विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा एनबीएससी क्रिकेट क्लब विराटनगर फाइनलमा पुगेको छ । वाइआरसीसी विराटनगरलाई ६३ रनले निराश बनाउँदै एनबीएससी उपाधि नजिक पुगेको हो ।
वाइआरसीसीले उपाधिको लागि बिहीबार अन्तिम सेमिफाइनल खेल घरेलु टिम मिल्स क्रिकेट क्लब र एनसीसी नरपथगन्ज बिहारबिचको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
विराटनगर जुट मिलको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एनबीएससीले दिएको १९८ रनको लक्ष्य पछ्याएको वाइआरसिसीले १८.३ बलमा १० विकेट गुमाइ १३५ रनमा सिमित भयो । जसमा वाइआरसिसीका श्रवण यादव र दिलिप नाथले समान २४–२४ रन बनाए । हेमन्त धामीले १६ रनको योगदान दिए ।
बलिङमा एनबीएससीका विधान गोस्वामीले सर्वाधिक ४ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । प्रशान्त कुमारले २ विकेट र रन्जित कुमारले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको एनबीएससीले निर्धातिर २० ओभरमा ७ विकेट गुमाइ १९७ रनको बनाएका थिए । एनबीएससीका कुमार रनिसले ३५ रन, रंजित कुमारले ३४ रन बनाए । युसुप नधिमले ३० रनको योगदान दिए । बलिङमा वाइआरसीसीका श्रवण यादव, रिहान खान र हेमन्त धामीले समान २–२ विकेट लिए ।
घरेलु टिम मिल्स सेमिफाइनलमा सोही दिन भएको अन्तिम क्वाटरफाइनल खेलमा घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगर विजयी भएको छ । ओसिस क्रिकेट क्लब काठमाण्डौलाई ४३ रनले निराश बनाउँदै घरेलु टिम मिल्स क्रिकेट क्लब विजयी भइ सेमिफाइनलमा पुगेको हो ।
विराटनगरले दिएको २४२ रनको विशाल लक्ष्य पछ्याएको काठमाण्डौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १५८ रनमा समित भयो । जसमा ओसिसका सुमित श्रेष्ठले ४७ बलमा ९४ रनको अर्धशतकीय इनिङ खेल्दै अविजित रहे । सुजन थपलियाले २३ रन, सम्राट भुसालले २२ रनको योगदान दिए । मिल्स क्रिकेट क्लबका पवन सरापले २ विकेट, सुमित महर्जनले २ विकेट, रुपेश सिंहले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकटे गुमाइउँदै २४१ रन बनाएको थियो । मिल्सका सुमित महर्जनले ३० बलमा ७० रनको अर्धशतकीय ईनिङ खेल । उनको ब्याटबाट ६ वटा छक्का र ७ वटा चौका प्रहार गरेका थिए । पवन सरापले २५ बलमा ५० रनको योगदान दिए । अरुण एरीले ३७ रन बनाउँदै अविजित रहे ।
ओसिसका सुमित श्रेष्ठले ३ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए । दिपक चन्द, सहप आलमले समान २/ २ विकेट लिए ।
विराटनगर । विराटनगर महानगरपालिकाले नालाबाट लेदो निकालेर सडकमा राखेको फोहर एक हप्ता बितिसक्दा पनि अझै उठाएको छैन । विराटनगर – ९ भानुटोलको भित्री सडकको नालाबाट निकालिएको लेदोसहितको फोहोर व्यवस्थापनमा महानगरले ध्यान नदिँदा सडक दुर्गन्धित बनेको...
विराटनगर । मोरङमा जंगली हात्तीको आक्रमणबाट आइतबार साँझ दुईजना घाइते भएका छन् । हात्तीले आक्रमण गर्दा सुन्दरहरैँचा नगरपालिका–६ का ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार...
विराटनगर । कोशी प्रदेशका माओवादीका दुई जना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाइ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् । मंगलर माओवादीको...
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइएको छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका अवसरमा रामचन्द्रका मन्दिरहरूमा...
काठमाडौं, २९ साउन-प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटार पुगेका छन् । दुई अध्यक्षबीच लामो समयको संवादहीनता अन्त्य गर्दै बालुवाटारमा भेट भएको...
काठमाडौं, २० जेठ । शेयर बजर परिसूचक नेप्सेमा साताको अन्तिम दिन बिहीबार पनि हरियाली छाएको छ । जसले गर्दा लगानीकर्ता थप उत्साहित बनेका छन् । बिहीबार नेप्से सूचक २९ दशमलव ५५ अंकले बढेर २८५६ दशमलव...
विराटनगर, असार १४–मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा कटहरी–५ स्थित भौँडाहामा पनि वृक्षारोपण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कटहरी गाउँ कमिटीको आयोजनामा वडा नं. ५ भौँडाहा स्थित दलित सामुदायीक भवन परिसरमा बृक्षारोपण गरिएको...
नेपाली मूलधारका प्रकाशन गृह र स्याटेलाइट टेलिभिजनको छाता संगठन नेपाल मिडिया सोसाइटीले दैनिक पत्रिकाको छापा संस्करण तत्कालका लागि बन्द गर्न आह्वान गरेको छ । विश्वाव्यापी रूपमा फैलिएको कोविड–१९ को प्रकोप नेपालमा पनि बढ्न थालेपछि सोसाइटीले यस्तो आह्वान...