सरस्वती स्कुलमा चार वटा अक्षयकोष, रकम बढाएर ३ लाख १३ हजार पुगो

 न्यूज विराट
सरस्वती स्कुलमा चार वटा अक्षयकोष, रकम बढाएर ३ लाख १३ हजार पुगो

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा स्थापना गरिएको अक्षयकोषमा रकम बढाएर लगिएको छ । स्थापना गरिएको अक्षयकोषमा दाताहरूले रकम थप गरेर बढाएका हुन् ।


स्कुलमा चार वटा अक्षय कोष रहेको छ । सरस्वती पूजाको अवसर पारेर बिहीबार दाताहरूले अक्षयकोषमा रकम थपेर कोष बढाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराइलीले जानकारी दिए ।
विद्यालयका पूर्व विद्यार्थी सुरेन्द्र दियालीले स्वर्गीय भएका वावुको नाममा स्थापना गरिएको कोषमा ६१ हजार १ सय ११ रुपैयाँ थप गरिदिएका छन् । स्वर्गीय हर्क बहादुर दियाली अक्षयकोष सुरुमा ५० हजार रुपैयाँको थियो । अहिले थप गरेर यो कोष १ लाख ११ हजार १ सय ११ रुपैयाँ बनाएको छ ।

यसअघि कालुसिंह, आइतरानी, बुधराज, धनबहादुर सावा अक्षयकोष १ लाख १ हजार, चन्द्र जोगमाया, संगीता पुरी अक्षयकोष ५१ हजार १ सय ५ रुपैयाँ र स्वर्गीय पदम बहादुर साम्बा लिम्बु अक्षयकोष ५० हजार रुपैयाँको रहेको छ । विद्यालयमा स्थापना भएको चार वटा अक्षयकोषको रकम ३ लाख १३ हजार २१६ रुपैयाँ भएको छ ।


बिहीबार ढाका बहादुर पुरीले स्वर्गीय छोरी संगीता पुरीको सम्झनामा १ हजार १ सयको विपन्न जेहन्दार विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । स्कुलमा स्थापना गरिएको अक्षयकोषबाट जेहन्दार विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिदै आएको छ ।
सरस्वती पूजाको अवसर पारेर स्कुलको उत्कृष्ट शिक्षक लक्ष्मी मोक्तानलाई सम्मान गरियो । अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

सुन राख्ने खाली बट्टा तस्करी गर्ने तीन जना पक्राउ

विराटनगर । भारतदेखि अवैध रूपमा सुन राख्ने खाली बट्टापनि तस्करी गरी ल्याउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।भारतबाट तस्करी गरेर नेपाल ल्याउने तीन जनालाई प्रहरीले शुक्रबार राती विराटनगर १८ खोक्साहाबाट पक्राउ गरेको हो ।...

चार जना पत्रकार पुरस्कृत

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । सहकारीको बाह्रौ स्थापना दिवसको अवसर पारेर बुधबार विराटनगरमा पत्रकारहरू प्रमोद प्रधान, नवराज कट्टेल, सन्तोष सिग्देल र रञ्जिता पोखरेललाई पुरस्कृत गरिएको हो...

जन्मसिद्धका सन्तानलाई नागरिकता दिन माग राख्दै विराटनगरमा प्रर्दशन

विराटनगर । नागरिकता संशोधन विधेयक पारित गरिनुपर्ने माग राख्दै विराटनगरमा प्रर्दशन गरिएको छ । उनीहरुले नागरिक विधेयक पारित गरी जन्मसिद्धका सन्तानालाई नागरिकता दिनुपर्ने माग राख्दै विराटनगरमा आइतबार प्रर्दशन गरेका हुन् ।नेपालको संविधानले २०७२ सालअघि नेपालको...

पर्सामा थप १ सय ४२ जनामा काेराेना

काठमाडाैं, २३ साउन-नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ४२ जनामा कोरोना भाइरस (काेभिड-१९)काे संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार बिहीबार राति गरिएकाे परीक्षणमा २२ महिला र...

एमाले एकता बचाउन फेरि छलफलमा जुटे कार्यदलका नेता, यस्तो छ १० बुँदेअनुसार अघि बढने गृहकार्य

काठमाडौं, साउन २ । एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकताको पहल जारी राखेका छन् । एमाले स्थायी कमिटीले धन्यवादसहित १० बुँदे सहमति अनुमोदन गरी कार्यदल बिघटन गरेपछि उत्साहित बनेका कार्यदलका सदस्यहरु फेरि एकजुट बनेका हुन ।...

भेन्टिलेटर र आइसियू सुविधासहितको कोभिड अस्पताल निर्माण गर्न कांग्रेसको माग

विराटनगर, २७ असोज–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १५ दिन भित्र भेन्टिलेटर र पर्याप्त आईसियू सुविधासहित १ हजार शैयाको कोभिड अस्पताल तयार पार्न प्रदेश सरकारसँग माग गरेको छ । मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसले...

एकता अभियानलाई पार्टी बनाउने बामदेवकाे घाेषणा

राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफू नेतृत्वको नेकपा एकता अभियानलाई पार्टी बनाउने घोषणा गरेका छन् । ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले एकता अभियानलाई वडा तहसम्मै विस्तार गरिने बताएका हुन् । यद्यपि,...

लेखाका कर्मचारीको माग प्रदेश सरकारले सम्बोधन गर्ने, कर्मचारी फर्किए काममा

विराटनगर । कोशी प्रदेशका लेखाका कर्मचारीहरु शुक्रबारदेखि काममा फर्किएका छन् । गत असार ६ गतेदेखि पेन डाउन गरेर आन्दोलनमा उत्रिएका कर्मचारीहरू प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले न्यायोचित मागको सम्बोधन गर्न आवश्यक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्