विराटनगर । विराटगर– स्थित एभरेष्ट स्कुलको वार्षिक स्पोर्ट्स मिट आजदेखि सुरु भएको छ । एभरेष्ट कलेजको खेल मैदानमा आज मन्टेश्वरी तर्फका कक्षा नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीलाई विभिन्न प्रतियोगिता गराइएको हो ।
२१ गतेदेखि गर्ने तालिका रहेपनि यस वर्ष तीनदिने अभिभावक दिवस मनाउने तयारी भएपछि स्पोर्टस् मिटलाई चरण चरणमा सम्पन्न गर्न लागिएको एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले बताए । उनका अनुसार आजदेखि मन्टेश्वरीका विद्यार्थीहरु सहभागि हुने खेलकुदका गतिविधि सुरु भएका हुन् भने यसै साताभित्र कक्षा २ देखि ५ सम्मका विद्यार्थीहरुको पनि स्पोर्ट्स मिट सम्पन्न हुनेछन् ।
माघ २७ देखि तीन दिन अभिभावक दिवस मनाउने हुँदा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुको स्पोर्ट्स मिट भने फागुनको पहिलो साता हुने विद्यालयले जनाएको छ । बालबालिकाको सर्वाङ्गिण विकासका लागि खेलकुद अपरिहार्य रहेकाले हरेक वर्ष तालिका बनाएर खेलकुद प्रतियोगिताहरु गर्दै आएको एभरेष्टले प्रशिक्षक मार्फत विभिन्न खेलको नियमित प्रशिक्षण कक्षा समेत सञ्चालन गर्दै आएको छ ।
विराटनगर । भारतबाट तस्करीको क्यारिङ गर्ने एक जना महिला पक्राउ परेकी छिन् । मोरङको सुन्दरहरैचा नगरपालिका – ८ घर भएकी दुर्गा घिमिरे पक्राउ परेकी हुन् । उनी चोरी पैठारी मुद्दामा फरार रहेकी थिइन् । उनीबिरुद्ध...
विराटनगर । विराटनगरस्थित सगरमाथा स्कुलमा सगरमाथा स्पोर्ट्स मिट सुरू भएको छ । एक कार्यक्रम आयोजना गरि पाँच दिनसम्म संचालन हुने सगरमाथा स्पोर्ट्स मिट शुक्रबारदेखि सुरू भएको हो । सगरमाथा स्पोर्ट्स मिटको उद्घाटन स्कुलका प्रिन्सिपल त्रिलोचन...
विराटनगर, बैशाख २७–उर्लाबारी नगरपालिका– ७ स्थित महिला विकास तथा बालबालिका चेतना केन्द्र द्वारा सञ्चालित नमूना बाल गृहमा रहेका बालवालिकाहरूको लागि निःशुल्क स्वास्थ्य शिविर तथा खाद्यान्य वितरण गरिएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाको...
विराटनगर, पुस १६=प्रदेश १ मा भ्रमण वर्ष २०२० को औपचारिकरुपमा बुधबार उद्घाटन गरिएको छ । प्रदेश राजधानी विराटनगरको शहीद रंगशालामा एक कार्यक्रमका बीच मुख्यमन्त्री शेरधन राईले भ्रमण वर्षको उद्घाटन गरे । नौमति बाजा बजाएर विभिन्न जातजाति...
काठमाडौं, २३ जेठ-रुकुम घटनालाई लिएर प्रतिनिधि सभा अवरुद्ध गरिएको छ । प्रतिनिधि सभा सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका हुन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा गत १० गते ६ जनाको ज्यान जाने...
विराटनगर, बैशाख १३–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस विरुद्ध सबै एक भएर लाग्नु पर्ने बताएका छन् । शनिबार कोरोना प्रभावित जिल्ला उदयपुर र भोजपुर पुगेर मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । कोरोना...
एजेन्सी, असार १-नेपालसँगका सबै समस्याको दुई मुलुकबीचको छलफलबाट समाधान खोजिने भारतीय रक्षा मन्त्री राजनाथ सिंहले बताएका छन् । छिमेकी देश नेपालसँग सामाजिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध मात्र नभइ ‘धार्मिक’ पनि भएको उनले बताए । सीमा...
काठमाडौं, ११ असार-सरकारले पर्याप्त गृहकार्य र नियमित प्रक्रियाअन्तर्गत विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइसम्बन्धी बोलपत्र आह्वान भएको स्पष्ट गरेको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा सदस्यको जिज्ञासाको जबाफ दिँदै राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले ७...