प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते
मङ्गलबार, १४ चैत, २०७९,
न्यूज विराट
विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ ।
विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा एक दर्जन घाइते भएका छन् । आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको हो ।
झडपमा तीन जना सशस्त्र प्रहरी तथा तीन जना नेपाल प्रहरीका जवान घाइते भएको मोरङ प्रहरीका प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिए । यता आन्दोलनकारी तर्फ पनि ९ जना घाइते भएको बताइएको छ । आन्दोलनकारीतर्फ घाइते हुनेहरूमा अशोक राई, सरोज लिम्बु, ज्ञानबहादुर राई, शिव आङ्दाम्बे, उदय लिम्बु, सुरज राई, एनके दर्नाल, विशाल राई र पदमलाल लिम्बु रहेका छन् ।
झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको थियो भने आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । झडपपछि आन्दोलनकारी फर्किएका छन् भने स्थिति सामान्यतर्फ फर्किएको छ ।
युएनडिपीको आयोजनामा आज र भोलिका लागि तय भएको कार्यक्रम यसअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकको होटेलमा राखिएको थियो । त्यहाँ प्रदेश नं। १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले घेर्न आउने भएपछि असुरक्षा देखाएर विराटनगरको होटेल बिगमा राखिएको छ । सांसदहरूलाई दबाब दिन आन्दोलनकारी घेराउमा पुगेका थिए ।
पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन गर्नुपर्ने माग गरिरहेका छन् । सांसदहरू सहभागी हुने कार्यक्रम र होटेल घेराउ गर्न समितिका कार्यकर्ताहरू जम्मा हुने भएपछि प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।
विराटनगर । प्रथम महिला जगतगुरु शंकराचार्य हेमानन्त गिरीले पशुपतिस्थित गौशाला र धर्मशाला भत्काउन नदिने बताएकी छिन् । पशुपति क्षेत्र विकास कोषले गौशाला र धर्मशाला भत्काउने प्रयास गरे देशभरीका इन्दुधर्मलम्बीहरू आन्दोलनमा उत्रिने उनले विराटनगरमा पत्रकार सम्मेलन...
काठमाडौं, २५ जेठ-लकडाउनले बन्द भएको सुनचाँदिको कारोबार खुलेको पहिलो दिन नै १० हजारले मुल्य बढेको छ । आइतबारबाट कारोबार खुलेका बजारमा छापावाला सुन प्रतितोला ८७ हजार ४ सय र तेजावी सुन प्रति तोला ८६ हजार...
जुम्ला, २८ साउन । जुम्लाको चन्दननाथ नगरपालिका-५ कार्कीवाडामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । हिजाे बिहान करिब ४ बजेतिर भालुले आक्रमणबाट दैलेख स्थायी घर भई जुम्ला सदरमुकामका मोबाइल पसल गर्दै आएका हेमराज रोकाया र उनकी...
विराटनगर, २४ असोज-सुनसरीको धरानमा शनिबार आएको रिपोर्टमा १३५ जना कोरोना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारीअनुसार सञ्चारकर्मी, धरान उपमहानगरपालिकाका कर्मचारी, अधिकारकर्मी र बीपी प्रतिष्ठानका कर्मचारीसहित १३५ जनामा कोरोना...
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले शनिबार विराटनगर महानगरपालिकामा सार्वजनिक यातायात साधनहरूले लिइरहेको भाडादरको अनुगमन गरेको छ। लोकसेवा आयोगको परीक्षामा सहभागी हुन आउने विद्यार्थीहरूबाट सिटी सफारी लगायतका सार्वजनिक सवारी साधनहरूले मनपरी भाडा लिइरहेको गुनासो...
काठमाडौं, २६ माघ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेन्डाबारे छलफल हुने नेताहरूले बताएका...
काठमाडौं, ६ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप ६३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । शुक्रबार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित...
विराटनगर, १० भदौ-कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा शुक्रबार मध्यरातिदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला सुरक्षा समिति मोरङको शुक्रबार बसेको बैठकले भदौ १० गते मध्यरातिसम्म ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका...