रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा थाइराइड सम्बन्धी सचेतना, तीन जना सम्मानित
शुक्रबार, १३ माघ, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगरस्तित रोटरी भवनमा थाइराइड सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोटरी भवनमा डा. ममता वर्माको उपस्थितीमा थाइराइड सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको हो ।
सो अबसरमा डा. बर्माले थाइराड रोग र त्यसबाट बच्चे उपायका विषयमा सहभागीलाई जानकारी गराएकी थिइन् । कार्यक्रमबाट स्थानीय ८० जना लाभान्वित भएका छन् ।
सो अवसरमा तीन जनालाई सम्मानसमेत गरिएको छ । सिलाई प्रशिक्षक इन्दीरा बस्नेतलाई व्यवसायीक पुरस्कार वितरण गरिएको छ । २०२३ को जनवरी महिना रोटरीको क्यालेण्डर अनुसार व्यवसायीक महिना हो ।
सोही कारण महिलाहरुलाई शिप सिकाएर आर्थिक रुपमा सवल बनाई महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका निभएकाले रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बस्नेतलाई प्रमाणपत्र र नगद पुरस्कार सहित सम्मान गरेको हो ।
ब्स्नेतले विगत २० वर्षदेखि ग्रामीण क्षेत्रका महिला र युवतीहरुलाई शिप सिलाइकटाईको तालिम दिँदै आएकी छिन् ।त्यस्तै पशुपती शिक्षा मन्दिर कटहरीकी प्रधानाध्यापक शान्ता नेपाल (पोखरेल) र ज्योती आधारभूत विद्यालय खार्जीका शिक्षक भोजकुमार अधिकारीलाई राष्ट्र निर्माण पुरस्कारबाट सम्मानित गरिएको छ ।
विद्यार्थीहरूको भविष्य निर्माणमा योगदान पु¥याएकोमा नगदसहित राष्ट्र निर्माण पुरस्कार वितरण गर्दै उनीहरुलाई सम्मान गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।
विराटनगर । विराटनगरमा रहेको रहेको पोखरीया उच्च माविलाई देशभरीकै उत्कृष्ट सामुदायिक विद्यालय भएको भन्दै सम्मान गरिएको छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच पोखरीया माविलाई देशभरीकै उत्कृष्ट सामुदायिक विद्यालय भन्दै सम्मान...
विराटनगर, । विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत स्टाफ नर्स र प्रसुती वार्डका विरामीलाई सहयोग गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले सो अस्पतालमा कार्यरत स्टाप नर्सलाई ३२ थान महिनावारीको समयमा लगाउने कप र सुत्केरी...
काठमाडौं,३० वैशाख -सेयरबजार परिसूचक नेप्से खुलेको डेढ घण्टा हुन नपाउँदै २५ अंकले घटेर सर्किट लागेको छ । नेप्से परिसूचक २५.३० अंकले घट्दा १२२६.१५ अंकमा पुगेर कारोबार बन्द भएको हो । मंगलबार ८७ कम्पनीको १ लाख...
काठमाडौं, २ साउन-मलेसियामा गाँजा तस्करीको अभियोगमा पक्राउ परेका एक नेपाली तथा दुई मलेसियन नागरिकलाई सुनाइएको मृत्युदण्डको सजाय नहुने भएकाे छ । उनीहरूलाई उच्च अदालतले गाँजा तस्करीको अभियोगमा दुई वर्षअघि मृत्युदण्डको फैसला गरे पनि अब मृत्युदण्डकाे सट्टामा...
एजेन्सी चैत १४-पछिल्ला केही सातादेखि युरोप कोरोना भाइरसको महामारीको केन्द्र बनेको छ । केही देशमा सरकारले नागरिकलाई घरभित्रै बस्न भनिरहेको छ र देश नै लकडाउन गरिएको छ । भाइरस फैलिन नदिन प्रतिबन्धहरू लगाइएको छ ।...
एजेन्सी, बैशाख २७-विश्वभरी पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार दिएको जानकारीअनुसार कुल सङ्क्रमितको संख्या ८७ हजार ७२९ रहेको छ । योसँगै विश्वभरी अहिलेसम्म कुल सङ्क्रमितको...
काठमाडौं, १५ असोज-नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर एक/एक रुपैयाँ घटाएको छ । निगमले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए...
काठमाडौँ, ३० माघ -गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताउनुभएको छ । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उहाँले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा...