कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया, ७ वर्षीय बालकको मतिष्कमा गाडिएको हड्डी निकाल्न सफल

 न्यूज विराट
कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर शल्यक्रिया, ७ वर्षीय बालकको मतिष्कमा गाडिएको हड्डी निकाल्न सफल

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा पहिलो पटक टाउको खोलेर मतिष्कभित्र गाढिएको हड्डी शल्यक्रिया गरी निकाल्न सफल भएको छ ।

मोरङको जहदा गाउँपालिका – २ नयाँटोलका ७ वर्षीय बलवीर राजभारको टाउकोभित्र मतिष्कमा गाढिएको हड्डी शल्यक्रिया गरी निकाल्न कोशी अपताल सफल भएको हो ।

अस्पतालका न्यूरो सर्जन डा. चन्द्र प्रकाश यादवको नेतृत्वको चिकित्कीय टिमले राजभारको मतिष्कमा दुई हप्तादेखि गाढिएको हड्टी ढेड घण्टा शल्यक्रिया गरी निकाल्न सफल भएको अस्पतालले जनाएको छ ।

राजभार खेल्ने क्रममा दुई हप्ता अगाडी टाउकोमा बाँसको भाटाले लागेर गम्भिर चोट लागेको थियो । आर्थिक अवस्था नाजुक रहेको राजभार परिवारले उपचार गर्ने खर्च नभएपछि झण्डै एक हप्ता घरमै बलवीरलाई राखे । बलवीरको टाउको दुखेर असय पीडा हुन थालेपछि मात्रै ठुला बुवा उमेश राजभारले ५ चैतमा कोशी अस्पतालको ओपीडिमा लिएर आए । जव अस्पतालका न्यूरो सर्जन डा. चन्द्र यादवले राजभारको टाउमा लागेको चोट हेरे उनी चकित भए । चोट लागेको एक हप्तापछि अस्पताल लिएर आएका थिए ।
जनमिस्त्री गरेर पाँच जनाको परिवार पाल्दै आएका दिनेशसँग छोराको उपचार गर्ने खर्च नभएको कारणले उपचार गर्न ढिलो आएको ठुला वुवा उमेशले चिकित्सकलाई बताए । त्यसपछि अस्पताल प्रशासनले निःशुल्क शल्यक्रिया र उपचार गर्ने घोषणा गरिदिएको कोशी अस्पताल विकास समितिको सदस्य मुकेश बुढाथोकीले बताए । त्यसलगतै अस्पतालका न्यूरो सर्जन डा. यादवको नेतृत्वको टोलीले राजभरको ढेड घण्टा लगाएर सफल शल्यक्रिया गरेको छ । ‘बाँसले लागेर टाउको हड्डी फुटेर मतिष्क भित्र गाढिएको सिटी स्कायन गरेपछि थाहा भयो । त्यसपछि शल्यक्रिया गरेर गाढिएको हड्डी निकालेका छौं,’ डा. यादवले भने, ‘ अहिले ठिक ठाउँमा आएको छ । विरामीको अवस्था सुधार भइरहेको छ । ’
शल्यक्रिया गरिएको दशदिनपछि विरामी बलवीरलाई सोमबार डिस्चार्ज दिने तयारी गरिएको उनले बताए । ‘विरामीलाई अहिले खान, बस्न र हिडडुल गर्न सक्ने भएका छन् । शल्यक्रियापछि क्रमिक रुपमा सुधार आएपछि डिस्चार्जको तयारी गरिएको हो,’ डा. यादवले भने । बालककोे उपचार गरिरहेका चिकित्सक यादवका अनुसार अहिले स्वास्थ्य अवस्था खतरामुक्त रहेकोले डिस्चार्जको तयारी गरिएको हो ।


यस्तो विरामीको उपचार जतिसक्दो चाँडै नगरे छारेपन आउने सक्ने सम्भावना बढी हुने उनले बताए । ‘रगत जम्न सक्ने हुन्छ । भोलीको दिनमा बच्चाको एक साइट खुट्टहरू कमजोर हुनसक्छ । त्यसले गर्दा चाँडै शल्यक्रिया गरिनुपर्ने हुन्छ, र त्यो मतिष्कमा गाढिएको हड्डी निकाल्नुपर्ने हुन्छ,’ डा. यादवले भने ।

टाउँको खोलेर गरिएको यो शल्यक्रिया कोशी अस्पतालमा पहिलो भएको अस्पतालका निमिक्त प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट सह प्राडा रविन राज सिंहले बताए । ‘यसअघि अस्पतालमा टाउकोको सिस्टहरू निकाल्ने गरिएको थियो । अहिले टोउको खोलेर मतिष्कमा गाढिएको हड्डी निकाल्ने शल्यक्रिया यो कोशी अस्पतालमा पहिलो हो,’ उनले उनले भने, ‘अहिले सफल शल्यक्रिया पनि भएको छ ।’ काशीमा न्यूरो सर्जरीको सेवाहरु अहिले संचालनमा रहेको उनले बताए । आर्थिक रुपमा विपन्न परिवारले उपचार खर्च नभएको बताएपछि अस्पतालले शल्यक्रियादेखि उपचार खर्च पनि निःशुल्क गरेको उनले बताए ।

न्यूरो सर्जन डा. यादवले उपचार गरेपछि छोराको स्वाथ्य अवस्था ठिक भएपछि ठुला बुवा उमेश हर्षित मुद्रामा देखिएका छन् । ‘अहिले छोरा हास्न र बोल्न सक्ने भएको छ । १० दिनको उपचारपछि सोमबार डिस्चार्ज हुने भएको छ,’ उनले भने, ‘छोरालाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिन । उपचारमा सहयोग पु¥याउने प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो बाबुलाई बचाउनुभयो । बाँच्दैनन जस्तो लागेको थियो । छोराले नयाँ जीवन पाएका छन् ।’ राजभर परिवार चिकित्सकहरुको टिमलाई नयाँ जीवन दिएकोमा अनुग्रहित थिए ।


अस्पताल विकास समिति सदस्य बुढाथोकीले कोशी अस्पतालको सेवा सुधारमा लागी परेको बताए । ‘अहिले न्युरो सर्जरी सेवा सुरु भएको छ,’ उनले भने, ‘केही दिनमा एनआइसियू सेवा पनि सुचारु हुनेछ ।’ पुरानो आइसियुमा एनआइसियू सेवा सुरु गर्ने तयारी गरिएको उनले बताए ।

सम्बन्धित समाचार

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

विराटनगर । नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बन्न ६० जना सांसदले समर्थन गरेका छन् । नेकपा एमालेसहित चार दलका ६० जना सांसदले समर्थन गरेका हुन् । सत्ता गठबन्धनका सांसदहरु...

जनता कर्फ्यूका कारण नेपाल-भारतबीच आयात–निर्यात ठप्प

विराटनगर, ९ चैत-भारतमा आइतबार जनता कर्फ्यू लगाइएका कारण जोगबनी नाका ठप्प बनेको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि भन्दै भारतमा आइतबार कर्फ्यू लगाइएपछि जोगबनी नाका भएर हुने आयात–निर्यात...

पर्यावरणको असन्तुलनले मानव स्वास्थ्यमा असरः मन्त्री मगर

विराटनगर, २८ असार । प्रदेश नं १ का कृषि मन्त्री झलकबहादुर मगरले पर्यावरण असन्तुलनले मानव स्वास्थ्यमा धेरै असर परिरहेको बताउनुभएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयद्वारा आज यहाँ आयोजित एक स्वास्थ्य रणनीति कार्यान्वयनका लागि...

सोमबार १५.६९ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

काठमाडौं, २४ माघ । साताको पहिलो कारोबारको दिन आइतबार ४० अंकभन्दा बढीले घटेको नेप्से परिसूचक सोमबार १५.६९ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २८५१.८६ विन्दुमा पुगेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ३.०५ अंकले बढेर ५३५.३२...

प्रभावशाली नेतालाई निष्कासन गरेपछि कांग्रेसमा असन्तुष्टि

काठमाडौं, १२ साउन-नेपाली कांग्रेसले पार्टीको विधान र अनुशासनविपरीत कार्य गरेको आरोपमा प्रभावशाली नेताहरूलाई नै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि व्यापक असन्तुष्टि प्रकट भएको छ । कांग्रेस अनुशासन समितिले गत स्थानीय, प्रदेश र संघीय संसदको...

घरैमा थन्किए ओलाङ्चुङ्गोलाको गलैँचा

ताप्लेजुङ, १ कात्तिक-कोरोना सङ्क्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका छन् । चीनमा सङ्क्रमण फैलिएदेखि नै ओलाङ्चुङगोलास्थित टिपताला नाका बन्द भई निर्यात हुन नसक्दा यहाँका बासिन्दाले बुनेका...

आज दिउँसो प्रदेश १ सांसदको सपथ, पाँच सांसदको सपथ मातृभाषामा

विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदले आज सोमबार शपथ लिँदै छन्, जहाँ अधिकांशले राष्ट्रिय कामकाजको भाषा नेपालीमा शपथ लिँदा पाँच जनाले भने मातृभाषा रोजेका छन् ।ज्येष्ठ सदस्य गयानन्द मण्डलले दिउँसो १ बजे प्रदेशसभामा...

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज विमानस्थलबाट पक्राउ

एजेन्सी, २० मंसिर । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ’लुक आउट नोटिस’ जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट पक्राउ परेकी थिइन्। प्रहरीका अनुसार उनी विदेश जाँदै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्