विराटनगर । मोरङ र सुनरीका ३४ जना अपाङ्गता भएका व्यक्तिहरुले ह्विल चियर पाएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा अपाङगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्र्तगत उनीहरुलाई ह्विल चियर बितरण गरिएको हो ।
यसरी अपाङ्गता भएका व्यक्तिहरुलाई करुणा फाउण्डेसन नेपाल, ह्विलचियर फाउन्डेसन, बाल अपाङग टेवा संस्था, राष्ट्रिय अपाङग महासंघ नेपालको सहयोगमा अपाङगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्र्तगत उनीहरुलाई ह्विल चियर बितरण गरिएको करुणा फाउन्डेसन नेपालकी मीना खनालले बताइन् ।
मोरङको रतुवामाइ नगरपालिका – ६ कादुपाड घर भएकी २७ वर्षीय धनमाया कार्कीले ह्विल चियर बितरण गर्ने संस्थालाई धन्यवाद दिइन् । ह्विल चियर पाएपछि हिडडुल गर्न सहज हुने उनले बताइन् । ‘अब त आफै पनि एक ठाउँबाट अर्को ठाउँसम्म ह्विल चियरको साहारामा हिडडुल गर्न सक्नेछु,’ उनले भनिन्, ‘यसअघि ह्विल चियर नहुदा अरुको साहारा चाहिने गरेको थियो । अब आफै हिड्न सक्छु ।’ उनले अपांङ्गता भएका व्यक्तिका लागि प्रभावकारी आयआर्जन गर्न सिप विकासका तालिमको व्यवस्था गनुपर्ने बताइन् । सरकारले आत्मनिर्भर बन्ने सिपमुलक तालिम दिए जिवन जिउने साहारा हुने बताइन् । आफुले सिकेका कुरा अरुलाई सिकाउन पाए पनि झनै राम्रो हुने उनले बताइन् । जन्मजात शारिर रुपमा अपाङगता रहेकी धनमायाले सरकारले सिप सिकेका अपांङ्गता भएका व्यक्तिहरुलाई समाजले पत्याउने व्यवस्था गरिदिनुपर्ने बताइन् । यस्तै रंगेलीका ४० वर्षीय सुमन मगरले ह्विल चियर पाएपछि धेरै सहज भएको बताए । ‘बोकेर हिड्नुपर्ने अवस्था थियो, अब ह्विल चियरमा राखेर यताउता घुमाउदाँ सहज हुनेछ,’ उनले भने, ‘एक ठाउँबाट अर्को ठाउँसम्म जानसक्ने भएका छौं ।’
प्रदेश १ सरकार, सामाजिक विकास मन्त्रालय, मोरङ र सुनसरीको स्थानीय तहहरूको संयुक्त आयोजनामा यो कार्यक्रम भएको हो ।
सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रहरी चढेको भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले आज प्रहरीको जिपमा आगजनी गरेका छन् । आक्रोशित समूहले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा राखेको बा १ झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय...
बुटवल, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको विशेष अधिकारअनुसार संसद विघटन गरेको बताएका छन् । आफ्नो समूहले बुवटलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीभित्रबाट काम गर्न नदिएकै कारण विघटन गरेकोब बताएका...
विरानटनगर, असार ३०–विराटनगरका अधिकांस स्थानमा विद्युत अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणको टंकि सिनवारी स्थित सब स्टेशनमा रहेको ३३ केभिको करेन्ट ट्रान्फर्मर पड्कीएकाले विराटनगरका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको प्राधिकरण विराटनगर शाखाले जनाएको छ...
पोखरा, २२ असार-पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध गरेको अभियोगमा पक्राउ परेका ३ जनालाई प्रहरीले ‘अभद्र व्यवहार’ कसुरमा मुद्दा चलाउने भएको छ । पोखराको मझुवामा शव व्यवस्थापनका क्रममा प्रहरीलाई आक्रमण गरी चेक पोस्टमा समेत तोडफोड...
विराटनगर । माओवादी केन्द्र कोशी प्रदेशको प्रदेश परिषद बैठकले १२ बुँदे समसामयिक प्रस्तावहरु पारित गरेको छ । फागुन ३ गते बसेको उक्त बैठकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणकार्यको बिरोधमा आन्दोलनरत पक्षलाई गोलिहानी घाइते बनाएको घटनाको...
विराटनगर । विराटनगरस्थित कोशी अस्पपतालको स्त्री तथा प्रसूती विभागमा ‘ल्याब्रोसकोपी’ सर्जरी सेवा सुरु भएको छ ।मोरङको २२ वर्षीय एक जना किशोरीको अन्डासयमा भएको सिस्टको ल्याब्रोसकोपी प्रविधिबाट अप्रेसन गरेर यो सेवा कोशीको प्रसूती विभागमा पहिलो पटक...
विराटनगर । टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत लिग चरणको विहिबार सम्पन्न अन्तिम खेलसँगै सेमिफाइनलको समिकरण पुरा भएको । पहिलो खेलमा मधेश प्रदेशले एपिएफ र वागमती प्रदेशले नेपाल पुलिसलाई पराजित गरेको छ । विहिबारको खेल अगावे समुह...
विराटनगर । एक जना भारतीय सवारी चालकले मदिरा सेवन गरी विराटनगरमा सवारी दुर्घटना गराएका छन् । भारतको पूर्णिया घर भएका २१ वर्षीय अबदेश साहले सोमबार मदिरा सेवन गरेर उनले चलाएको कारले एम्बुलेन्स र मोटरसाइकललाई ठक्कर...