दसबुँदे घोषणापत्र जारी गर्दै सकियो साहित्य महोत्सव

 न्यूज विराट
दसबुँदे घोषणापत्र जारी गर्दै सकियो साहित्य महोत्सव

विराटनगर । विराटनगरमा सुरू भएको तीन दिने नेपाल –भारत साहित्य महोत्सव सकिएको छ । १० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव आइतबार सम्पन्न भएको हो ।

नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई एक–अर्को देशमा प्रवद्र्धन गर्नेसहित १० बुँदे घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको छ । त्यस्तै महाभारतकालीन राजा विराटको दरबारलाई महाभारत सर्किटसित जोड्ने विषयमा पुरातात्विक विभाग र इतिहासकारहरूसित समन्वय गरेर थप अध्ययन अनुसन्धान गर्ने जारी घोषणापत्रमा उल्लेख छ ।

आगामी महोत्सवमा दुवै देशका विश्वविद्यालय, कलेज र विद्यालयमा अध्ययन गर्ने युवा स्रष्टाहरूलाई बढीभन्दा बढी सहभागी गराइने, वार्षिक साहित्य महोत्सवबाहेक अन्य वर्षैभरि दुवै देशमा विभिन्न साहित्यिक कार्यक्रम आयोजना गर्ने र एक–अर्का देशमा आमन्त्रण गर्ने, युवा साहित्यकारहरूलाई प्रोत्साहित गर्नेलगायत घोषणपत्रमा उल्लेख छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले साहित्य महोत्सवको समापन गर्दै भाषा, साहित्य, कला र संस्कृतिका माध्यमबाट दुई देशबीचको सम्बन्ध बलियो बनाउन भूमिका खेल्ने बताए । उनले आफू महानगरको नेतृत्वमा आएदेखि नै साहित्य महोत्सव गर्ने योजना बनाएको सुनाए । आगामी दिनमा थप व्यवस्थित र वृहत कार्यक्रम गर्ने उनको भनाइ थियो ।

विराटनगर राजनैतिक र आर्थिक नगरी मात्रै नभएर भाषा, साहित्य, कला र संस्कृतिको धनी नगरी भएको उनले दाबी गरे । मेयर कोइरालाले महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न गर्न लागिपर्ने सबैलाई धन्यवादसमेत दिए । मेयर कोइरालाले महानगरले भाषा, साहित्य, कला र संस्कृतिलाई उच्च प्राथमिकतामा राखेको प्रस्ट पारे । उनले भौतिक विकासले मात्रै समग्र विकासको मापन नहुने मेयर कोइरालाले बताए ।
नेपालका ७ वटै प्रदेशसहित भारतका सबै राज्यबाट प्रतिनिधिमूलक ३५० भन्दा बढी साहित्यकारहरूको सहभागिता रहेको थियो । तीनदिने महोत्सवमा कृति विमोचन, विभिन्न विषयमा बहस, अनुवाद साहित्यमाथि विमर्श, बहुभाषी गजल, मुक्तक, चारु, लघुकथा, कविगोष्ठीसमेत वाचन गरिएको थियो ।
महोत्सवमा २५० भन्दा बढीले सिर्जना वाचन गरेका थिए । अग्रज साहित्यकार विवश पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, मेरठ अकादमीका अध्यक्ष डा. विजय पण्डित, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, वरिष्ठ साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, पोखराका साहित्यकार बलराम उपाध्याय रेग्मी, भानु कला केन्द्रकी अध्यक्ष माया पौडेल, कार्यक्रम संयोजक देवी पन्थी, चन्द्रागिरी साहित्य प्रतिष्ठान काठमाडौं अध्यक्ष जनार्दन अधिकारी धड्कन, साहित्यकारसमेत रहेका महानगरका मेयरका प्रेस सल्लाहकार मीनकुमार नवोदित, सार्क कल्चरल सोसाइटी नेपालका अध्यक्ष राजेन्द्र गुरागाईं, कवि गोकुल अधिकारीलगायतले भौगोलिक सीमाले नेपाल र भारतलाई विभाजित गरे पनि कला, साहित्य र संस्कृतिले जोडेको बताएका थिए । उनीहरूले विराटनगर महानगरले भाषा, साहित्य, कला र संस्कृतिलाई महत्व दिएको भन्दै प्रशंसासमेत गरे ।

सम्बन्धित समाचार

विराटनगरमा तास खेल्दै गरेको अवस्थामा आधादर्जन व्यक्ति पक्राउ

विराटनगर, १ फागुन । विराटनगरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का २३ वर्षीय सुबोध यादब, सोही ठाउँका २२ वर्षीय प्रकाश यादव, २८ वर्षीय मुकेश यादव, ३८...

कडकनाथ पालेर मनग्य आम्दानी

बनेपा, २८ असोज-व्यावसायिकरूपले कडकनाथ ९कालो कुखुरा० पालेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० विष्टगाउँ निवासी मुक्ति विष्टले मनग्य आम्दानी गर्दै आउनुभएको छ । हिजोआज घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, स्याहार गर्ने र अण्डा...

सिंघीया, केसलिया करिडोर निर्माणसहित मीरगंज पुल समस्याबारे मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबिच छलफल

विराटनगर । विराटनगरको सिंघीया, केसलिया करिडोर र भारतको मीरगंज पुलमा देखिएको समस्या समाधानको लागि भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीबिच छलफल भएको छ...

रुसी प्रधानमन्त्री मिखाइल मिसहुस्तिनलाई कोरोना संक्रमणको पुष्टि

मस्को, बैशाख १८–रुसी प्रधानमन्त्री मिखाइल मिसहुस्तिनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । प्रधानमन्त्री मिसहुस्तिन स्वयंले कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेका हुन् । प्रधानमन्त्री मिसहुस्तिनले बिहीबार राष्ट्रपति भ्लादिमिर पुटिनसँग भिडियो कन्फरेन्समार्फत आफूलाई कोभिड–१९...

इन्डक्सन चुल्होमा भन्सार छुट, बिजुलीको महसुलमा सहुलियत दिने निर्णय

सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ । नोभेल कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । हाल इन्डक्सन चुलोको आयातमा १५ प्रतिशत भन्सार...

मोरङमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

विराटनगर, २ जेठ । कोरोना भाइरसको संक्रमणका कारण मोरङका विभिन्न अस्पतालमा थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो १३ घण्टामा उक्त संख्यामा संक्रमितको ज्यान गएको हो । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शनिबार दिउँसो ३...

विश्वकपछि टी-२० को कप्तानी छोड्ने कोहलीको घोषणा

एजेन्सी, ३१ भदोै । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अक्टोबरमा दुबईमा हुने टी-२० विश्व कपपछि छोटो फर्म्याटको क्रिकेटमा भारतीय टोलीको कप्तानी छाड्ने निर्णय गरेका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै कोहलीले यहाँसम्म आइपुग्नका लागि...

भारत तस्करी हुन लागेको १९६ केजी गाँजा विराटनगरबाट बरामद

विराटनगर । भारततर्फ तस्करी हुन लागेको ठूलो परिमाणको गाँजा इलाका प्रहरी कार्यालय रानी विराटनगरले बरामद गरेको छ । विराटनगर १८ फोरलाइन स्थितमा खेतमा राखेको परालमा बेबारिसे अवस्थामा पलाष्टिकको झोलामा प्रहरीले १९६ किलो गाँजा बरामद गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्