प्याब्सन स्पोर्टस मिटको उद्घाटनमा बालदेवदुत, बुढानिलकण्ड र पूर्वाञ्चल एकाडेमीको सुरूवाती अग्रता

 न्यूज विराट
प्याब्सन स्पोर्टस मिटको उद्घाटनमा बालदेवदुत, बुढानिलकण्ड र पूर्वाञ्चल एकाडेमीको सुरूवाती अग्रता

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट शुक्रबारबाट सुरू भएको छ । विराटनगरस्थित सहिद मैदानमा प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि प्रतियोगिता सुरू भएको हो ।

उद्घाटनको दिन तीन वटा खेल सम्पन्न भएको छ । तीन खेल सम्पन्न हुँदा रंगेलीको बालदेवदुत विद्या मन्दिर, विराटनगरको बुढानिलकण्ड र सुन्दरहरैचा नगरपालिकाको पूर्वाञ्चल एकाडेमीले सुरूवाती अग्रता लिएको छ । शुक्रबार सम्पन्न भएको छात्रतर्फको सटपुटको फाइनलमा रंगेलीको बालदेवदुत विद्या मन्दिरका सुदिप कार्कीले स्वर्ण पदक जितेका छन् । विराटनगरको कोशी विद्या मन्दिरका युनिक मेहताले रजत र बेलबारीको माउन्ट एभरेष्ट सेकेण्डरीका प्रशान्त न्यौपानेले कास्य पदक जितेका छन् । यो प्रतियोगिताको छात्रातर्फको फाइनल शनिबार हुनेछ ।

यस्तै छात्रातर्फको लङजमको फाइनलमा विराटनगरको बुढानिलकण्ड स्कुलकी रोश्नी विश्वासले स्वर्ण, धनपालाथान गाउँपालिकाको जिवन विकास स्कुलकी रेग्मी शर्माले रजक र सुन्दरहरैचाको बालप्रतिका स्कुलकी पवित्रा भूजेलले कास्य पदक जितेकी छिन् । छात्रा तर्फको खेल हुन बाँकी छ ।

यसैगरी छात्रातर्फको ज्याबलिङ थ्रोको सम्पन्न फाइनल खेलमा सुन्दरहरैचाको पूर्वाञ्चल एकाडेमीका कृष्पा कार्कीले स्वर्ण, सुन्दरहरैचाको बालप्रतिभा स्कुलकी रेबिका श्रेष्ठले रजत र ग्रामथान गाउँपालिकाको जनक मेमोरियाल स्कुलकी अन्जु माझीले कास्य पदक जितेकी छिन् । छात्रतर्फको फाइनल शनिबार हुनेछ ।

बास्केटबलको फाइनलमा बिकेभिएम र सगरमाथा
प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत भएको बास्केटबल प्रतियोगिताको फाइलनमा विराटनगरको सगरमाथा स्कुल र बिकेभिए पुगेको छ । एभरेष्ट स्कुलको खेलमैदानमा शुक्रबार भएको पहिलो खेलमा बिकेभिएमले एभरेष्ट स्कुललाई ३७ – ८ स्कोरले हराउँदै बिकेभीएम स्कुल फाइनलमा पुगेको हो । सोही दिन भएको दोस्रो खेलमा सगरमाथा स्कुलले सिद्धार्थ स्कुललाई ४२–२ स्कोरले हराउँदै सगरमाथा स्कुल फाइनलमा पुगेको छ । बास्केटबलको फाइनल शनिबार हुनेछ ।

फुटबलमा चार स्कुल सेमिमा
प्याब्सन स्पोर्ट्स मिट अन्र्गत भएको फुटबलमा चार वटा स्कुल विजयी भइ सेमिफाइनलमा पुगेको छ ।
विराटनगरको जुटमिलको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा बेलबारीको शिक्षा सन्देश स्कुलले रंगेलीको मिनी ब्याण्ड स्कुललाई १–० गोलले हराउँदै शिक्षा सन्देश सेमिफाइनलमा पुगेको हो । जितको लागि शिक्षा सन्देशका निर्णायक गोल आशिष मगरले गरे ।

सोही दिन भएको दोस्रो खेलमा सुन्दरहरैचाको ब्राइट फियुचर स्कुलले बालमिकी स्कुललाई ४ – २ गोलले हराउँदै ब्राइटफियुचर सेमिमा पुगेको छ ।
तेस्रो खेलमा सिद्धार्थ स्कुल बिजयी भयो । सिद्धार्थले मोरङ मोडल स्कुललाई ट्राइब्रेकरमा ४ – २ गोलले हराउँदै सिद्धार्थ सेमिमा पुगेको हो ।
चौथो खेलमा बेलबारीको शिक्षा सदन स्कुल सेमिमा पुगेको छ । शिक्षा सदनले सप्तकोशी स्कुललाई ३–२ गोलले हराउँदै शिक्षा सदन सेमिमा पुगेको हो ।

माघ ८ गतेसम्म संचालन हुने प्याब्सन स्पोर्ट्स मिटमा एक दर्जन खेलहरू समावेश गरिएको प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बाले जानकारी दिइन् । स्पोर्ट्स मिटमा फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथुन, सटपुट, थ्रिपल जम, हाइजम, लङजम, दौडलगायतका खेलहरू रहेको छ ।

स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरीका २२० वटा प्याब्सनमा आवद्ध विद्यार्थीहरूले भाग लिएका छन् । स्कुल तहदेखि खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्याब्सनले स्पोर्ट्स मिट गर्दै आएको ससचिब जगत बस्नेतले बताए ।

सम्बन्धित समाचार

तीन दिनभित्र रकम तिर्ने श्रीराम सुगर मिलकाे प्रतिवद्धता

राैतहटको श्रीराम सुगर मिलले किसानको सम्पूर्ण वक्यौता तिर्ने बताएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले श्रीराम सुगर मिलका सञ्चालक सम्पर्कमा आएको जानकारी गराएका हुन् । गत वर्षदेखि बन्द रहेक‍ाे यो उद्योगले किसानको ३५...

स्वास्थ्य मन्त्रालयले भन्यो : फेरि लकडाउन हुँदैन

काठमाडौं १६ असोज-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ हजार सक्रिय सङ्क्रमित भए पनि बन्दाबन्दी (लकडाउन) नगरी तिनको व्यवस्थापन गर्न सकिने जनाएको छ । यही ७ असोजमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले...

देवानगञ्ज गाउँपालिकामा स्यालको आतंक

सुनसरी, १२ असोज । सुनसरीको देवानगंज गाउँपालिकामा स्यालको आतंक बढेको छ । पछिल्लो समय स्यालको आक्रमणबाट दर्जनौँ व्यक्ति र घर पालुवा जनावर घाइते भएका छन् । पालिकाका विभिन्न स्थानमा एकासी स्यालले खेतमा काम गरिरहेका किसान,...

तेक्वाण्डोका खेलाडीले धेरै गोलमेडल जित्छन् : सदस्य सचिब वाग्ले

विराटनगर । खेलकुद विकास बोर्ड प्रदेश १ का सदस्य सचिब हंशराज वाग्लेले पोखरामा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वाण्डोबाट सहभागि हुने खेलाडीले सबैभन्दा बढी मेडल जित्ने बताएका छन् । प्रदेश नं. १ आइटिएफ...

चोरीको पेट्रोलिय पदार्थ महासचिब कार्कीको पम्पमा : संचालक रुद्रा कार्की सम्र्पकविहीन, ट्याङकर चालक प्रहरी नियन्त्रणमा

विराटनगर । चोरीको पेट्रोलिय पदार्थ पेट्रोलिय डिलर्स एसोसेसन कोशीको महासचिब रूद्र कार्कीले संचालन गरेको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित राउल एण्ड निसम पेट्रोल पम्पले खरिद गरेको पाइएको छ । ट्याङक चालकसँग मिलेर उक्त पेट्रोल पम्पले...

प्रदेश १ मा १२ संक्रमित थपिए

विराटनगर, ५ साउन–प्रदेश १ मा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा...

कोशी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

गोर्खा वेलफेयर ट्रष्ट नेपालले कोशी अस्पताल विराटनगरलाई ५ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ट्रष्टले कोसी अस्पताललाई २ र कोभिड-१९ अस्पतालाई १ गरि ३ वटा...

महानगरको वडाहरूमा तेली कल्याण समाज धमाधम बिस्तार

विराटनगर । तेली कल्याण समाज नेपालले विराटनगरको वडाहरूमा धमाधम समिति गठन गर्न सुरु गरेको छ । शनिबार विराटनगर–१० मा कार्य समिति गठन गरेको छ । सज्जन साहको अध्यक्षतामा समाजले १९ सदस्यीय कार्य समिति गठन गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्