विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि

 न्यूज विराट
विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि

विराटनगर । घरेलु टोली विराटनगर सिटी बीसीएफले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ ।

सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रीकालिन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४ – ० गोलले हराउँदै विराटनगरले ६ दशकपछि उपाधि उचालेको हो ।

२०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो । २०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो ।

विराटनगर सिटीले उपाधिसँगै नगद २० लाख १५ हजार रुपैयाँ हात पारेको छ । उपबिजेता केरलाले १० लाख १५ हजारमा चित्त बुझायो ।

जितको लागि विराटनगर सिटीका अफिज ओरवा, बिमल घर्तीमगर, मेसुके र अभिषेक गुरूङले गोल गरेका थिए ।

खेलको सातौं मिनेटमा विराटनगर सिटीका अफिज ओरवाले गोल गरी टिमको सुरुवती अग्रता दिलाए । बिलम घर्ती मगरले निकालेको लामो पासलाई अफिज ओलवाले गोलमा परिणत गरी टिमलाई अग्रता दिलाए । ७८ औं मिनेटमा बिमल घर्तिमगरले पेनाल्टी एरियाबाट गोल गरी दोब्बर बनाए । सुजिकीले निकालेको क्रस पासलाई बिमलले गोलमा परिणत गरेका थिए । खेलको ८९ औं मिनेटमा मेसुकेले गोल गरी तेब्बरको अग्रता बनाए । बिमलले निकालेको पासलाई मेसुकेले गोल गरे । इन्जुरी समयमा विराटनगर सिटीका अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए ।

फाइनलको म्यान अफ द म्याच विराटनगर सिटीका सुरज बिके घोषित भए । उनले नगद ११ हजार पाए । फाइनलमा विधागत रुपको पुरस्कार पनि विराटनगर सिटीको बर्चस्व कायम रह्यो । बेस्ट प्लेयर अफ द टुर्नामेन्ट विराटनगर सिटीका मेसुके घोषित भए । यस्तै फेयर प्लेर अफ द टुर्नामेन्ट जावलाखेल युथ क्लब घोषित भएको छ । हाइस्कोर विराटनगर सिटीका अभिषेक गुरूङ भए । उनले खेल अवधरी भर दुई गोल गरेका थिए । बेस्ट फरवर्ड भारतको चालीज क्युराको, बेस्ट मिल्ड फिल्डर विराटनगर सिटीका युका सुजुकी, बेस्ट गोल किपर विराटनगर सिटीका विशाल श्रेष्ठ घोषित भए । बेस्ट डिफेन्टर विराटनगरका देवेन्द्र तामाङ्ग घोषित भए । बेस्ट कोचमा विराटनगर सिटीका सन्तोष न्यौपाने भए । विधागत रुपमा एवार्ड पाउनेहरूले जनही २५÷२५ हजार रुपैयाँ पाए ।

फाइनल खेलको २१ औं मिनेटमा विराटनगरका मेसुकेले पेनाल्टी एरियाबाट गरेको प्रहार बाहिरदा थप गोल गर्ने अवसर खेर फाले । पहिलो हापमा केरला एक गोलले पछि परेपछि दबावमा परेको थियो । पहिलो हाफमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाल्दा केरलाले बराबरीमा ल्याउने अवसर खेर गयो । ४२ औं मिनेटमा मेसुकेले वान भर्सेस वानको प्रहार गोलन गर्नबाट चुके । उनले गरेको प्रहार पोस्र्टमाथिबाट बल बारियो ।
४३ औ मिनेटमा केरलाका पलकोले पेनाल्टी एरियाबाट गरेको प्रहार गोल गर्नबोट चुक्यो । उनले गरेको कडा प्रहार बाहिरिदा गोल गर्ने अवसर खेर गयो । खेलको ७४ औं मिनेटमा विराटनगरले पनाल्टी पाएको थियो । केरलाको टिमको डिबक्स भित्र हेन्ड भएपछि विराटनगरले पेनाल्टी पाएको थियो । पेनाल्टी सुटआउटमा स्टेफेनल गरेको प्रहार केरेलाको गोलकिपर सनफिरले उत्कृष्ट बचाए । त्यसलगतै स्टेफेनले डिबक्स भित्रबाट गरेको प्रहार पोस्ट बाहिर गएको थियो । भारतका ७७ औं मिनेटमा पलको वान भर्सेस वानको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो । त्यसलगतै पलको डिबक्सभिबाट गरेको प्रहार विराटनगरका गोलकिपर प्रदिप भण्डारीले बिफल पारिदिए ।
प्रतियोगितामा बिजेता हुने टिमलाई पुरस्कार कार्यक्रमका प्रमुख अतिथि एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग, विराट गोल्डकपको आयोजक समितिको संयोजक तथा विराटनगर महागनरपालिका प्रमुख नागेश कोइरला, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाललगायतले पुरस्कार बितरण गरेका थिए ।

सम्बन्धित समाचार

१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

महोत्तरी जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर...

एसईई सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेशका मन्त्रीबीच छलफल

कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको...

एमालेका चार नेतालाई पठाइयो स्पष्टिकरण पत्र, दुई नेताको भागाभाग

काठमाडौं, चैत्र ९-नेकपा एमालेले पार्टीहित र अनुशासन विपरित काम गर्ने चार नेतासँग स्पष्टिकरण पत्र पठाएको छ । बरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई आज स्पष्टिकरण पत्र बुझाएको हो । पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले खामबन्दी...

कोरोना रिपोर्ट नेगेटिभ आएकी मृतक महिलाको शव नेपाली सेनाले व्यवस्थापन गर्दै

विराटनगर, साउन ३२–कोरोना सर्ने डरले कोही पनि छिमेकी र आफन्त नआएपछि विराटनगरमा एक ८७ वर्षीय महिलाको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । विराटनगर–की एक मृतक शनिबार मृत्यु भएपनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ...

भारतमा ४ जेठसम्म लकडाउन लम्बियाे

एजेन्सी, बैशाख १९-वैशाख-भारत सरकारले लकडाउनको अवधि थप २ साता बढाएर ४ जेठसम्म पुर्‍याएकाे छ । लकडाउनका बाबजुद संक्रमितको संख्या निरन्तर बढेपछि २१ वैशाखसम्म अर्थात् ३ मेसम्मको अवधिलाई बढाएर १७ मेसम्म निरन्तरता दिने घोषणा प्रधानमन्त्री नरेन्द्र...

राजापाक्षेको पार्टीलाई बहुमत, ओलीले दिए बधाई

एजेन्सी, साउन २३-श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षेले संसदीय निर्वाचनमा ठूलो जीत हात पारेको घोषणा गरेका छन् । उनका दाजु महिन्दा राजापक्षेलाई अब प्रधानमन्त्री बनाउने बाटो खुला भएको छ । उनले गत वर्षको नोभेम्बरदेखि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी...

नेपाल संवत्ले आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौँ, १९ कात्तिक-राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘नेपाल संवत् ११४२’...

विराटनगरमा खानेतेलको गिलेनमा लागुऔषध बरामद

विराटनगर, ९ असार । जोगबनीबाट तेलको गिलेनमा लुकाई छिपाई लागुऔषध ओसार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१६ गेटबाट लागूऔषध नियन्त्रणम ब्युरोबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका लागुऔषध सहित १ जनालाई पक्राउ गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्