प्रदेश १ का मुख्यमन्त्री कार्कीसहित तीन मन्त्रीले लिए शपथ
सोमबार, २५ पुष, २०७९,
न्यूज विराट
विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ्गबाट सोमबार मुख्यमन्त्री कार्कीले शपथग्रहण गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीसँगै अन्य तीन मन्त्रीले शपथग्रहण गरेका छन् । मुख्यमन्त्री कार्कीसँगै पद तथा गोपनीयताको शपथ लिने मन्त्रीहरूमा एमालेबाट तीलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले लिएका छन् । उनीहरू अहिलेलाई बिना विभागीय मन्त्रीमा नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख कार्यालयमा आइतबार साझ मुख्यमन्त्री पदमा कार्कीले दाबी पेस गरेका थिए । ९३ सदस्यीय प्रदेशसभामा कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाको १ जना गरी ६० जना सांसदको समर्थन रहेको छ ।
विराटनगर । राजस्व चुहावट, अवैध तस्करीजस्ता कार्यलाई नियन्त्रण गरी वैध बाटोबाट आयात–निर्यात गर्ने कार्यलाई प्रोत्साहन गर्न सम्बद्ध सबै पक्षको सहयोग र सहकार्यको आवश्यक रहेको एक कार्यक्रममा सरोकारवालाहरूले बताएका छन् । विराटनगर भन्सार कार्यालयले ७१ औं...
काठमाडौं, ३१ वैशाख-हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएका दुइटा विधेयक छलफलका लागि संसदीय समितिमा पेस भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बुधबार राष्ट्रियसभाको बैठकमा ‘नेपाल हवाई...
बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई...
विराटनगर । भरौल भेट्रान्स क्लब सुनसरी विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा बुधवार भएको खेलमा मिल्स भेट्रान्स क्लब ‘ख’ विराटनगरलाई...
एजेन्सी, फागुन २९–रसियाको संसदले मुलुकको संविधान संशोधन प्रस्तावलाई बुधबार स्वीकृति प्रदान गरेको छ । पछिल्लो कदमबाट राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अरु १२ वर्ष थप्न बाटो खुलेको छ । राष्ट्रपति पुटिनको कार्यकाल आगामी सन् २०२४ मा...
बैतडी, २५ जेठ-भारतबाट फर्किएकै दिन बैतडीमा एक जनाको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको गएराति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र...
विराटनगर, २५ असार । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बृक्षारोपण गरेको छ । विराटनगर–१ बेलगछीयास्थित शिव आधारभूत विद्यालयमा क्लबले बृक्षारोपण गरेको हो । रोटरी क्लब अफ विराटनगर डाउनटाउन वर्ष २०२३–२४ की अध्यक्ष कुसुम अग्रवाल नेतृत्वको...
विराटनगर, चैत १०–कोरानो भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि विराटनगरको निजी क्षेत्रले समेत सक्रियता देखाएको छ । यसै क्रममा विराटनगर रोडशेष चोकस्थित सौगात हार्डवेयरले सेनिटाइजरसहित हात धुने व्यवस्था मिलाएको छ । रोडशेष चोकमा स्थापना गरिएको बेसिनबाट...