भेडेटारमा ३० करोड लगानीमा सिसाको ‘स्काई वाक’ बन्दै
बिहिबार, २५ फागुन, २०७९,
न्यूज विराट
भेडेटारमा सिसाको ‘स्काई वाक’ बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ ।
वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्याक्सन्स प्रालिले यो परियोजना निर्माण गरिरहेको छ । अहिले जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रबिन्द्र पोख्रेलले जानकारी दिए ।
स्काइ वाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइनेछ । स्काइ वाकमा एकैपटकमा २०० जना हिड्न सक्छन् । सिसाको स्काइ वाकको तल भिर भएकाले झन् ‘थ्रील’ अनुभव हुने पोख्रेल बताउँछन् ।
भेडेटारको हालको भ्यु टावर भएको ठाउँमा निर्माण सुरू गरिएको यस परियोजना सन् १२०२३ भित्र नै सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीका निर्देशक दामोदर शर्माले जानकारी दिए ।
परियोजना साँगुरी गढी गाउँपालिका धनकुटा र धरान उपमहानगरपालिका सुन्सरीको सिमानामा पर्दछ ।
परियोजना सञ्चालन गर्न प्रदेश लगानी प्राधिकरणले २५ वर्षको लागि अनुमति दिएको शर्माले बताए ।
काठमाडौंको कमलादीमा हाल निर्माण भइरहेको ‘स्काई वाक टावर’ र इलामको कन्याममा निर्माण भइ सञ्चालनमा आइसकेको ‘कन्याम क्लाउड’ नामको स्काई वाक पनि वण्डर्स ग्रुपले निर्माण गरेको हो ।
रामकुमारी राई रंगेली । मोरङको रंगेली नगरपालिका– ८ चाइनागेट टोलस्थित दलित बस्तीका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ । दुई साताअघि बाढी पसेर डुबानमा परेका ६० घर दलितहरुलाई पूर्वोत्तर मोरङ लेटाङको इसाई एकता समाजले...
विराटनगर, ३० असोज । विराटनगरस्थित खार्जीमा मातृ तथा बाल स्वास्थ्य शिक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । आइतबार रोटरी क्लब अफ विराटनगरको आयोजनामा खार्जीस्थित ज्योती आधारभूत विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा...
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका कैदी पक्राउ गर्ने चार जना प्रहरी पुरस्कृत भएका छन् । इलका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापासहित चार जना प्रहरीलाई मोरङ प्रहरीले नगदसहित पुरस्कृत गरेको हो...
विराटनगर, १६ फागुन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निर्मित शौचालय र चापाकल हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमकाबिच विराटनगर–४ स्थित खार्जी कोहबरा गाउँको एउटै टोलमा ३८ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको ७३...
विराटनगर । महिला र युवतीहरुलाई कपडाको प्याड बनाउने तालिम प्रदान गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित खर्जी गाउँमा प्याड बनाउने तालिम दिइएको हो । तालिममा ३५ जना महिला र युवतीहरुको सहभागीता...
विराटनगर । गत पुस २७ गते सम्पन्न ११ औं नगरसभाको निर्णय कार्यान्वयन गर्दै विराटनगर महानगरपालिकाले यही वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गरेको छ । महानगरले सञ्चारमाध्यम सूचना प्रकाशित गर्नुका...
विराटनगर । मोरङको सुनवर्षीमा–७ स्थित बरडंगामा लक्षित बर्गका लागि उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । वडा कार्यालय बरडंगाको सहयोगमा विराट टाईम्स मिडिया प्रा.लि. को आयोजनामा सञ्चालित ‘लक्षित बर्गका लागि’ तीन दिने...
विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालन गरिने भएको छ । महानगरवासीलाई राष्ट्रिय परिचयपत्र आफ्नै घरआँगन प्रदान गर्ने उद्देश्यले सोमबारदेखि विवरण संकलन तालिम एवं अभिमुखीकरण सुरु गरिएको छ । अभियानअन्तर्गत...