विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा सहलेस युवा क्लब सिराहा पुगेको छ ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको खेलमा साइनो स्पोर्टस क्लब रानी विराटनगरलाई सडनडेथमा ६–५ गोलले हराउँदै सहलेस युवा क्लब सिराहा सेमिफाइनलमा पुगेको हो ।
निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि जितको छिनोफानो सडनडेथबाट भएको थियो । टाइब्रेकरमा पनि बराबरीपछि खेल सडनडेथमा धकेलिएको थियो । जितको लागि सिराहाका यानिक, नविन न्यौपाने, डेनियल, स्यानगियो,निश्चल ठाकुरी र दिपसन राईले गोल गरेका थिए । सिरहाका निश्चल लामाको प्रहार साइनोका गोलकिपर प्रज्वल श्रेष्ठले उत्कृष्ट बचाए । फोफोनाको प्रहार बाहिरियो । साइनको तर्फबाट असिम राई,सन्जय धिमाल, सागर खड्का, कोमल खवास र सुमन मगरले गोल गरेका थिए । साइनको सागर विक, दोर्जे तामाङ्ग र दिवेश मगरको प्रहार सिरहाका गोलकिपर सागर मगरले उत्कृष्ट सेभ गरिदिएर टिमलाई समिफाइनलमा पु¥याए । उनै गोलकिपर मगर खेलको म्यान अफ द म्याच घोषित भए ।
घरेलु दर्शकको साथ पाएको साइनोले खेल सुरु भएको एक मिनेटमै सन्जय धिमालले गोल गरे । खेल सुरू भएको एक मिनेटमै गोल भएपछि सिराहा दबाव परेको थियो । पहिलो गोल खाएपछि सिराहले आक्रामक शैली अपनाएको १८ औं मिनेटमा विदेशी खेलाडी यानिकले गोल गरेपछि खेल बराबरीमा ल्याए । सिराहाका सुदिप मगरले निकालिदिएको क्रस पासलाई यानिकले डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
चार जना विदेशी खेलाडी लिएर मैदान उत्रिएको सिराहाले पहिलो हाफमा यानिकले आधा दर्जन गोल गर्ने अवसर चुकाए । ३८ औं मिनेटमा पेलान्टि एरियादेखि यानिकको प्रहार बाहिरदा पहिलो हाफमा दोब्बर पार्ने अवसर गुमाएको थियो । दोस्रो हाफदेखि सिराहाले आक्रमक खेल पस्कियो । अन्त्यतिर सिराहाका यानिकले प्रहार गरेको बलमा पोस्ट बाधक बनेपछि जित हात पार्न सडनडेथ कुर्नुप¥यो ।
मंगलबारको खेल गाईघाट फुटबल क्लब उदयपुर र विरगंज युनाईटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
विराटनगर । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा संविधानविद् काशीराज दाहाल र पत्रकार हरि अधिकारीलार्य पुरस्कृत गरिएको छ ।नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको षष्टीका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट संविधानविद् दाहाललाई र षष्टीका...
एजेन्सी, जेठ १०-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) बाट जोगिनका लागि औलोको औषधि हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको बताएका थियो । सो औषधिबारे विज्ञानसम्बन्धी शोध पत्रिका लेसेटले आफ्नो अनुसन्धानमा कोरोना संक्रमित विरामीको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विन दिइएमा...
विराटनगर, माघ २८–नेपाल भ्रमण वर्ष–२०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यसहित विराटनगर सीमाक्षेत्रमा ‘फेमिली’ होटल सञ्चालनमा ल्याइएको छ । युवा नेता मोहम्मद फैयाजले पाकिजा होटल एण्ड फास्ट फुड सञ्चालनमा ल्याएका हुन् । होटलको प्रदेश–१ का सांसद जयराम...
काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न...
विराटनगर, ३ कात्तिक । अविरल वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको छ । मोरङका विभिन्न खोला वस्तीमा पस्दा सयौं घरपरिवार विस्थापित भएका छन् । विराटनगरस्थित विमानस्थलमा बाढी पस्दा हवाई उडानसमेत अवरुद्ध भएको छ ।...
काठमाडौं, १४ साउन-आज पनि सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलाको ९८ हजार २ सयमा कारोबार छापावाल सुनको मूल्य आज ९८ हजार ५ सय निर्धारण गरिएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजावी...
डडेल्धुरा, ८ असार-दार्चुलाको व्यास गाउँपालिका-१ छांगरुमा स्काई फोन सेवा सुरु भएको छ । ७ महिनादेखि अवरुद्ध रहेको व्यास गाउँपालिका-१ छाङ्गरुको स्काई फोन सेवा सोमबारदेखि सुचारु भएको हो । हिमपातका कारणअवरुद्ध बनेको फोन सेवा सुचारु भएको...
विराटनगर । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सुरु भएको एक महिने ब्यूर्टिपालर तालिम (एडभान्स कोर्ष) सम्पन्न भएको छ । मिनाज ब्युटि केयर एण्ड पार्लरको आयोजना र विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा एक महिने ब्यूर्टिपालर तालिम सोमबार समापन...