विराट गोल्डकपको तयारी पुरा, बिजेतलाई २० लाख १५ हजार
सोमबार, ०६ चैत, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगरमा चैत ९ गतेदेखि सुरू हुने सातौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । विराटनगरस्थित सहिद मैदानमा सुरु हुने रात्रिकालीन विराट गोल्डकपको तयारी पुरा भएको आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
चैत १६ सम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहने भएको छ । यसअघि आयोजक विराट गोल्डकप ट्रष्टले दिल्लीको एफसी क्लवले आउने भन्दै प्रचार गरेको थियो । अन्तिम समयमा उक्त क्लब नआउने भएपछि आयोजकले भारत केरलाको लुका सकर क्लव र भुटानको डुक लयुल फुटबल क्लव ल्याउने भएको छ । प्रतियोगितामा तीन विभागीय टिम एपीएफ, त्रिभुवन आर्मी र नेपाल प्रहरीसहित संकटा, जाउलाखेल र घरेलु टिम विराटनगर सिटीे सहभागिता रहने प्रतियोगिताका सह–संयोजक सुवाशीष कोइरालाले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम विराटनगर सिटी र विभाग्य टिम नेपाल प्रहरीबीच हुनेछ ।
प्रतियोगिताको विजेता र उपबिजेता हुने टिमलाई यस वर्ष पुरस्कार राशी बढाएको छ । बिजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । यसअघि छैठौं संस्करणको बिजेताले १५ लाख १५ हजार र उपबिजेताले ७ लाख ५१ हजार रुपैयाँ पुरस्कार रहेको थियो ।
त्यसैगरी विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सञ्चालनका लागि २ करोड ५० लाख खर्च हुने अनुमान गरिएको जानकारी दिएको छ । यो प्रतियोगिता मोफसलकै दोस्रो ठूलो पुरस्कार राशी भएको बुझिएको छ । तत्कालीन राजा महेन्द्रको नामबाट २०१८ सालदेखि सुरु प्रतियोगिताको नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकपको नामबाट सञ्चालन गर्न थालिएको हो । प्रतियोगिताको तयारीस्वरूप रङरोगन गर्ने, मैदान व्यवस्थापन गर्ने, लाइट मर्मत गर्ने काम भइसकेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रदेश सरकार, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र निजी क्षेत्रको आर्थिक सहयोग रहने बताइएको छ । छैठौं संस्करणको विराट गोल्डकपको बिजेता एपीएफ रहेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रबाट दसैँका अवसरमा व्यक्त भएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । देउवाले पूर्वराजालाई गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिँदै शासन गर्ने मन भए चुनाव लड्न चुनौती दिएका छन् । गणेशमान स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना...
विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारको मुख्यमन्त्री बनाउने म्युजिकल चेयरको खेल सकिएको बताएका छन् । केदार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भनाइ राख्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसका...
विराटनगर, बैशाख ७–भारत तथा तेस्रो मुलुकबाट मुस्लिम धार्मिक तीर्थयात्रीहरु (जमात) लकडाउनका कारण सीमा बन्द हुँदा विभिन्न स्थानमा अलपत्र परेको भन्दै मोरङका मुस्लिम अगुवाहरुले उनीहरुको उद्धारमा एकीकृत योजना बनाउन प्रधानमन्त्री समक्ष माग गरेका छन् । मोरङ...
सर्लाही, १२ वैशाख-सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवाका १४ वर्षीय किशोरमा कोरोना भाइरस सङ्क्रमण पोजिटिभ पाइएपछि थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको छ । किशोरलाई बिहीबार राति उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाइएको सर्लाहीका प्रमुख...
काठमाडौं, १६ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्का अध्यक्ष केपी ओलीलाई भारतले नभई आफूले नै प्रधानमन्त्रीबाट हटाउन प्रयास गरेको बताएका छन् । नेकपाको जारी सचिवालय बैठकमा पार्टीका अध्यक्षद्वयबीच चर्काचर्की परेपछि प्रचण्डले...
विराटनगर । मोरङ क्षेत्र नं. ४(१) मा एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । काँग्रेसका नेता गुरूराज घिमिरेलाई ४०७ मतअन्तरले पराजित गरी चौधरी प्रदेशसभामा निर्वाचित भएका हुन् । चौधरीले १५ हजार ४६५ मत ल्याएको...
विराटनगर, साउन ४–सप्तरीको सप्तकोशी नगरपालिकामा प्राबिधिक अनुगमन प्रभावकारी नहुँदा विकासे कामहरु गुणस्तरहित बन्दै गएका छन् । सप्तकोशी नगरपालिकाको वडा नं ४ र ११ मा बनेको पुल र कल्भर्ट क्वालीटि कन्ट्रोल र फितलो अनुगमनका कारण छोटो...
काठमाडौं ३ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । १० दिनपछि बस्ने गरी बुधबारको बैठक सकिएको हो । आज बसेको बैठक १० दिनपछि पुन: बस्ने गरी सम्पन्न भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस...