बुद्धोदय र सरल साकोसद्धारा निःशुल्क आँखा तथा कान जाँच शिविर, पाँच सय जनाको जाँच
शनिबार, १८ चैत, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगर ३ बुद्धोदय साकोसमा निःशुल्क आँखा तथा कान जाँच शिविर आयोजना गरिएको छ । बुद्धोदय साकोस र सरल साकोसको संयुक्त आयोजनामा ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर शनिबार निःशुल्क आँखा तथा कान जाँच शिविर आयोजना गरिएको हो । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शविरमा ५ सय जनाले स्वास्थ्य जाँच गरेको बुद्धोदय बचत तथा सहकारी संस्था लिको लेखा संयोजक अभिनास कुमार निधीले जानकारी दिए । आँखा परीक्षण गरिएको मध्ये ७३ जनामा मोतिया बिन्दु भेटियोको छ । उनीहरुको विराटनगर आँखा अस्पतालले निःशुल्य शल्यक्रिया गरिनेछ । डा. मनिष खवासहित आठ जनाको स्वास्थ्यकर्मीहरुको टोली रहेको थियो ।
विराटनगर, माघ २७–प्रदेश १ को प्रदेशसभा बैठक आज पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदले बैठक सुरु भएलगत्तै उठेर विरोध गरेपछि प्रदेशसभाको आजको बैठक स्थगित भएको हो । प्रदेशसभाको बैठक सुरु भएलगत्तै...
काठमाडाैं, १९ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख...
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आन्दोलनरत संयुक्त संघर्ष समितिले आफ्ना माग पूरा गर्न सातदिने अल्टिमेटम दिएको छ । संयुक्त संघर्ष समितिले २३ असारभित्र आफ्ना माग पूरा गर्न अल्टिमेटम दिएको हो । संघर्ष...
४० दिनपछि संवैधानिक इजलासमा सरकारी पक्षका अधिवक्ताले बहस गर्ने पालो आएको छ । सरकारी पक्षले यसअघि २९ पुस र २ माघमा बहसको पालो पाएका थिए । त्यो बहस पनि ‘प्रतिनिधिसभा विघटन संवैधानिक हो कि होइन’...
विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत शुक्रबार भएको बास्केटबलमा विराटनगरको एभरेष्ट र बिकेभिएम स्कुल विजयी भइ सेमिफाइलनमा पुगेको छ ।विराटनगरको एभरेष्टका खेलमैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा एभरेष्टले सुन्दरहरैचना नगरपालिकामा रहेको ब्राइट फ्यिुचर...
काठमाडौं, २५ पुस-नेकपा उपाध्यक्ष वामदेव गौतमले ओली र प्रचण्ड-नेपाल समूहलाई समर्थन नगरी नेकपा एकता राष्ट्रिय अभियानको संयोजक भएको घोषणा गरेका छन् । शनिबार एक अपिल जारी गर्दै उनले दुबै समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी...
विराटनगर, २७ कात्तिक–मोरङको उर्लाबारी नगरपालिका–४ कि तारा गहतराजले पति र उनकी कान्छी श्रीमती विरुद्ध बहुविवाह मुद्धा दर्ता गराएकी छन् । पति दिवस गहतराजले कान्छी श्रीमती ल्याएको चाल पाएपछि आफुमाथि अन्याय भएको भन्दै जेठी श्रीमती ताराले...
एजेन्सी, १२ असार ।रूसमा शुक्रबार पनि २० हजार जनाभन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । रूसमा गएको २४ घन्टा यता २० हजार ३९३ जना नागरिक संक्रमणमा परेका यहाँका सञ्चारमाध्यमहरूलाई रूसका स्वास्थ्य क्षेत्रका...