सय रुपैयाँभन्दा बढी मूल्यको वस्तुमा अनिवार्य भन्सार तिराइन्छ

 न्यूज विराट
सय रुपैयाँभन्दा बढी मूल्यको वस्तुमा अनिवार्य भन्सार तिराइन्छ

७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर विराटनगर भन्सार कार्यालयले हप्ताभरि विभिन्न कार्यक्रम गरी आज मनाउँदैछ । हप्ताभरि गरेका कार्यक्रम बिहीबार औपचारिक कार्यक्रम आयोजना गरी समापन भएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्रप्रसाद ढुङ्गानासँग गरिएको संक्षिप्त कुराकानीः

आइसिपीबाट कसरी काम कारबाही भइरहेको छ ?

– एकीकृत जाँच चौकी अन्तर्गत विभिन्न सम्बन्धित निकायहरू एकै ठाउँमा रहेर कार्य गरिन्छ । जस्तै भन्सार कार्यालय, क्वारेन्टाइन कार्यालयहरू, बैङ्क, सुरक्षा निकाय, अध्यागमन कार्यालय, प्रयोगशाला आदि यी सबै कार्यालयहरू एकै ठाउँमा हुने गर्दछ । विदेशबाट आउने व्यक्ति वा मालसामानको चेकजाँचसम्बन्धी कार्य र सुविधा एकै ठाउँबाट प्रदान गरिन्छ । एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात–निर्यातकर्तालाई कम समयमै सहजरूपमा वस्तु आयात–निर्यात गर्न सहज भएको छ ।

यात्रु शाखाबाट कस्तो सामान जाँचपास हुन्छ ?
– यात्रु शाखाबाट यात्रुहरूले आफ्नो साथमा ल्याएको एक सय रुपैयाँभन्दा बढीका सामान्य वस्तुहरू (झिटी, गुन्टा कानूनले तोकेका वस्तुहरू) जाँचपास हुन्छ । व्यापारिक सामानहरू आइसिपीबाट मात्र जाँचपास गरिन्छ ।

भारतको जोगवनीबाट सर्वसाधारणले यसअघि सहजरुपमा घरायसी सामान ल्याउने गरेका थिए । अहिले कडाइ गरिएको हो ?
– खुद्रा सामान खरिद गर्न भारतीय बजार जोगवनी जाने प्रवृत्तिलाई न्यूनीकरण गर्न विराटनगर भन्सार कार्यालयले कडाइ गर्न थालेको छ । चोरी, तस्करी र भन्सार चुहावट हुने क्षेत्रमा सुधार गरी राजश्व वृद्धि गर्ने उद्देश्यले औपचारिक तथा अनौपचारिक दुवैतर्फबाट हुने चुहावट नियन्त्रण गर्नेतर्फ भन्सार कार्यालयले एकैसाथ काम थालेको हो । विराटनगर भन्सार भएर भारतको जोगवनी बजारमा दैनिक हजारौं नेपालीहरू किनमेलका लागि जाने र करोडौं रुपैयाँ खर्चिने गरेकोले त्यसलाई रोक्न भन्सार कार्यालयले भारतबाट आउने यात्रु र किनमेलका लागि गएका उपभोक्ताहरूमाथि कडाइ गर्न थालेको हो । दैनिक बजार भर्न भारतीय बजार जोगवनी जानेहरूबाट सङ्कलन हुने भन्सार राजश्वमा उल्लेख्य सुधार आएको छ । यसरी नेपाली ग्राहक भारतीय बजारमा सामान खरिदका लागि जाने कार्यले एकातिर सर्वसाधारण भारतमा लुटिने, चोरिने, ठगिने तथा कमसल वस्तु खरिद गर्न बाध्य हुनेछन् भने अर्कोतिर स्वदेशी व्यापार निरुत्साहित हुने र नेपाली व्यापार घट्ने कार्यले देशको अर्थतन्त्रलाई नै नकारात्मक असर पर्दछ । त्यसैले उपभोग्य र खुद्रा वस्तु खरिद गर्न पनि भारतीय बजारमा जाने प्रवृत्ति बढ्दै गएकोले त्यसलाई रोक्ने प्रयास गरिएको हो ।

भन्सारमा कडाइ गरेको भए पनि किन लक्ष्यअनुसार राजस्व सङ्कलन भएन ?

– यसमा विभिन्न कारणहरू छन् । जसको विस्तृत अध्ययन र विश्लेषण हुनुपर्छ । विश्वमा आर्थिक मन्दी बढेको अवस्था रहेको छ । आयातमा आधारित राजस्व भएको र आयात नै घटेको अवस्था भएको कारणले पनि लक्ष्यअनुसार राजस्व उठाउन नसकिएको अवस्था हो । यस्तै बैङ्क÷वित्तीय संस्थाहरूसँग तरलताको अभाव भएको, लगानी कम भएको र राष्ट्र बैङ्कबाट नै पैठारीमा नियन्त्रणमुखी योजना भएकोदेखि लिएर विराटनगर औद्योगिक क्षेत्र भएको र उद्योगहरूले आफ्नो उत्पादन ठूलो मात्रामा कटौती गरेको र खुल्ला बोर्डरको कारणले पनि थप चुनौती भएको हो । अर्को कुरा, भन्सारको लक्ष्य नै ठूलो रहेको छ । यसलाई पनि पुनर्विचार गर्नुपर्ने अवस्था रहेको छ ।

घरायसी सामान खरिद गर्न ठूलो सङ्ख्यामा भारतीय बजार जोगवनी जाने गर्दछन् । यसरी दैनिक सयौंको सङ्ख्यामा सीमावर्ती भारतीय बजार जाने नेपालीलाई के भन्नुहुन्छ ?

– घरायसी सामान नेपालमै खरिद गरौं । यसो गर्दा सामानको वारेन्टी र ग्यारेन्टी हुन्छ । स्वेदशी बजारमा सामान खरिद गर्दा गुणस्तरहीन सामान फिर्ता गर्न सजिलो हुन्छ । भारतमा चोरिने, ठगिने र कम तौल दिने धेरै भेटिएको छ, यसबाट बचिन्छ । सबै व्यापारीले भन्सारमा राजस्व तिरेर मात्र आइसिपीबाट कारोबार गरिनुपर्दछ । यात्रु शाखाबाट व्यापारिक सामान जाँचपास हुँदैन । गलत बाटोबाट पैठारी गरेमा मालसामान जफत हुन्छ र दण्ड जरिबानासमेत लाग्छ । कानूनी कारबाहीसमेत हुने जानकारी गराइन्छ । चिनी तथा केही खाद्यवस्तु भारतीय बजारमा सस्तोमा पाइए पनि उपभोक्ताहरूले परिमाणमा ठगिने गरेका छन् । त्योबाहेक बजारलाई निर्वाध खुला छोडिदिँदा नेपाली बजार र व्यापारमा पर्ने असर कम गर्न नसकिएकोले भन्सारलाई व्यवस्थित गरिएको छ । जोगवनी–रानी प्रवेशद्वारबाटै उपभोक्ता र भारतबाट आउने यात्रुहरूलाई चेकजाँच गर्ने कार्यलाई कडाइ गर्न थालेपछि खुद्रा वस्तुहरूको आयातका लागि भन्सारसँग अनुमति लिने क्रम बढ्न थालेको छ । लामो समयदेखि भारतबाट माछाको आयात गर्दा औपचारिक मार्ग प्रयोग नभइरहेकोमा केही दिनयता माछा आयातका लागि भन्सारमा अनुमति माग्न थालिएको छ । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी, जनपद प्रहरीका युनिटहरू र सिङ्गो भन्सार कार्यालयले सीमाक्षेत्रबाट हुने चोरी तस्करी र अनौपचारिक आयातमाथि निगरानी बढाउँदै कडाइ गरेपछि थुप्रै वस्तुहरू भन्सारमार्फत् आयात हुन थालेको छ । अहिले एक सय रुपैयाँभन्दा बढी मूल्यको वस्तुमा अनिवार्य भन्सार तिराउन थालिएको छ ।

सम्बन्धित समाचार

भ्रष्टाचार तथा सम्पत्ति शुुद्धीकरणसम्बन्धी मुद्दाको चाप बढ्यो

काठमाडौं, ३१ असार-भ्रष्टाचार तथा सम्पत्ति शुुद्धीकरणसम्बन्धी मुद्दा हेर्न विशिष्टकृत अदालतका रूपमा स्थापना गरिएको विशेष अदालतमा पछिल्लो समयमा मुद्दाको चाप बढदै गएको छ । आर्थिक वर्ष २०७६/७७ मा नयाँ दर्ता मात्र ४५० थान मुद्दा छन् ।...

फार्मेशीको दरबन्दी अविलम्व सृजना गरिनुपर्ने एनपीएको माग

विराटनगर । सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड अनुसार फार्मेशीको दरबन्दी अविलम्व सृजना गरिनुपर्ने नेपाल फर्मास्युटिकल एसोसिएशन नेपाल (एनपीए) ले माग राखेको छ । एनपीएले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ पूर्ण...

विराटनगरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, १४ असोज-असोज-मोरङको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका ६ का ६० वर्षीय पुरूष रहेको केन्द्रका संयोजक चिकित्सक दीपक...

प्रधानमन्त्रीको आमसभाका लागि व्यापक सुरक्षा तयारी

धनगढी, २२ पुस-संसद विघटनपछि पहिलो पटक उपत्यका बाहिर कार्यकर्तालाई सम्बोधन गर्न सुदूरपश्चिम आउन लागेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको आमसभाको सुरक्षाका लागि व्यापक सुरक्षा तयारी गरिएको छ । नेकपाले २४ पुसमा धनगढीमा आयोजना गर्न लागेको...

प्रदेश २ मा थप २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ

प्रदेश २ मा भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका ८ जनामध्ये २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका अनुसार ८ र ९ मार्चमा दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी...

नेकपा विवाद समाधान गर्न पौडेलको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं,  ३० साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विद्यमान आन्तरिक विवादको समाधानका लागि आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ...

हार्दीक बधाई तथा सफल कार्यकालको शुभकामना

रोटरी इन्टरशनेशनल २०२१/२२ को प्रेसिडेन्ट र प्रथम महिला चयन हुनुभएकोमा रोटरियन शेखर मेहता र रोटरियन राशी मेहता ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ । साथै प्रथम महिला राशी मेहता रोटरी क्लब अफ...

रोल्पामा बम विष्फोट हुँदा ४ बालबालिकाको मृत्यु

काठमाडौं, १८ वैशाख-रोल्पामा बम विष्फोट हुँदा ४ बालबालिकाको ज्यान गएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्