उपचार नपाउँदा निराशा बोकेर फर्किएका विराटनगरका ८५ वर्षीय छविलाल खतिवडा
सोमबार, ०१ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । दौरा सुरूवालमाथि स्टकोट । शिरमा गलफनको टोपी । कान कम सुन्ने भएकोले देब्रे कानमा ‘हियरिङ्ग एड’ लगाएका छन् । एउटा हातमा अस्पतालको पूर्जी र अर्को हातमा स्वास्थ्य विमा कार्ड पनि साथमा बोकेका छन् । आइतबार कोशी अस्पताल परिसरभित्र दिउँसो १२ बजे भेटिएका ८५ वर्षीय ज्येष्ठ नागरिक हुन, — छविलाल खतिवडा ।
८५ वर्षीय ज्येष्ठ नागरिक हुन, — छविलाल खतिवडा
ओपीडी भवन भित्र कुर्सीमा निराश मुद्रामा देखिएका उनलाई हामीले सोधियौं, ‘कहाँबाट के भएर आउनुभयो हजुरबुवा ?’ ‘घर विराटनगर–५ जानकीपथ हो । दाँतमा असह्यै पीडा भएपछि रातभरी सुत्न नसकेको दुई दिन भयो । रातभरिको दुःखाइको कारणले सबेरै विराटनगरस्थित कोशी अस्पताल आएको उनले सुनाए । खतिवडा घरबाट खाना खाएर ९ बजे हस्पिटलका लागि हिडे । पैदल हिडेर साढे ११ बजे हस्पिटल आइपुगे । २ घण्टा बढी पैदल हिडेपछि कोशी अस्पतालको ओपीडीमा आए । सुरूमा उनी टिकट लिन ओपीडी काउन्टरतिर लागे । काउन्टर बन्द थियो । त्यसपछि ओपीडी भवनभित्र रहेको सोधपछु डेक्समा पुगे । उनले त्यहाँ आफ्नो समस्या सुनाए, ‘दाँत दुःखेर रातभरी सुत्न सकेको छुइन । डाक्टर साब कता बस्नुहुन्छ ?’
सोधपुछ कक्षमा बसेका कर्मचारीले भने, ‘आज चिकित्सकहरुको हडताल हो । डाक्टर हुनुहुन्न ।’ ती कर्मचारीको कुरा सुनेपछि वृद्ध निराश देखिन्थे । कान कम सुन्ने खतिवडालाई कर्मचारीको भनाईमा विश्वास लागेन । त्यसपछि उनी दन्त रोग विशेषज्ञ डाक्टर बस्ने कोठातिर लागे । कोशी अस्पतालको ओपीडीको दोस्रो तलाको १४ नम्बर कोठामा दन्तरोग विभाग छ । लौरीको सहारामा हिडडुल गर्ने खतिवडा भुइँतलाबाट १४ नम्बर कोठातिर लागे । भुइँतलाबाट झण्डै आधा घण्टा लगाएर उनी दन्त रोग विभाग रहेको कोठामा पुगे । त्यहाँ पनि कर्मचारी र नर्स मात्र थिए । खतिवडाले दुई महिना अगाडि काटेको ओपीडी पुर्जी र गोजीमा राखेको स्वास्थ्य विमा कार्ड देखाउँदै नर्सलाई पीडा सुनाए, ‘नानी दाँत दुःखेर असह्यै पीडा भयो । रातभरि सुत्न सकेको छुइनँ । यो दाँत उखालिदेउन बाबै !’
वृद्ध खतिवडाको कुरा सुनेपछि दन्त विभागमा रहेका एक जना कर्मचारीले भने, ‘हामीले त खोल्न मिल्दैन बा । डाक्टरले मात्र गर्नुहुन्छ । आज चिकित्सकको विरोधको कारणले ओपीडी बन्द छ । भोलि आउनु ।’ यहाँ पनि सोधपुछ डेक्समा भनेकै कुरा दोह¥याएपछि वृद्ध निराश भएर ओपीडी भवनबाट बाहिरिए । हस्पिटल परिसरमा पुगेका संचारकर्मीसँग वृद्ध खतिवडाले गुनासो पोख्दै भने, ‘घण्टौं लगाएर पैदल हिडेर सरकारी हस्पिटल आए । त्यहाँ आएपछि डाक्टरले हेरेर औषधी उपचार गरिदिए केही जाति हुने थियो कि भनेको त्यो पनि आज भएन् । यहाँ भएको भए बीमाबाट उपचार हुने थियो । निजी हस्पिटल गयो भने त पैसो सकिहाल्छ नि ! आर्थिक रुपमा विपन्न भएका हामी जस्ता निजीमा उपचार गर्न सकिदैन बाबै । बरु फेरि आउँछु । अहिले घरतिरै लागे ।’
खतिवडा त एक प्रतिनिधि पात्र मात्र हुन् । आइतबार केही घण्टा आकस्मिकबाहेकका सेवा बन्द गर्ने नेपाल मेडिकल एशोसिएसन (एनएमए)को आन्दोलनले बिरामीको पीडामाथि झन् पीडा थप्यो । उपचार गराउन कोशी अस्पताल आएका बिरामी अधिकांशको यस्तै गुनासो थियो ।
पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा दैनिक १ हजार देखि १ हजार ५ सय जना बिरामी ओपीडीमा स्वास्थ्य जाँच गराउने आउने अस्पतालको अभिलेखमा देखिन्छ । चिकित्सकहरूले देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्दा बिरामीहरू मर्कामा परेका छन् । कोशीका चिकित्सकहरु पनि ओपीडी बन्द गरेर आन्दोलनमा उत्रिदा यहाँ आइतबार आएका बिरामी मर्कामा परे । मोरङ कानेपोखरी गाउँपालिका—६ की सावित्रा पराजुली पेट दुःखेपछि उपचारका लागि कोशी आएकी थिइन् । कोशी अस्पतालमा आन्दोलनको कारणले ओपीडीमा चिकित्सकहरू भेटिनन् । उनी पनि उपचार नगरी घर फर्किइन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला चिकित्सकमाथि लाठीचार्जको घटनाको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरेको हो । शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई प्रहरीले लाठ्ठी चार्ज गरी घाइते बनाएको थियो । सोही घटनाको विरोधमा नेपाल चिकित्सक संघको केन्द्रीय समितिको शनिबार बसेको आकस्मिक बैठकले आइतबार देशभरका सरकारी तथा गैरसकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई काममा जुट्न अनुरोध गरेको थियो । तर, एनएमएले आन्दोलन फिर्ता लिएन् । दिउँसो प्रधानमन्त्री कार्यलयमा भएको वार्तामा सरकारसँगको ६ वुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन फिर्ता भएको छ ।
डडेल्धुरा, १९ जेठ-डडेल्धुराका कोरोना संक्रमित युवकले कोरोनालाई जितेका छन् । जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका-१० का २८ वर्षीय युवकले कोरोना जितेका हुन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ पटक रिपोर्ट नेगेटिभ...
काठमाडौं, १५ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस संसदीय दलको कार्यालयका अनुसार बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्न लागेको हो । समसामयिक...
विराटनगर । विराटनगर – १६ मा रहेको गौतम बुद्ध स्कुलमा गौतम बुद्ध स्पोर्ट्स मिट सुरु भएको छ । स्कुल परिसरमा बिहीबारदेखि दुई दिने स्पोर्ट्स मिट सुरु भएको हो ।स्पोर्ट्स मिट सुरु हुनुभन्दा अगाडी विद्यार्थीहरुले वृहत...
विराटनगर, ३ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गरे । सामाजिक विकास मन्त्रालयद्धारा सोमबार...
सर्लाही, १२ वैशाख-सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवाका १४ वर्षीय किशोरमा कोरोना भाइरस सङ्क्रमण पोजिटिभ पाइएपछि थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको छ । किशोरलाई बिहीबार राति उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाइएको सर्लाहीका प्रमुख...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता गोकुल बाँस्कोटले पार्टीभित्र संकट मडारिए पनि आशाको किरण बाँकी नै रहेको संकेत गरेका छन् । पछिल्लो समय ट्विटरमा निकै सक्रिय देखिएका पूर्वसंचारमन्त्रीसमेत रहेका बाँस्कोटाले...
काठमाडौं, २९ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...
एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्धारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमान्ले...