कोशी अस्पताल अगाडिको सटरमा डोजर, भाडा बापतको ८४ लाख बढी बक्यौता उठाउन बाँकी

 न्यूज विराट
कोशी अस्पताल अगाडिको सटरमा डोजर, भाडा बापतको ८४ लाख बढी बक्यौता उठाउन बाँकी

विराटनगर – विराटनगरस्थित कोशी अस्पताल परिसर भित्र रहेको ७ वटा होटल डोजर लगाएर खाली गराएको छ । बिहीबार वर्षौदेखि भाडा नतिरी बस्दै आएका ७ वटा सटर हस्पिटलले विराटनगर महानगरपालिकाको डोजर लगाएर खाली गराएको हो ।

तत्कालीन कोशी अस्पताल मेसु डा. यज्ञराज खरेलको पालामा भाडामा लगाएको सटर खाली गराउने निर्णय गरेको थियो ।  १४ भदौं  अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईको अध्यक्षमा बसेको बैठकले भदौ १५ गतेसम्म सटर भाडाको बाँकी बक्यौता उठाउने र सो नभए १५ कार्तिकसम्म खटर खाली गराउने निर्णय गरेको थियो । बिहीबार हस्पिटलले सटर खाली गराउन दिएको दुई महिना समयपछि महानगरपालिको डोजर लगाएर भत्काएको हो ।

कोशी अस्पताल अगाडीको सटरमा रहेको होटलमा डोजर लगाएर खाली गर्दै । हस्पिटलले दिएको समय सीमा भित्र सटर खाली नगरेपछि डोजर लगाएर खाली गराएको कोशी अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले जानकारी दिए । ‘हस्पिटलको सटर खाली गराउने ४ महिना अगाडी हामीले निर्णय गरिएको थियौं । यहाँ रहेको समान हटाउन हामीले पर्याप्त समय पनि दिएका थियौ । त्यही अनुसार अहिले आएर खाली गराएको हो,’ उनले भने, ‘खाली गराएको क्षेत्रमा अब हस्पिटलले वाल लगाएर व्यवस्थित गर्नेछ ।’

२०७५ भदौ १ गते अस्पतालसँग सम्झौता गरेर ११ जनाले हस्पिटलको सटर भाडामा लिएका थिए । २०७५ सालदेखिको ११ वटा सटरको ८४ लाख ४१ हजार ६४० रुपैयाँ भाडा उठ्न बाँकी रहेको अस्पतालको अभिलेखमा देखिन्छ । उनीहरूले पाँच वर्ष २०८० सम्मको सम्झौता गरेर मासिक १० देखि २५ हजार रुपैयाँसम्म भाडा तिर्ने सम्झौता पत्रमा उल्लेख छ । यसरी हस्पिटललाई भाडा दिनुपर्नेमा सबैभन्दा बढी बक्यौता शानुभाइ डंगोलको रहेको छ ।

डंगोलले हस्पिटललाई भाडा बापतको ९ लाख ८७ हजार १४० रहेको छ । यस्तै सरकलाल राजवंशीले ६ लाख ८२ हजार ६५६, छोटु मुखियाको २ लाख ३३ हजार ९६९, शान्ति लिम्बुको २ लाख ९९ हजार ८३०, दिपचन्द्र मण्डलको २ लाख ९९ हजार ८३०, दुर्गादेवी मण्डलको ७ लाख ९१ हजार ७९० र डोमा मण्डलको २ लाख ७० हजार ४१५ रुपैयाँ भाडा बापको रकम हस्पिटललाई तिर्नुपर्ने अस्पतालले जनाएको छ । वर्षौँदेखि उनीहरूले भाडा नबुझाएको हस्पिटलको अभिलेखमा देखिन्छ । भाडा नबुझाउने ७ जनाको अहिले हस्पिटलले डोजर लगाएर खाली गराएको हो । यसरी समयमै हस्पिटलको सटर प्रयोग गरेर भाडा नबुझाउनेहरूमा सुवास कुमार राजवंशी, राजा धोवी, बसन्त राज गौतम, गगनदेवी सरदार रहेका छन् । सटर खाली गराएको ठाउँमा हस्पिटलले वाल लगाएर हस्पिटललाई व्यवस्थित गराउने तयारीमा लागि पर्ने कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवले बताए ।

सम्बन्धित समाचार

ग्रेडेडमा खेलकुद सप्ताहको बिजेता खेलाडीलाई पुरस्कार

विराटनगर । बिराटनगर ८ हाट्खोलामा आवस्थित ग्रेडेड स्कुलले खेलकुद सप्ताहको बिजेता विद्यार्थीहरु लाइ पुरस्कार वितरण गरेको छ । बिद्यालय परिसरमा आयोजित ऊक्त कार्यक्रममा नर्सरी देखि नौं कक्षासम्मका बिजेता विद्यार्थीहरुलाई मेडल तथा प्रमाण पत्र वितरण गरेको...

अब विपन्न संक्रमितको मात्र सरकारले उपचार गर्ने

काठमाडौं, २९ भदौ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब तथा विपन्नको मात्र उपचार गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको छ । आइतबार मन्त्री भानुभक्त ढकालसहित बसेको बैठकले गरिब र विपन्नको मात्र उपचार गर्ने निर्णय गरेको हो । 'मन्त्रालयले...

विराटनगरमा तीन वटा आकाशे पुल बन्ने, मेयर पराजुलीले गरे शिलान्यास

विराटनगर, २ चैत । विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको वढ्दो चापलाई ध्यानमा राखि नागरिकलाई सडक आरपार गर्न सहजताका लागि आज विराटनगरमा तीन वटा आकाशे पुलको संयुक्त रुपमा शिलन्यास गरिएको छ । महानगरका प्रमुख भीम पराजुलीले...

नमुना विद्या मन्दिर स्कुलले मनायो अभिभावक दिवस

विराटनगर । विराटनगर–८ स्थित नमुना विद्या मन्दिर आवासीय माध्यमिक विद्यालयले ३१ औं अभिभावक दिवस मनाएको छ । शनिबार हाटखोला स्थित आरोहण गुरुकुलमा नमुना विद्या मन्दिरले ३१ औं अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा...

भारतले मिचेको दशगजाको पिलर हटाउने सहमति

रौतहट, २२ असार-रौतहटको इशनाथ नगरपालिका– १, बन्जरहामा भारतले दशगजा क्षेत्र मिचेर अस्थायी बाँध निर्माण गरेकोमा हटाउने सहमति भएको छ । दशगजामा परेको बाँधका केही भाग दुवै देशका सुरक्षाकर्मीको समन्वयमा डोजर लगाएर हटाइएको छ । रौतहटका...

शनिबार नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं, ५ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार सचिवालय बैठक बोलाएको छ ।विभिन्न समसामयिक विषयमाथि छलफल गर्न नेकपाले शनिबार बिहान ९ बजे सचिवालय बैठक बोलाएको हो । बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) बारे निर्णय हुन सक्ने...

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनले ट्राफिकलाई दियो ८ हजार मास्क

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८ हजार थान मास्क हस्तान्तरण गरेको छ । एसोसिएसनले कोभिड १९ को महामारी नियन्त्रण गर्ने सरकारको प्रयत्नलाई सहयोग गर्न उक्त सहयोग गरेको जनाएको छ ।...

फोनिज १ को तेस्रो महाधिवेशन पाँचथरको फिदिममा

 विराटनगर ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नंं प्रदेश तेस्रो महाधिवेशन पाँचथरको फिदिम बजारमा हुने भएको छ  । आगामी माघ ५ देखि ७ गतेसम्म पाँचथरको सदरमुकाम फिदिम बजारमा हुने तेस्रो प्रादेशिक महाधिवेशनको उद्घाटन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्