थित सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उत्तर प्रदेशको लखिमपुर खिरीमा जारी किसानहरूको...
एजेन्सी, २० कात्तिक-अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । हालसम्मको मतपरिणामअनुसार डेमोक्र्याट पार्टीका उम्मेदवार जो बाइडेनले महत्वपूर्ण अग्रता कायम गरेका छन् । उनले पूर्व राष्ट्रपति बाराक ओबामालाई समेत उछिनेर...
विराटनगर । नेपाल विद्युतिय व्यवसायी महासंघका महासचिब गोपाल अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । महासंघको शनिबार काठमाडौंमा सम्पन्न १३औं साधारण सभा तथा ५औं अधिवेशनबाट अग्रवाल सर्वसम्मत रुपमा महासचिवमा निर्वाचित भएका हुन् ।अग्रवाल विराटनगरका यूवा व्यवसायी...
विराटनगर, बैशाख २१-मोरङको लेटाङमा बजार अनुगमन गरिएको छ । घरेलु कार्यालय विराटनगरको संयोजकत्वमा वाणिज्य कार्यालय, औषधि व्यवस्था कार्यालय, लेटाङ नगरपालिका लगायतको टोलीले बजार अनुगमन गरेको हो । मोरङका विभिन्न ठाउँमा बजार अनुगमनलाई निरन्तरता दिएको घरेलु...
विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी चैत २३ गतेदेखि ३० गतेसम्म विराटनगर जुट मिल खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको हो ।क्रिकेट खेलको विकास र...
काठमाडौं, ३ जेठ-महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले कुनै पनि अस्पतालकर्मी कोभिड–१९ बाट सङ्क्रमित नभएको जनाएको छ । शिक्षण अस्पतालमा कार्यरत कर्मचारीमा कोभिड–१९ देखिएको भन्ने खबरको खण्डन गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले हालसम्म कोही...