विराटनगर । फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा विराटनगर महानगरपालिकाले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वडाध्यक्ष, कार्यपालिका सदस्य, नगर परिषद् सदस्यसहित विभिन्न महाशाखा प्रमुख, शाखा प्रमुखका साथै कर्मचारीहरुलाई अविर लगाएर शुभकामना दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले होली पर्वले एकआपसको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । उनले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई होलीले सुमधुर बनाउने बताए । “हामी सबैले देशको सेवा गर्ने हो,” मेयर कोइरालाले भने, “जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध अझै प्रगाढ बनाओस् भन्ने शुभकामना दिन्छु ।” उनले आफूभित्रका नराम्रा सबै प्रवृत्तिलाई त्यागेर सकारात्मक सोच र विचारका लागि जनताको सेवामा समर्पित हुन आग्रह गरे । कार्यक्रममा उपमेयर कार्कीले असत्यमाथि सत्यको जितका रुपमा मनाइने रंगहरुको पर्व होलीले महानगरभित्र भएका गलत क्रियाकलापलाई हटाएर विराटनगर बनाउने संकल्पका साथ अगाडि बढ्न प्रेरणा मिल्ने बताइन् । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरुसहित अन्य जनप्रतिनिधि र कर्मचारीहरुले एकआपसमा अविर लगाएर खुसीयाली साटासाट गरेका थिए ।
विराटनगर, १ साउन । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बृक्षारोपण गरेको छ । विराटनगरस्थित परम विश्रान्ती स्थल र विभिन्न उद्योग परिसरमा २ सय ८५ वटा विभिन्न प्रजातीका विरुवा रोपिएको हो । त्यस्तै क्लबका सदस्यहरुको...
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक विस्तारै अराजकतातर्फ अगाडि बढिरहेको बताएका छन् ।नेपाली कांग्रेस मोरङले नयाँ वर्षका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देशका आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा...
विराटनगर । विराटनगरमा रहेको अर्किडक कलेजले उत्कृष्ट ६० जना विद्यार्थीहरुलाई ३ लाख बरावरको नगद पुरस्कार वितरण गरेको छ । कलेज परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद पुरस्कार वितरण गरेको हो ।कक्षा...
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका कैदी पक्राउ गर्ने चार जना प्रहरी पुरस्कृत भएका छन् । इलका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापासहित चार जना प्रहरीलाई मोरङ प्रहरीले नगदसहित पुरस्कृत गरेको हो...
विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी र सुदुरपश्चिम प्रदेश विजयी भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि सुरू भएको प्रतियोगिताको पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गरेको हो ।टस जितेर पहिले...
विराटनगर । महिला र युवतीहरुलाई कपडाको प्याड बनाउने तालिम प्रदान गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित खर्जी गाउँमा प्याड बनाउने तालिम दिइएको हो । तालिममा ३५ जना महिला र युवतीहरुको सहभागीता...
विराटनगर । ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब फाइनलमा पुगेको छ । विराटनगरको रंगशालामा जारी प्रतियोगितामा दमकले विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३–१ गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो...
काठमाडौं, फागुन १७ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी...