सरूवा बदरको माग राख्दै अदालतमा रिट, ९ माघमा छलफलको लागि आउन आदेश
आइतबार, ०८ माघ, २०७९,
न्यूज विराट
विराटनगर । मोरङ कारागारका चौकीदार अभिषेक गिरीले कारागार व्यवस्थापन विभागले गरेको सरुवा गृह गैरकानुनी भन्दै सरूवा रोक्न माग राख्दै उच्च अदालत विराटनगरमा रिट दर्ता गराएका छन् ।
गिरीले उच्च अदालत विराटनगरमा सरुवा रोक्न अन्तरिकम आदेशको माग राख्दै ३ माघमा उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराएका हुन् । उनले कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय र मोरङ कागारालाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन् ।
कारागार व्यवस्थापन विभागको नियममा समान्यता एक वर्ष भन्दा कम अवधिमा छुटने कैदीबन्दीहरुको सकेसम्म सरुवा नगर्ने भन्ने उल्लेखछ । कारागार व्यवस्थापन विभागको निर्णाय विपरीत सरुवा गर्न खोजेको भन्दै गिरीले उच्च अदालत विराटनगरमा सरुवा बदरको माग राख्दै ‘उत्प्रेसण परमादेश’ को माग गरेका हुन् ।
स्थानान्तरणको निर्णय बदर गरिपाउँ भन्दै ‘उत्प्रेसण परमादेश’ माग गरेर माघ ३ गते मंगलबार रिट परेको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए । रिट परेको भोलीपल्ट उच्च अदालत विराटनगरका न्यायाधीश किरण कुमारी पुप्ताको एकल इजालशले माघ ९ गते दुवै पक्षलाई छलफलको लागि उपस्थित हुन आदेश गरेकी छिन् । ‘दुबै पक्षलाई रोहवरमा राखी छलफल गराई उचित निष्कर्षमा पुग्न मनासिव हुने देखिएकाले अन्तरिम आदेश जारी हुनु पने वा नपर्ने सम्बन्धमा छलफलका लागि मिति २०७२।१०।०९ गतेको पेसी तोकी पेसीको सूचना विपक्षीहरुलाई दिई नियमानुसार पेश गर्न,’ आदेशमा उल्लेखछ । गिरीको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश कोइराला र अधिवक्ताद्वय कल्याण के.सी. र मदन कुमार पन्तले बहस गरेका थिए ।
‘यसमा के कसो भएको हो ? माग बमोजिमको आदेश जारी हुनु पर्ने हो वा होइन ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए आदेश जारी हुनु नपनका आधार र कारण खुलाई भए लिखित प्रमाण समेत साथै राखी वाटाका म्याद वाहेक १५ दिन भित्र उच्च सरकारी वकील कार्यालय विराटनगर मार्फत लिखित जवाफ पेश गर्नु भनी यो आदेश र निवेदनको प्रतिलिपी साथै राखी विपक्षीहरूका नाउँमा सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु,’ आदेशमा उल्लेखछ ।
कैद भुक्तान हुन एक महिना पनि नहुदै मोरङ कारागारका चौकीदार अभिषेक गिरीको स्थान्तरण गर्नुपर्ने भन्दै गृह मन्त्रीको निर्देशनमा कारागार व्यवस्थापनले मोरङ कारागारमा पत्र पढाएको थियो । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गर्दै आएका गिरीको मकवानपुरको भीमफेदी कारागार स्थानान्तरण गरिने पत्र आएको छ । गिरीको फागुन ३ गते कैद भुक्तान सिकिदैछ । विराटनगरका स्थानीय एमालेका नेताले दबाव दिएर गृहमन्त्री रवि लामिछानेको निर्देशनमा कारागार व्यवस्थापन विभागले गिरीलाई ‘जतिसक्दो चाँडो’ स्थानान्तरण गर्नु भनेर मोरङ कारागारलाई पत्र पठाएको हो । गिरीलाई २०७८ मंसिर ९ गते मोरङ कारागार ल्याइएको थियो ।
विराटनगर । त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको विविएस तेस्रो वर्षको नतिजा अनुसार विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजले उत्कृष्ट नतिजा ल्याएको छ । मेरिल्याण्डकी छात्रा कृति बोहराले ७७.८ प्रतिशत (डिस्टीङ्सन) अंक प्राप्त गरी प्रदेश प्रथम भएको...
विराटनगर । प्रदेश १ मा एक वर्षमा १५ हजार ९ सय ११ जनाले सुरक्षित गर्भपतन गराएको पाइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश १ मा...
विराटनगर, २५ वैशाख । नेकपा एमाले विराटनगरका मेयरका उम्मेदवार सागर थापाले कर्मचारीहरूको पेशागत सुरक्षाको प्रत्याभूति गर्ने बताएका छन् । आइतवार विराटनगर महानगरपालिका कर्मचारीहरूसँगको साक्षत्कार कार्यक्रममा बोल्दै आफूले महानगरपालिकाका नेतृत्व प्राप्त गरेपछि त्यहाँ कार्यरत सबै कर्मचारीहरूको...
विराटनगर, ६ कात्तिक । बेमौसमी झरीको कारण १ नम्बर प्रदेशमा गएको तिन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता भएका छन् भने सयौ घर डुवानमा परेका छन् । प्रदेश...
विराटनगर । मोरङको रतुवामाई नगरपालिकाले वितरण गर्नका लागि खरिद गरेको खानेपानी बायोस्यान्ड फिल्टरमा नीतिगत भ्रष्टचार भएको भन्दै छानविन गर्न माग गरेको छ ।नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) रतुवामाइ नगर समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै...
विराटनगर । विराटनगरमा जारी प्याब्सन स्पोर्ट्स मिटमा सर्वाधिक पदक जित्ने खेलाडी मोरङको सुन्दरहरैचामा रहेको पूर्वाञ्चल एकाडेमीकी सृजना वि.क. र सीतल मगर भएकी छिन् ।दोस्रो दिन शनिबारसम्म सृजना र सितलले दुई विधामा समान २–२ स्वर्ण पदक...
काठमाडौं, १० जेठ-सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु)को ८१ वर्षको उमेरमा निधन भएको छ । उनको ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल उपचारका क्रममा शुक्रबार निधन भएको हो । उनी २०५८ साल वैशाखदेखि २०६३...
विराटनगर, २२ भदौ–कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप २ जनाको मृत्यु भएको छ । एक जनाको आइतबार र एक जनाको सोमबार विहान मृत्यु भएको हो । विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–१० का...