पछिल्लो २४ घण्टामा २२४८ जना कोरोनामुक्त
आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कुल १२ हजार ५ सय १६ नमूना परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सो मध्ये ९ हजार...
विराटनगर । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा संविधानविद् काशीराज दाहाल र पत्रकार हरि अधिकारीलार्य पुरस्कृत गरिएको छ ।
नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको षष्टीका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट संविधानविद् दाहाललाई र षष्टीका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कारबाट अधिकारीलाई पुरस्कृत बिहीबार पुरस्कृत गरिएको हो ।
कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले दाहाल र अधिकारीलाई पुरस्कार वितरण गरे । त्यस अवसरमा खापुङले पत्रकारिता क्षेत्र समाजको ऐना भएको बताए । ‘नागरिकको अधिकार रक्षा गर्ने जिम्मेवारीमा खटिने पत्रकार समाज विकासका आधार हुन्,’ उनले भने ।
पुरस्कृत व्यक्तित्व तथा संविधानविद् दाहालले राष्ट्रिय संचार नीति पनि लागू भएपनि यसका केही व्यवस्था लागू गर्न अझै काम गर्न जरुरी भएको सुनाए । ‘राष्ट्रिय संचार प्राधिकरण पनि महत्वपूर्ण छ । संचार क्षेत्रमा पनि नयाँ व्यवसायिक ढंगले पनि नयाँ व्यक्तिहरू आउने क्रममा छन्,’ उनले भने, ‘कतिपय चुनौती पनि देखिन्छन् । प्रजातन्त्र नमरोस् भन्नेमा राजनीतिक दल सचेत हुनुपर्छ ।’ उनले पारदर्शिता भएन भने लोकतन्त्र सजीव हुन नसक्ने बताए । निर्वाचन प्रणालीमा परिमार्जन गर्न जरुरी रहेको उनले बताए । ‘सक्षम मानिस उठ्न नसक्ने अवस्था हँुदैछ । संसद प्रभावकारी नभएपछि सरकार बलियो हुन सक्तैन, ’ उनले भने । न्यायपरिषद्को संरचना पनि सुधार गरिनुपर्ने बताउँदै उनले संवैधानिक सुनुवाई पनि प्रभावकारी हुन पर्नेमा जोड दिए ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक आफैंमा महत्वपूर्ण भएको बताउँदै धेरै निकायले दुःख दिन आएको जसरी व्यवहार गर्ने गरेको बताए । उनले भने,‘सूचना दिनु धेरै कार्यबोझ भएको भन्ने ढंगले बुझ्न हुँदैन ।’ सूचना माग्ने र दिने क्रम बढ्नुपर्ने गुरुङले बताए । पछिल्ला वर्षहरूमा सूचना उपलब्ध नगराउनेलाई कारवाही गर्ने क्रम बढेको पनि बताए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम गर्न जरुरी भएको बताउदै समाजले सकारात्मक समाचार चाहेको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले सरकारी कार्यालयबाट प्रवाह गरिनुपर्ने सूचना उपलब्ध गराउन सहजीकरण गर्ने बताए ।
आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कुल १२ हजार ५ सय १६ नमूना परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सो मध्ये ९ हजार...
महोत्तरी जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर...
काठमाडौं, ७ जेठ-बीमा समितिले सवारी साधनका बीमितलाई प्रिमियममा केही राहत दिने भएको छ । समितिको मंगलबार बसेको बैठकले ११ चैतदेखि देशभर बन्दाबन्दी भएर सवारी साधन नचल्दा बीमा जोखिम न्यून हुन गएकाले प्रिमियममा राहत दिने निर्णय...
काठमाडौं २५ वैशाख-काठमाडौंको गौशालामा निजी कार र एम्बुलेन्स आपसमा ठोक्किँदा १ जना घाइते भएका छन् । साढे ३ बजेको समयमा गौशालास्थित सडकखण्डमा मित्रपार्कबाट एयरपोर्टतर्फ आउँदै गरेको बा१०च ८५१३ नम्बरको निजी कारलाई विपरीत दिशाबाट आएको बा८छ...
काठमाडौं, १ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट कोरोना भाइरस (कोभिड–१९) बाट अन्त्य नभएसम्म पारिश्रमिक नलिने निर्णय गरेका छन् ।नयाँ वर्षकाको उपलक्ष्यमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना प्रकोप नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने निर्णय गरेका हुन्...
विराटनगर । मोरङको सुन्दरहरैचामा दुई जना नावलकको शव भेटिएको छ । सुन्दरहरैचा ७ गोठगाउँमा दिदी वहिनिको शव शनिबार भेटिएको हो ।धनकुटा पाख्रिबास नगरपालिका – ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका – ७ मालति...
विराटनगर । धनकुटा नगरपालिका ९ मूलघाटस्थित तमोर नदीको पुलबाट आइतबार बिहान एक वृद्धको खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८० वर्षीय हर्कबहादुर साम्पाङ रहेको प्रहरीले जनाएको छ । बिहान पौने ११ बजे पुलबाट...
विराटनगर, २४ साउन–प्रदेश १ मा आज ६१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा १० र ३ जना प्रदेश १ बाहिरका जिल्लाका छन् । मोङगको विराटनगरका २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष,...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.