मिल्स क्रिकेट प्रतियोगिता : मिल्स एकेडेमी र एमबीएससी क्रिकेट क्लब विजयी

 न्यूज विराट
मिल्स क्रिकेट प्रतियोगिता : मिल्स एकेडेमी र एमबीएससी क्रिकेट क्लब विजयी

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टोली मिल्स एकेडेमी क्लब रानी र एमबीएससी क्रिकेट क्लब विराटनगर क्वाटरफाइनलमा पुगेको छ ।

विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार भएको पहिलो खेलमा पाहुना टोली भारतको समसेर क्लब कानपुरलाई ५ विकेटले निरास बनाउँदै एमबीएससी क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको हो ।

पाहुना टोली कानपुरले दिएको ९८ रनको विजय लक्ष्य घरेलु टिम विराटनगरले १० ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । घरेलु टोलीका लागि विराटनगरका अनुभव श्रीवास्तवले २५ बनाए । विधान गोस्मीले २२ रन र विपिन श्रवणले १९ रनको योगदान दिए ।
कानपुरका निकासन कसेबले ३ विकेट, हिमान्सु पाठक र मन्दिप यादवले समान १ –१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको कानपुरले १७ ओभर ३ बलमा १० विकेट गुमाई ९७ रनमा अलआउट भयो । कानुपुरका हिमान्सु पाठकले ३३ रन, दिपम कुमारले ११ रन र मन्दिप यादवले १२ रन बनाए ।
विराटनगरका प्रशान्त कुमारले ३ विकेट लिए भने रन्जित कुमार र अनिमेषले समान २–२ विकेट लिए । म्यान अफ द म्याच विराटनगरका अनुभव श्रीवास्तव घोषित भए ।

सोही दिन भएको दोस्रो खेलमा कटहरी त्रिकेट क्लबलाई ५८ रनले स्तब्ध बनाउँदै मिल्स एकेडेमी विराटनगर क्वाटरफाइनलमा पुगेको छ । शनिबार दिउँसो वर्षा परेपछि दुवै टिमको सहमतिमा ५ ओभरमा खेल भएको थियो ।

टस जितेर ब्याटिङ रोजेको मिल्स एकेडेमीले ५ ओभरमा ४ विकेट गुमाइ १ सय रनको योगफल खडा गरेको थियो । मिल्सका अभिनन्दन कुमारले ३६ रन बनाए । मोहित चन्दनले १९ रनको योगदान दिए ।

कटहरीका अमलन यादवले ३ विकेट लिए । पंकज कुमारले १ विकेट लिए ।

१ सय १ रनको विजय लक्ष्य पछ्याएको कटहरीले ५ ओभरमा ५ विकेट गुमाइ ४३ रनमा सिमित भयो । कटहरीका सम्राट राईले २४ रन, पंकज कुमारले १६ रन बनाए ।
मिल्सका तानिस कुमारले २ विकटे र विकास लोनियाले १ विकेट लिए ।
म्यान अफ द म्याच मिल्सका अभिनन्द कुमार घोषित भए ।
आइतबारको पहिलो खेल होराइजन क्रिकेट क्लब र वाइआरसिस क्रिकेट क्लब विराटनगरबीच हुनेछ । सोही दिन हुने दोस्रो खेल मिल्स क्रिकेट एकेडेमी र एनबीएससी विराटनगर बिच हुनेछ ।

सम्बन्धित समाचार

युवा दिवसमा विराटनगरमा रक्तदान

विराटनगर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर विराटनगरमा आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा ५८ प्रिन्ट रगत संकलन भएको छ । विराट मेडिकल कलेजसँग सहकार्य गरी नेपाली युवा उद्यमी मञ्च विराटनगरले...

विराटनगरलाई स्थायी राजधानी बनाउन कसैसित सम्झौता हुँदैन : मेयर कोइराला

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरलाई स्थायी राजधानी बनाउन कसैसँग सम्झौता नहुने बताएका छन् । राष्ट्रिय समाचार समितिसँगकाे कुराकानीमा उनले राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि महानगरले सहयोग गर्न तयार रहेको स्पष्ट पारे । स्थायी...

प्रदेश १ मा २८ सय जना क्वारेन्टाईनमा

विराटनगर, चैत २५–प्रदेश १ मा वेड संख्यासंगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थप भएको छ । मंगलबार क्रोन्टाइन बेड संख्या थपिएर ४ हजार १ सय १५ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १...

कांग्रेसले ७७ वटै जिल्लामा खटायो प्रतिनिधि

नेपाली कांग्रेसले निर्वाचन लक्षित अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ । भदौ १० गतेदेखि सुरू हुने...

बजेट यथार्थपरक छ, कार्यान्वयन हुन्छ : मन्त्री आङ्बुहाङ

विराटनगर, २ असार । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले आर्थिक वर्ष २०७८/७९ को बजेट यथार्थपरक रहेको दाबी गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा बुधबार आयोजित सञ्चारकर्मीसँगको भेटमा मन्त्री आङ्बुहाङले...

मिल्स गोल्डकप फुटबल ट्रस्टको अध्यक्षमा पुन ः किशोर शाही निर्वाचित

विराटनगर । मिल्स गोल्डकप फुटबल ट्रस्ट रानी विराटनगरको अध्यक्षमा पुनः किशोर बहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । ट्रस्टको विराटनगरमा शनिबार भएको छैटौं साधरण सभा तथा पहिलो अधिवेशनबाट शाही अध्यक्षमा पुन ः निर्वाचित भएका हुन्...

नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डोज खोप

काठमाडौं, चैत १६ । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । बिहान ८ बजेर ४२ मिनेट जाँदा चीनले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको...

थप १८७ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या ८६१ पुग्यो

काठमाडौं, २९ जेठ-नेपालमा २४ घण्टाको अवधिमा उपचारपछि निको भएर १ सय ८७ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न आइसोलेसन सेन्टरमा उपचार गराइ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्